कैलासबावु श्रेष्ठ/गोरखा
मंसिर २० गते । गोरखा सदरमुकामको लक्ष्मी बजारमा बस्दै आएका मिरा परियारलाई आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
मंसिर १८ गते साँझ ७ बजेको समयमा गोरखा सदरमुकामको गोरखा नगरपालिका ८ लक्ष्मी बजारमा रहेको घरमा राजन दर्नाल (परियार) मृक्त अवस्थामा फेला परेको भन्ने पारिवारले खबर गरे पछि प्रहरीले मृक्तको लासलाई पोष्टमार्टमका लागि गोरखा अस्पताल लगेको र पोष्टमार्टम गर्दा टाउको चोट देखीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो ।
घटना स्थल मुचुल्कामा समेत देखीएको उत्त चोटका बिषयमा प्रहरीले अनुसन्धान जारी राखेको थियो । शंकाका आधारमा मृक्तकको श्रीमतीलाई पक्राउ गरी बुझदा मृत्यु भएकै साँझमा श्रीमान श्रीमती बिच विवाद भएको र श्रीमतीले धकेली दिदा लडेर टाउको चोट लागेको र सोही चोटका कारण राजन दर्नाल (परियार) को मृत्यु भएको भन्ने आरोपमा श्रीमती मिरा परियारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।
मिरालाई मंसिर १९ गते प्रहरीले पक्राउ गरी कतब्र्य ज्यान मुद्वामा गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
श्रीमती मिरालाई प्रहरीले घटना पछि उपचारका लागि नलगेको भन्दै कतब्र्य ज्यान मुद्वा दर्ता गरेको हो । अत्याधिक मदिरा सेवन गर्ने मिरा र श्रीमान बिच विगतमा पनि झै झगडा हुदै आएको यियो ।
श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



