×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

राहतमा रजाइँ

  •  
  • बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    हेलिकप्टर भाडाका लागि भन्दै प्रत्येक पीडित परिवारबाट एक हजारका दरले लाखौं असुली

    – कुम्भराज राई, ओखलढुंगा
    • सदरमुकाम गयौं भने चार/पाँच हजार खर्च हुन्छ, यहाँ एक हजार दिएर के नै हुन्छ र भने
      – अन्तरी श्रेष्ठ
      भूकम्पपीडित, फूलबारी
    • पीडितले सदरमुकाममै आएर हामी यहींबाट पैसा लान्छौं भन्दासमेत नेता र गाविस सचिवले नदिनू भने
      – बैंक प्रबन्धक
    • राजनीतिक दलहरूको साझा सहमतिमा स्वेच्छाले रकम उठाइएको हो
      – ईश्वर ढुंगाना
      सचिव, कालिका र पलापु गाविस

    सके भूकम्पपीडितलाई सहयोग र राहत दिनुपर्ने हो । तर यहाँ राजनीतिक दलका नेताहरूले उल्टै भूकम्पपीडितकै अनुदान रकम खर्चेर हेलिकप्टरमा सयर गरिरहेका छन् । जसमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू पनि सहभागी भएका छन् । हेलिकप्टर चढ्नकै लागि प्रत्येक भूकम्पपीडितबाट अनुदानमा प्राप्त रकमको एक/एक हजार लिएर लाखौं रुपैयाँ उठाइएको छ । अनुदान शिविरका लागि नोट ढुवानी गर्ने निहुँमा पीडितसँग पैसा उठाउँदै सांसदहरू हेलिकप्टरमा गाउँबाट राजधानी आवतजावत गरिरहेका हुन् । शनिबारदेखि कालिका र पलापु गाविसबाट सुरु अनुदान वितरण शिविर मंगलबार फूलबारी गाविसमा सञ्चालन भएको छ । गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै जिल्लाको सात गाविसमा पहिलो किस्ता वितरण गरिएको थिएन । ती गाविसमा अनुदान शिविर राख्ने दबाब बढेपछि बैंकका कर्मचारीले सुरक्षाका लागि हेलिकप्टरमा पैसा ढुवानी गरिनुपर्ने सुझाव दिएका थिए ।

    यही बहानामा हेलिकप्टरका लागि लाग्ने ढुवानी खर्च र शिविर व्यवस्थापन गर्न भन्दै राजनीतिक दलहरू र गाविस सचिवको मिलेमतोमा लाभग्राहीबाट पैसा उठाइएको हो । एउटै गाविसबाट ३ लाखभन्दा बढी रकम उठाइएको छ । उक्त रकम हेलिकप्टरको भाडाबाहेक कुन/कुन शीर्षकमा खर्च गरिएको भन्ने सार्वजनिक गरिएको छैन । शनिबारदेखि सोमबारसम्म पलापुमा सञ्चालित शिविरमा मात्रै ७ सय ६६ जना कालिका र पलापुका लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार लिएका छन् । यो संख्याअनुसार तीन दिनमै एकै शिविरबाट प्रतिलाभग्राही १ हजारका दरले ७ लाख ६६ हजार रकम बटुलिएको छ ।

    शनिबार पलापुमा अनुदान वितरण शिविर उद्घाटन गर्ने भन्दै राजधानीबाट कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद हर्कबोल राई मनाङ एयरको हेलिकप्टर चढेर गाउँ आइपुगेका थिए । उनीहरूलाई पलापुमा छाडेर सोही हेलिकप्टरले सदरमुकामबाट पैसासहित सीडीओ, डीएसपी, भिबोर बैंकका शाखा प्रबन्धक र गैससकर्मी लिएर फेरि पलापु पुगको थियो । कार्यक्रम सकिएपछि हेलिकप्टरबाटै सांसद खतिवडा, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, गैससकर्मी ईश्वर चर्मकार र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख हेम गुरुङ काठमाडौं उठेका थिए । मंगलबार फूलबारीमा सुरु अनुदान वितरण शिविरमा पनि नेता र कर्मचारीमा हेलिकप्टर मोह घटेको देखिएन ।

