×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

दश रुपीयाँमा सर्ट बेचेर दैनिक पन्ध्रसय आम्दानी !

  •  
  • बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, मङ्सिर २१ गते । तपाइँलाई सुन्दा अचम्म लाग्ला, रु १० मा सर्ट बेचेर दैनिक रु एक हजार ५०० आम्दानी हुन्छ भन्दा । तर काठमाडौँको सामाखुशीमा रहेको सुखावती स्टोरले रु १० को सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी गर्ने गरेको छ ।

    जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छवर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । काठमाडौँ ठमेलमा त्यसको विस्तार गरे ।

    तर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँचवर्ष बिताए । साढे दुईवर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् ।

    चीजमानले कोरिया पुगेर ब्युटिफुल स्टोरमा सिकेको त्यो सीप एवम् अनुभवलाई सामाखुशीको टाउन प्लानिङमा अहिले प्रयोगमा ल्याइएको छ सुखवती स्टोर खोलेर ।

    “घर र अफिसमा कुनै सामान किफायती र धेरै समय मर्मत गरी पनि उपयोग गर्नुपर्छ, कुनै सामान आफूलाई पुग्यो भन्ने लागेपछि अरुका लागि मर्मत, सुधार वा प्रशोधन गरेर प्रयोग गर्न दान दिन सकिन्छ,” सुखवती स्टोरका अध्यक्ष चीजमान भन्नुहुन्छ ।

    सुखवतीको सार ‘एकको वेकार अरुको साकार ।’ तपार्इँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ । मायाँ बाडाँै, खुसी बढाऔँ । यही सोचअनुरुप भान्साका सामान, लत्ताकपडा, जुत्ता, गमला, विद्युतीय सामग्री, सिडी, किताब र बच्चाको खेलौनासहितका सामग्री संस्थाले दान लिन्छ ।

    “कपडा आफैँ धुन्छौँ, सिउँछौँ र आइरन लगाएर चिटिक्क पार्छौं, अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाउँछौँ र नचिताएको सस्तो मूल्यमा बेच्छौँ,” उक्त स्टोरमा स्वयम्सेवा गरिरहनुभएकी लक्ष्मीदेवी गुरुङले भन्नुभयो । पति सिङ्गापुरको लाहुरे हुँदा उतै दुई दशक बसेकी गुरुङ जस्तै कमला गुरुङ, केशकुमारी राना, रञ्जना तामाङ, कल्पना गुरुङ, सङ्गु सुब्बासहितका महिला तथा अन्य गरी १३ जनाले त्यस स्टोरमा स्वयम्सेवा गरिरहेका छन् ।

    सुखवती फाउन्डेसनबाट काम अघि बढाइएको यो अहिले सुखवती स्टोरका नामले अघि बढेको छ । सुरुमा यति धेरै दान आउला भन्ने सोचिएन । अहिले धेरै कपडा आउन थालेपछि मानिसले नभ्याउने भएकाले लुगाधुने मेसिनको आवश्यकता महसुस भएको स्टोरकी सचिव कमला गुरुङ बताउनुहुन्छ ।

    धोएर सिलाइएका टिसर्ट, बेल्ट, जुत्ताको मूल्य मात्र रु १० राखिएको छ । त्योभन्दा अलि राम्रा जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा २०, ४०, ८०, १०० र २५० रुपैयाँ मूल्य राखिएको छ ।

    “यति सस्तो मूल्यमा पनि कपडा र सामान पाइन्छ भनेर एकथरि विश्वास गर्दैनन्, अर्कोथरि हामीलाई जिस्काएको भनेर भन्छन्, किनकी रु १०÷२० मा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ ? भनेर जिस्काउँछन्, कोषाध्यक्ष केशकुमारी राना अनुभव सुनाउनुहुन्छ ।

    सामाखुशी टाउन प्लानिङको बिक्रीकक्षमा पुनःप्रयोगका सामान कसरी नयाँ बनाउने, मूल्य निर्धारण गर्ने र कपडा किन सस्तो प¥यो भनेर सोध्न आउनेको भीड बढ्दै गएको स्टोरकी सदस्य रञ्जना तामाङ बताउनुहुन्छ ।

    कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री हुन्छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताउनुभयो ।

    “सामान किफायती ढङ्गले प्रयोग गर्ने र प्रयोग गरेपछि पुनःप्रयोगमा ल्याउने काम भोलि ठूलो मात्रामा हुन सक्यो भने देशकै स्रोतसाधनको समेत बचत हुन्छ, अरु देशको भर पर्नुपर्दैन,” सदस्य कल्पना गुरुङ भन्नुहुन्छ ।

    डेढ वर्षमा दुई हजार सामान सङ्कलन गरी पुनःप्रयोग योग्यको प्रशोधन गरी विक्री गरिएको छ । राजधानीका मेला महोत्सवमा १९ पटक स्टल राख्दा रु एक लाख २० हजार आर्जन भयो । असार यता रु दुईलाख बढीको बिक्री भएको छ । मेलामा किशोरकिशोरी बढी झुम्मिए पनि मध्यम र कम आयकालाई यसले मद्दत पुग्ने सदस्य राजेन्द्र लामाको भनाइ छ ।

    विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण ग¥यो । कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई रु ८० लाख बराबरको आठ हजार सिरक वितरण ग¥यो ।

    ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा संस्थाले नुवाकोट हिलेखर्कमा रु २७ लाखमा गारबेँसी निमाविको भवन पनि बनाएको छ । काभ्रेको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय तथा सिन्धुपाल्चोकको बतासेमा दुईकोठे नयाँ विद्यालय भवन तथा तीनकोठे विद्यालय भवन मर्मत गरिने पनि सो संस्थाले जनाएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.