×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ७ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • १० घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बन्ने भो बाहिरी चक्रपथ

  •  
  • बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
     राजु बास्कोटा

    काठमाडौं: एक दशक अगाडि सुरु भएको बाहिरी चक्रपथ बन्ने निश्चित भएको छ । बाहिरी चक्रपथ निर्माण आयोजनाले आगामी डेढ महिनाभित्रमै पहिलो चरणको काम सुरु गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका विकास आयोजनाका प्रमुख आयुक्त भाइकाजी तिवारीले चक्रपथका लागि सरकारले जग्गा अधिकरण गर्ने निर्णय गरिसकेको जानकारी दिए ।

    ‘सरकारले बजेटको कुनै समस्या छैन भनेकाले अब आयोजना अगाडि बढ्छ’, उनले भने, ‘सरकारले चालू आर्थिक वर्ष चार करोड रुपैयाँ बाहिरी चक्रपथका लागि छुट्ट्याएको छ । चालू आवकै लागि आवश्यक परे २५ करोड रुपैयाँसम्म दिन सकिने सहमति अर्थ मन्त्रालयले दिइसकेकाले आयोजनाको काम पनि सोही गतिमा अगाडि बढ्ने तिवारीले अन्नपूर्णसँग बताए ।

    उनका अनुसार जग्गाका मुआब्जा मात्रै दिने हो भने दुई अर्बभन्दा बढी खर्च हुन्थ्यो तर यो बाहिरी चक्रपथको निर्माण मोडल नै अलग भएकाले पैसा कम खर्च हुन्छ । उनले समय र लगानीका बारेमा अहिले भन्न नसकिने बताए ।

    बाहिरी चक्रपथ निर्माण आयोजनाका प्रमुख दीपक श्रेष्ठले सरकारले जग्गा अधिकरणको निर्णय गरिसकेकाले आगामी डेढ महिनाभित्रमै जग्गा रोक्काको काम पूरा हुने बताए ।

    एक दशक अगाडि तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सरकारबाट स्वीकृत हुन बाँकी छ । आगामी १५ दिनभित्रमा यो काम गराउने तयारी भएको छ । यसपछि पहिलो चरणको योजनाअन्तर्गत चोभारदेखि सतुंगलसम्मको ६.६ किलोमिटर बाहिरी चक्रपथको निर्माण शुभारम्भ गरिनेछ ।

    उनका अनुसार ढेड महिनाभित्रमा चोभारदेखि सतुंगलसम्मको बाहिरी चक्रपथ निर्माण र एकीकृत बस्ती विकासको काम गर्न जग्गा रोक्का हुन्छ । विभिन्न ६ वटा नोडल प्वाइन्टमा हुने यो क्षेत्रको कामबाट नै सरकारले औपचारिक रूपमा बाहिरी चक्रपथ निर्माण गर्ने भएको छ ।

    सरकारले व्यवस्थित बस्तीसहित ल्याएको यो योजना अन्तर्राष्ट्रिय मोडल भएको बाहिरी चक्रपथ विकास आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए । उनका अनुसार बाहिरी चक्रपथ नेपालको ड्रिम योजना हो । उनले भने, ‘एक दशकसम्म थन्किएको यो आयोजना अगाडि बढाउन सफल भइएको छ ।’

    बाहिरी चक्रपथ निर्माण गर्न शतप्रतिशत नेपाली सहमत भएकाले पनि आयोजना अगाडि बढ्ने सुनिश्चित आधार तय भएको हो । बाहिरी चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरलाई जोडेर बन्ने ७२ किलोमिटरको राजमार्ग हो । यसमध्ये टोखा-गोकर्णेश्वरको १२ किलोमिटरको डीपीआर निर्माण गर्न बाँकी छ । चक्रपथ निर्माणको काम सुरु गर्दा बाँकी १२ किलोमिटर पनि सकिने सापकोटाको भनाइ छ । अहलिको काम जग्गा विकास कार्यक्रम र बाहिरी चक्रपथ विकास एकैपटक गर्ने हो ।

    यस्तो हुनेछ चक्रपथ

    बाहिरी चक्रपथ ५० मिटरको हुन्छ भने बाटोबाट दायाँबायाँ २५०/२५० मिटरको जग्गा विकासको योजना हुन्छ । यो जग्गामा न्यूनतम मापदण्डको घर बनाउन पाउने गरी घडेरी तयार गर्ने काम पनि बाहिरी चक्रपथ विकास आयोजनाले गर्छ । अहिले भइरहेको जग्गा र खेती भइरहेको भूमिमा भविष्यमा अव्यवस्थित सहरीकरण नहोस् भनेर नै अहिले नै व्यवस्थित बस्तीको परिकल्पना गरेर यो योजना ल्याइएको हो ।

