×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

फागुन १४ मा स्ववियु निर्वाचन, चुनावका लागि विद्यार्थी पनि तयार

  •  
  • सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शेषकान्त पण्डित

    काठमाडौं, मङ्सिर २० गते । झण्डै छ वर्षपछि त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुनेभएको छ ।

    निर्वाचनका लागि विश्वविद्यालयले औपचारिक रुपमा नै मिति निर्धारण गरिसकेको र विद्यार्थी संगठनबीच निर्वाचनका लागि लिएर लामो समयदेखि जारी विवाद समेत किनारा लागेपछि निर्वाचन हुने भएको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी शाखाका प्रमुख गंगाबहादुर थापाले त्रिवि सभा बैठकले निर्वाचन मिति तोकिसकेको र प्रमुख विद्यार्थी संगठन निर्वाचनमा होमिन तयार भएपछि यसपटक निर्वाचन हुनेमा कुनै शंका नरहेको बताउनुभयो ।

    लामो समयदेखि विद्यार्थी संगठनहरुबीच निर्वाचन प्रणालीको विषयलाई लिएर जारी विवाद किनारा लागेको छ । त्यसअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष र आधा सदस्यको निर्वाचन बहुमतीय माध्यमबाट हुनेछ भने उपाध्यक्ष, सहसचिव र बाँकी सदस्यको निर्वाचन समानुपातिक निर्वाचन प्रणालीको माध्यमबाट हुनेछ ।

    यसै साताभित्र विद्यार्थी संगठनसँग सामूहिक छलफल गरी निर्णयमा पुगिने जानकारी विद्यार्थी शाखाका प्रमुख थापाले बताउनुभयो । निर्वाचनमा उम्मेदवारको उमेर हद लाग्ने कि नलाग्ने भन्ने विषयमा सहमति हुन बाँकी छ । मतदान गर्न उमेरले कुनै फरक नपार्ने भए पनि उम्मेदवार हुन २८ वर्षको उमेर हद लगाउने या के गर्ने भन्नेमा निर्णय हुन बाँकी छ। पुस महिनामा बस्ने विश्वविद्यालय सभाको बैठकबाट यस विषयलाई टुङ्गो लगाउने जानकारी विश्वविद्यालयका पदाधिकारीहरुले दिएका छन् ।

    निर्वाचन हुनुभन्दा एक महिनाअघि निर्वाचनको सबै कार्यतालिका सार्वजनिक गर्ने तयारी त्रिविले गरेको छ । विश्वविद्यालयका सबै आंगिक र सम्वन्धन प्राप्त सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुने प्रावधान छ ।

    त्रिवि मातहतका झण्डै पाँच सयभन्दा बढी क्याम्पसमा २०६७ सालमा स्ववियु निर्वाचन हुनुपर्ने भए पनि छ वर्ष यता निर्वाचन हुन सकेको छैन । विश्वविद्यालयमा २०३६ सालदेखि स्ववियु निर्वाचन हुन थालेको हो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.