×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

किन हुँदैन दूतावास भवन खरिद ?

  •  
  • सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – चन्द्रशेखर अधिकारी, काठमाडौं
    सरकारले विदेशमा दूतावास भवन खरिद गर्न छुट्याउँदै आएको बजेट बर्सेनि फ्रिज हुने गरेको छ

    मंसिर २०, २०७३- सरकारले विदेशमा दूतावासका लागि भवन खरिद गर्न लगातार रकम छुट्याउँदै आए पनि परराष्ट्र मन्त्रालय, राजदूत र कर्मचारीको बेवास्ताका कारण त्यसको सदुपयोग हुन सकेको छैन ।

    दस वर्षभित्र सबै मुलुकमा आफ्नै भवनमा दूतावास र कर्मचारीलाई राख्ने भन्दै सरकारले पछिल्लो चार वर्षदेखि हरेक बजेट भाषणमा दुई अर्ब रुपैयाँ छुट्याउँदै आएको छ । चालु आर्थिक वर्षमा पनि दूतावास भवन, राजदूत निवासलगायतका सम्पत्तिका लागि भनेर त्यति नै रकम छुट्याइएको छ । आवश्यक पर्दा सरकारले यसमा रकम थप्नसमेत सक्छ । तर, खरिद प्रक्रिया अघि बढेको छैन । कतिपयले खरिद ऐनलाई बाधक देखाएर पछि हट्ने गरेका छन् ।

    गत वर्ष थाइल्यान्डमा ४५ करोड रुपैयाँमा चार रोपनी क्षेत्रफलमा रहेको तीन भवन खरिद गरिए पनि अन्य स्थानमा पनि किन्ने भनेर छुट्याइएको १ अर्ब ५५ करोड रुपैयाँ फ्रिज भएको थियो । पछिल्लो एक दशकमा विदेशमा सरकारले भवन खरिद गरेको थाइल्यान्ड मात्रै हो । त्यसअघि २०६४ मा मलेसियाको पुत्राजयमा जग्गा खरिद गरिएको थियो । भवन तथा जग्गा खरिदमा परराष्ट्रले कहिले खरिद तथा बिक्री ऐन त कहिले अन्य समस्या देखाउने गरेको छ । घर जग्गा खरिदका लागि हरेक वर्ष अर्थ, परराष्ट्र, लेखालगायतको एक टोली अध्ययन गर्न जाने गरेको छ तर त्यो घुमाइमा मात्र सीमित हुँदै आएको छ । मलेसियाका राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले राजदूत निवास र चान्सरी गरी दुई स्थानमा भवन खरिद गर्न ६६ करोडको बजेटसहित खाका पठाउँदा मन्त्रालयले कुनै जवाफ नदिएको बताए । ‘खरिद गर्ने त भन्छन्, तर गर्छु भन्नेलाई बेवास्ता गर्छन्,’ उनले कान्तिपुरलाई भने, ‘सायद अन्यत्र पनि यस्तै छ ।’

    तर, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले विदेशमा सम्पत्ति जोड्ने विषय सरकारको प्राथमिकतामा रहेको बताए । ‘यो वर्ष पनि केही मुलुकमा खरिद हुन्छ । हामी छलफलमै छौं । मुलुकले बेहोर्न सक्ने आर्थिक क्षमता हेरेर क्रमश: जोडदै जाने नीति छ,’ उनले भने ।

    दूतावासलाई दिइने रकमबाट प्राय: ४० प्रतिशत भाडामै जाने गरेको छ । धेरैजसो ठाउँमा दूतावासका लागि भाडामा लिइएको क्षेत्र राष्ट्रिय झन्डा फहराएर बस्न मिल्ने खालको नभएको गुनासो नेपाली समुदायले गर्ने गरेका छन् । जर्मनीको पुरानो राजधानी बनमा रहेको आफ्ना भवन बिक्री गर्न नसक्दा थोत्रिएका छन् । अहिले राजधानी बर्लिनमा भाडाको घरमा दूतावास राख्नुपरेको छ । बनको भवन बिक्री गरेर बर्लिनमा खरिद गर्न पटकपटक अध्ययन टोली बने युरोप घुमे पनि न बिक्री भयो न दिएको सुझावलाई मनन गरियो । अझै पनि खरिद प्रक्रियाले गति लिन सकेको छैन ।

    नेपालका दूतावास र नियोगहरू ३६ स्थानमा रहे पनि सरकारी स्वामित्वका जग्गा र भवन १० देशमा मात्र छन् । पाँचवटामा मात्र आफ्नै भवन र राजदूत निवासलगायत पूर्ण संरचना छन् । बेलायत, अमेरिका, चीन, बंगलादेश तथा रुसका दूतावास र राजदूत निवास तथा फ्रान्स र ब्रसेल्सका राजदूत निवास सरकारी स्वामित्वका हुन् । साउदी अरेबिया, पाकिस्तान, कतार, इजरायल, थाइल्यान्ड, कुवेत, ओमान, बहराइन, जर्मनी, डेनमार्क, स्विट्जरल्यान्ड, मलेसिया, श्रीलंका, ब्राजिल तथा दक्षिण अफ्रिकाका दूतावास भाडामा छन् । कर्मचारी बस्ने निवासका लागि पनि भाडा तिर्ने रकमले मर्गेज गरेर फ्ल्याट खरिद गर्न सकिन्छ । त्यसतर्फ पनि सोच कसैको देखिएको छैन् । यस्तो कामका लागि मर्गेज विदेशी बैंकमा गर्न पर्ने अवस्था समेत छैन । सञ्चयकोष, नागरिक लगानीकोष लगायतको रकम समेत उपलब्ध गराएर काम गर्न सकिने भए पनि कतिपय स्थानमा भाडामै गोलमाल गर्न सक्ने हुनाले त्यसतर्फ काम अघि बढ्न सकेको छैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर २०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.