    बाहिरी चक्रपथ निर्माणसँगै न्यूनतम २० फिटदेखि २५ फिट, ३६ फिट र एक सय ६५ फिटको बाटोसहितको व्यवस्थित बस्तीका लागि घडेरी तयार गर्ने काम पनि आयोजनाले नै गर्छ ।

    नेपालमा परापूर्व कालदेखि बस्न थालेका असन, इन्द्रचोक वा अन्य स्थानको जस्तो अव्यवस्थित बस्ती नबनोस् भनेर नै सरकारले यो सम्पन्न सहरको परिकल्पना गरिएको हो । आयोजनाले बाटोको ट्र्याकमा पर्नेबाहेक सबै घर अहिले नै भत्काउने काम भने गर्दैन । बाटोमा पर्नेबाहेक घर भत्कँदैनन् । त्यस ठाउँको जग्गाको प्लटिङ भने हुन्छ । सापकोटाका अनुसार बाहिरी चक्रपथमा स्थानीयले उत्साहका कारण अहिले नै घर भत्काउन निवेदन दिन थालिसकेका छन् ।

    उनका अनुसार सबै घर भत्कँदैनन् । प्लटिङ गर्दा नमिलेका र भत्काउनुपर्ने आवश्यकता देखिएका घरमात्र भत्किन्छन् । यसर्थ अहिले पहिलो चरणमा काम हुने क्षेत्रको कित्ताकाट र बेचबिखन आगामी एक महिनापछि नै रोकिन्छ । बाटोबाट दायाँबायाँको २५० मिटर क्षेत्रको घर अबको एक महिनासम्म रोकिँदैन तर नयाँ घर भने बनाउन नपाइने प्राधिकरणको भनाइ छ ।

    बाहिरी चक्रपथ अहिले चार लेनको बाटोको संरचनामा तयार हुन्छ । यसको स्वरूप भने आठ लेनसम्मको बन्ने पनि सापकोटाले बताए । जग्गा अधिग्रहण गर्ने निर्णय एक साताअगाडि मात्रै भएको हो । जग्गा अधिग्रहण गर्नुपर्ने सडक र दायाँबायाँको क्षेत्रका लागि गरेर करिब एक लाख रोपनी हुन्छ । अधिग्रहण गरिएको जग्गा बाटोमा परेको बाहेक प्लटिङ गरेर दुई वर्षभित्रमा फिर्ता हुन्छ ।

    बाटोको केन्द्रबाट २७५ मिटर दायाँबायाँ प्लानिङ हुन्छ । यो क्षेत्रका जग्गा सरकारले वर्गीकरण गर्छ । पाँचदेखि ३० फिटसम्मको बाटो भएको जग्गाको वर्गीकरण हुन्छ । आयोजनाले बाटो र बाटोबाहेकका प्लटिङ हुने सबै जग्गा अधिग्रहण गरेर राख्छ । त्यसपछि ५० मिटरको मूल चक्रपथको बाटो र बस्ती जाने बाटोको जग्गाबाहेक व्यवस्थित प्लटिङ भएपछि न्यूनतम मापदण्ड तयार गरेर स्थानीयको जग्गा फिर्ता गरिने पनि प्राधिकरणले जनाएको छ ।

    निर्माणपछि फाइदा

    आयोजनाले बाटो र वरपर २५० मिटरसम्मका सबै जग्गा अधिग्रहण गरेर राख्छ । त्यसपछि बाटोले ओगटेको बाहेकका जग्गा प्लटिङ गरेपछि फिर्ता भइहाल्छ । बाटो निर्माणको काम भने जारी नै रहन्छ । प्लटिङपछि अहिले दुई लाख आनाको जग्गा २० लाख रुपैयाँ आनासम्म पुग्न सक्छ । बाटो बनाउन सबै स्थानीयले समान योगदान गर्नुपर्छ । यसका लागि बाटो बनाउन न्यूनतम सात दशमलव आठ प्रतिशत जग्गा योगदान गर्नुपर्छ । ओपन स्पेन निर्माण गर्न पाँच प्रतिशतसहित जम्मा १२.८ प्रतिशत जग्गा योगदान गर्नुपर्ने हुन्छ । त्यसपछि सम्पूर्ण क्षेत्रकै स्तरोन्नति हुन्छ ।