    सोमबार बिहानसम्म शिविरको सम्पूर्ण व्यवस्थापन फूलबारीमा गरेर एमालेका जिल्ला सदस्य तीर्थ सुवेदी बेलुकी सदरमुकाम आइपुगे । मंगलबार बिहान नेता सुवेदीसँगै सिम्रिक एयरको हेलिकप्टर चढेर सीडीओ एकदेव अधिकारी, प्रहरीका डीएसपी मिलन केसी, स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्री र टुरिजम डेभलपमेन्ट बैंकका सीईओ फूलबारी पुगे । मंगलबारै सांसद खतिवडा र प्रदिप सुनुवार अर्को फिस्टेल एयरको हेलिकप्टर लिएर फूलबारी आइपुगे । खतिवडाले आफूले ल्याएको फिस्टेल एयर भने विकास राणा भन्ने साथीले गाउँ पुगेर दुई बजेभित्र फर्किनका लागि भन्दै नि:शुल्क उपलब्ध गराएको बताए । तर स्थानीय भूकम्प पीडितले पलापुमा आउँदा जाँदाको हेलिकप्टर भाडा आफूहरूले तिरेको बताए ।
    जिल्लाको ५० गाविस र १ नगरपालिकामा दसैंअघि नै पहिलो किस्ता अनुदान वितरण थालिएको थियो । ४३ गाविस र १ नगरपालिकाका लाभग्राहीले सदरमुकाममा रहेका विभिन्न बैंकबाट अनुदान रकम लिए पनि रगनी, पोकली, गाम्नाङटार, टारकेराबारी, कालिका, पलापु र फूलबारी गाविसवासीलाई गाउँमै शिविर सञ्चालन गरी वितरण गर्ने भनी रोकिएको थियो । दुर्गम गाउँका लागि गाउँमै शिविर राख्ने भनिए पनि त्योभन्दा टाढाका लाभग्राहीले सदरमुकाममै आएर अनुदान लिँदासमेत दलका नेताको दबाबमा अनुदान रोकिएको थियो । ‘बैंकमा आएर हामी यहीँबाट पैसा लान्छौं भन्ने लाभग्राही आउँदासमेत नेता र गाविस सचिवले नदिनु भने,’ सदरमुकामस्थित एक बैंकका प्रबन्धकले भने, ‘लाभग्राहीको इच्छाभन्दा नेताको स्वार्थमा यस्तो भएको देखियो ।’

    पटक–पटक नेताको दबाब बढेपछि पुनर्निर्माण प्राधिकरणले ‘स्थानीयस्तरमै समन्वय गर्नु’ भन्ने परिपत्र जिल्लालाई गरेको थियो । प्राधिकरणले परिपत्र गरे पनि बैंकर्सहरूले असहमति जनाएपछि पैसा ढुवानी गर्दा लाग्ने बिमा रकमसमेत उपलब्ध गराउने सर्तमा बैंकहरू सहमत भएका थिए । राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक सुमन आचार्यका अनुसार गाउँमा वितरण गर्न लगिएको रकम फिर्ता गर्नुपर्ने भएमा हेलिकप्टर नै प्रयोग गर्नुपर्नेछ ।

    हाल अनुदान वितरण गरिएको गाविसभन्दा टाढाका भूकम्पपीडितले शिविरको विषयलाई लिएर असन्तुष्टि जनाएका छन् । नेताको गाउँमा शिविर राखेर अनुदान बाँड्ने तर टाढाका लागि सदरमुकाम बोलाउने कामले दोस्रो दर्जाको नागरिकसरह व्यवहार भएको रानीवनका यादव सुवेदीले बताए । गाउँमा शिविर राख्न दबाब दिने नेता अहिले हेलिकप्टर चढ्न लालायित भएकाले समेत यसमा राजनीतिक स्वार्थ मिसिएको सरोकारवालाको भनाइ छ । पीडितबाटै पैसा असुलेको विषयमा सीडीओ एकदेव अधिकारीले भने आफूलाई स्पष्ट रूपमा जानकारी नआएको बताए । उनले यसको व्यवस्थापन गाविस सचिवले स्थानीयस्तरमै गरेको बताए । ‘गाविसको प्रशासनिक खर्च र स्थानीयबाटै यसको व्यवस्थापन गरिएको भन्नेसम्म जानकारी पाएको छु,’ अधिकारीले भने ।

    कालिका र पलापु गाविस सचिव ईश्वर ढुंगानाले प्रतिलाभग्राही एक हजार उठाएको स्वीकारे । तर गाविस तहको राजनीतिक दलहरूको साझा सहमतिमा स्वेच्छाले रकम उठाइएको उनको भनाइ छ । ‘वडैपिच्छे संयोजक बनाइएको छ, संयोजकमार्फत सबैले पैसा उठाएर दिएका हुन्,’ ढुंगानाले भने, ‘यसमा हाम्रो कुनै करकाप छैन ।’  गाविस सचिव र नेताहरूले पैसा नदिएमा गाउँमा शिविर आउन नसक्ने बताएका कारण आफूहरूले पैसा दिएको भूकम्पपीडितले बताएका छन् । ‘सदरमुकाम गयां भने चार/पाँच हजार खर्च हुन्छ । यहाँ एक हजार दिएर के नै हुन्छ र भने,’ फूलबारीका लाभग्राही अन्तरी श्रेष्ठले भनिन्, ‘होला त नि भनेर पैसा दियौँ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.