×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

एकता र अखण्डता खतरामाः राष्ट्रपति

  •  
  • सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीले आइतबार बोलाएको सर्बदलीय बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु ।

    चिरञ्जीवी ढुंगाना/बालकुमार नेपाल

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको एकता र अखण्डता खतरामा रहेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि एकजुट हुन सबैलाई आह्वान गरेकी छन् ।

    राष्ट्रपति निवास शीतल निवासमा आइतबार प्रधानमन्त्री, सभामुखलगायत संसद्मा प्रतिनिधित्व गर्ने २९ दलसँग राष्ट्रपति भण्डारीले देशमा बल्झिँदै गएको समस्याको निकास दिनसमेत आग्रह गरिन् ।

    उनले भनिन्, ‘आज देशले भोग्नुपरेको समग्र समस्याको निकास एकता, अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्दै अघि बढ्नु हो । मुलुकको एकता र अखण्डता अप्ठ्यारोमा परेको छ ।’ संविधान कार्यान्वयन हुन नसकेकामा उनले दुःखसमेत व्यक्त गरिन् ।

    उनले भनिन्, ‘संविधान कार्यान्वयन र संविधान संशोधनमा दलहरू एक ठाउँमा उभिनैपर्छ । अगामी १४ महिनामा स्थानीय, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गर्नुपर्ने दायित्व हामीमा छ । तपार्इंहरू वर्तमान परिस्थितिमा गम्भीर हुनुहोस्, एकअर्कालाई आरोपप्रत्यारोप लगाउनुभन्दा आफू ठिक छु भन्ने प्रमाणित आमजनताबीच गर्नुहोस् ।’

    उनले अरूलाई चोर दोष लगाउनुभन्दा आफ्नो थैलीको सुर्की राम्रोसँग बाँध्नसमेत नेताहरूसँग आग्रह गरिन् । देश गम्भीर संकटमा फसिरहेको अवस्थामा संसद्मा रहेको संविधान संशोधन र कर्यान्वयन प्रस्तावमा पक्ष र विपक्षभन्दा पनि सहमति, सहकार्यसाथ टुंगोमा पुग्नसमेत उनले नेताहरूसँग आग्रह गरिन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा ल्याएको संशोधन प्रस्ताव विदेशीको इसारा र संकेतमा नभई नेपाल र नेपालीको एकताका लागि भएकाले शंका नगर्न आग्रह गरे । उनले भने, ‘संशोधन प्रस्तावमा केही कुरा संशोधन हुन्छ नै । सरकारले निर्वाचनको समेत तयारी गरेकाले त्यसमा समेत दलहरूबीच सहमति अपरिहार्य छ । मैले कुनै देशद्रोही कार्य गरेको छैन ।’

    जबाफमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्मा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने आफ्नो अडान प्रस्तुत गरेका थिए । उनले भने, ‘इतिहास साक्षी छ, संसद्मा आएका सब संशोधन दर्ता हुँदैनन्, दर्ता भए छलफल गरिँदैन । त्यस्तै सरकारले संसद्मा दर्ता गरेको संशोधन छलफल हुँदैन । स्वतः फिर्ता हुनुपर्छ ।’

    कसले के भने ?

    – थैलीको सुर्की राम्रो बाँध्नू, चोर दोष नलगाउनूः राष्ट्रपति
    – मैले कुनै देशद्रोही कार्य गरेको छैनः प्रधानमन्त्री
    – सरकार संविधानविपरीत डिजाइनमाः ओली
    – मधेसलाई मूलधारमा नल्याएसम्म राग अलाप्नु बेकारः देउवा
    – हिजो मधेसी गुमे, अब मधेस गुम्छः ठाकुर
    – जबरजस्ती संशोधन ल्याए द्वन्द्वः यादव

    सरकारले राष्ट्रियता र अखण्डताविपरीत संशोधन ल्याएकाले आफ्नो दलले संसद् अवरोध गरिरहेको जानकारी उनले दिए । संविधान कार्यान्वयन रोक्न संशोधन आएको आरोप लगाउँदै ओलीले सरकार संविधानविपरीत डिजाइनमा लागेकाले संशोधन पारित गर्न नसक्ने बताए ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तत्कालीन सभापति सुशील काइराला र ओलीबीच संविधान संशोधनमा जे सहमति भएको थियो, त्यो जस्ताको तस्तै ल्याएको उल्लेख गर्दै सत्ता गठबन्धन कसरी राष्ट्रघाती र देशद्रोही भयो भनी प्रश्न गरेका थिए । संविधान संशोधनबाट मधेसलाई संविधानको मूलधारमा ल्याउन नसकेसम्म संविधान कार्यान्वयनको राग अलाप्नुको कुनै अर्थ नरहेको देउवाले बताए ।

    संघयी समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्नपूर्णसँगको कुराकानीमा भने, ‘सरकारले ल्याएको संशोधन प्रस्ताव मधेसलाई मान्य हुँदैन । परिमार्जन अपरिहार्य छ । जबरजस्ती गरे मुलुकमा फेरि द्वन्द्व निम्तिनेछ ।’ आफ्नो मागको प्रत्युत्तरमा प्रधानमन्त्रीले संशोधन प्रस्तावमा पुनर्विचार गरिने धारणा राखेको उनले जानकारी दिए ।

    समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले तीन प्रमुख दल एक ठाउँमा मिल्न पनि नसक्ने अन्य दलको विश्वास आर्जन पनि नगर्ने स्थितिका कारण संविधान कार्यान्वयनमा अवरोध भएको धारणा राखेका थिए । मालेका अध्यक्ष चन्द्रप्रकाश मैनालीले मधेसका एक नेताले ‘हिजो मधेसी गुमे, अब मधेस गुम्छ’ भन्दै राष्ट्रियताविरुद्ध धावा बोलेको बताए । एक शीर्ष नेताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ‘तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले हिजो तपाईंहरूको हातबाट मधेसी गुमे भने अब मधेस गुम्दैछ’ भनेको जानकारी दिएका थिए ।

    नेपाल मजुदर किसान पार्टीका नेता प्रेम सुवालले राष्ट्रपतिको सम्बोधनजस्तो राष्ट्रिय एकता र अखण्डताअनुसार संशोधन प्रसताव नरहेकाले फिर्ता हुनुपर्ने माग गरेको बताए । उनले भने, ‘हिमाल, पहाड र तराई छुट्याउने गरी आएको संशोधन र त्यो संशोधन ल्याउने नेपाली हुनै सक्दैनन् ।’

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) संसदीय दलका नेता रुक्मणी चौधरीले संशोधन प्रस्ताव संसद्मा दर्ता गराउनुअघि थारूहरूसँग सरकार गठनताका भएको तीनबुँदे सहमति पालना नभएकोमा आपत्ति जनाइन् । भारतीय राजदूत रन्जित रेले नेपालको राजनीतिमा हस्तक्षेप गरेको प्रमाण हुनेहरूसँग हिम्मत भए उनलाई देशनिकाला गर्न चौधरीले चुनौती दिइन् । राष्ट्रपतिले आयोजना गरेको परामर्शमा पूर्वसभामुखसमेत सहभागी थिए ।

    जनता दलका अध्यक्ष एवं सांसद हरिचरण साहले भण्डारी राष्ट्रको नभएर एमालेको राष्ट्रपति भएकाले बैठक बहिष्कार गरेको बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.