    आन्तरिक सञ्जालको बाटो पनि बन्छ । प्रत्येक घडेरीमा जाने बाटो ६ मिटरदेखि आठ मिटर, ११ मिटर वा ५० मिटरको हुन्छ । भविष्यमा हुने अव्यवस्थित घरघरेडी यसले नियन्त्रण गर्छ । यो योजनामा काठमाडौं उपत्यकाकै करिब १० प्रतिशत जग्गा प्लानिङमा पर्छ । त्यसपछि जग्गाको ग्रेडिङ हुन्छ । बाटोको छेउमा हुने कमर्सियल हुन्छ भने बाटोको दुई सय ५० मिटर पर रहेको जग्गा रेसिडेन्टल हुनसक्छ । यसर्थ बाटोको छेउमै परेकाले बढी योगदान गर्नुपर्छ भने अलि पर हुनेले थोरै योगदान गर्नुपर्ने पनि हुन्छ ।

    बाहिरी चक्रपथका लागि जम्मा सात हजार कित्ता जग्गाको लगत डीपीआर बनाउँदा तय भएको छ । जग्गाको कित्ताकाट र बेचबिखन हुने क्रममा हाल केही बढेको हुनसक्ने अनुमान छ । बाहिरी चक्रपथ निर्माणमा पहिले स्थानीयले नबुझ्दा नेपाल सरकारले बाटो बनाउने हामीले जग्गा किन दिने भन्ने प्रश्न आउँथ्यो तर अहिले सबैले सहमति दिएको पनि सापकोटाले बताए ।

    पछिल्लो समय स्थानीयले आफ्नो जग्गाको महत्त्व, व्यवस्थित सहरीकरण र भविष्यको सुनिश्चितताले सहमत हुँदै गएका हुन् । अहिले करिब शतप्रतिशत नै सहमत भएका छन् । केही व्यक्ति भने पूर्वाग्रह भएका, राजनीतिक स्वार्थ जोडिएका र आफ्नो जग्गा नपर्ने भएकाले चक्रपथ निर्माणमा असहमत देखिएका छन् । हालसम्म असहमति व्यक्त गर्ने जम्मा चारजनाले मात्रै प्राधिकरणसमक्ष निवेदन दिएका छन् ।

    चारवटा फ्लाई ओभर

    बाहिरी चक्रपथमा जम्मा चारवटा फ्लाई ओभर हुनेछन् । आयोजना सुरु भएको १० वर्षमा पूरा हुने यो चक्रपथ निर्माण सकिँदासम्म पूरा हुने फ्लाई ओभरमा पूर्वमा अरनिको राजमार्ग, पश्चिममा त्रिभुवन राजपथ, दक्षिणमा फास्ट ट्र्याक र उत्तरमा केरुङ जाने बाटोमा फ्लाई ओभर हुने उल्लेख छ ।

    दुई वर्षमै पहिलो चरण

    जनताले सहमति दिएकाले बाहिरी चक्रपथ निर्माणमा भएको अहिलेको गति नै यो योजना विकासको सबैभन्दा ठूलो उपलब्धि हो । पहिलो चरणको काम चोभारबाट सतुंगलसम्मको हुने भएको छ । यो काम सुरु भएको दुई वर्षमा आवश्यक काम पूरा गरेर अधिग्रहण गरेको जग्गा स्थानीयलाई फिर्ता हुन्छ । दुई वर्षभन्दा बढी समय जग्गा होल्ड गर्न पनि नपाइने भएकाले बाहिरी चक्रपथको काम सुरु गरेको हरेक फेजमा दुई वर्षभित्र पूरा हुने लक्ष्य नै अगाडि सारिएको उपत्यका विकास प्राधिकरणको भनाइ छ ।

    बाटोको ट्र्याक खोल्ने कामसँगै डोजर लगाएर बस्ती सम्याउने काम पनि हुन्छ । प्राधिकरणका अनुसार बाटोमा परेका घरको भने सरकारले क्षतिपूर्ति दिन्छ । निर्माण पूरा भए पनि बाहिरी चक्रपथमा साइकल लेन, फुटपाथ र सवारीका विभिन्न लेन हुन्छन् । यो बाटो र वरपरका बस्ती नेपालकै नमुना हुनेछ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.