×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

प्रेमका नाममा पैसा हात पारेर प्रेमिकाको हत्या

  •  
  • शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    देवचन्द्र भट्ट

    नुवाकोटः सात महिनादेखि हराइरहेकी त्रिशुली बजारकी एक महिलाको प्रेम गरेर पैसा हात परेपछि हत्या भएको रहस्य खुलेको छ । गत वर्षको भूकम्पमा श्रीमानको मृत्यु भएपछि विदुर नगरपालिका ११ साँघुकी ४५ बर्षीया प्रतिमा अमात्यसँग रसुवाको ठूलोगाउँ ६ बस्ने १९ वर्षीया रमेश तामाङ नजिकिएका थिए ।

    प्रतिमा भन्दा २६ वर्ष कम उमेरका रमेशले प्रतिभालाई प्रेम गरेको बहाना बनाएर पैसा हात परेपछि हत्या गरेको ढिला गरी खुलासा भएको हो । २०७३ साल जेठ ३ गतेदेखि हराएकी आफ्नी दिदी प्रतिमाको खोजीका लागि बहिनी निरा श्रेष्ठले मंसिर १३ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

    अनुसन्धानकै क्रममा प्रहरीले प्रतिमा कंकाल विदुरदेखि ४० किलोमिटर पश्चिममा रहेको फिकुरी गाविस ८ को गोगने जंगलमा फेला पारेपछि घटनाबारे थप तथ्य सार्वजनिक भएको हो ।

    त्रिशूली बजारमा मजदुरी गर्दै आएका रमेशले महिलासँग धेरै रकम भएको जानकारी पाएपछि प्रेमको नाटक गरेर नजिकिएको र रकम हात पारेपछि हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

    नौ महिनादेखि नजिकिएका प्रतिमा र रमेश गत वैशाखामा एक महिनासम्म विदुरमा लिभिङ टुगेदरको रुपमासँगै बसेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रहरी उपरीक्षक बोहराका अनुसार १० लाख रुपैयाँ प्रतिमासँग भएको थाहापाएपछि रमेशले उनलाई मार्ने षडयन्त्र गरेका थिए । उनले नागरिकता बनाएर विवाह दर्ता गर्न रसुवा लगेर गत जेठ २० गते फिकुरी गाविसको जंगलमा पैसाका लागि प्रतिमाको हत्या गरेको खुलेको छ ।

    प्रतिमा र रमेशबीच गत वर्षको माघदेखि प्रेम सम्बन्ध रहेको रमेशको बयानबाट खुलासा भएको प्रहरी नायव उपरीक्षक ऋषिराम कर्णेलले बताए। गत वर्ष बैशाखको भूकम्पमा प्रतिमाका श्रीमान् र सासु बितेका थिए । उनका कुनै सन्तान छैनन् । उनका ससुरा र जेठाजुका परिवार भने छुट्टै बस्दै आएका छन् ।

    रमेशले प्रतिमाको हत्या गरी फिकुरी गाविस ८ को गोगने जंगलमा लगेर गाडेको बयान दिएपछि प्रहरीले उक्त स्थानमा उत्खनन् गरेर बिहीबार कंकाल निकालेको हो । प्रतिमाको कंकाल सँगै प्रहरीले उनको हत्याका लागि प्रयोग भएका विभिन्न घरेलु हतियारसमेत बराबद गरेको छ । फिकुरी गाविस रसुवा र नुवाकोटको सीमा क्षेत्रमा पर्छ ।

    रमेशले प्रेमिका प्रतिमाको साथमा रहेको १० लाख रुपैयाँ आफैँले लिएर खर्च गरेको बयानबाट खुलेको छ । १० लाख मध्ये दुई लाखको पल्सर मोटरसाइकल खरिद गरेको, चार लाख बैंकका जम्मा गरेको, तीन लाख रुपैयाँ साथीलाई सापटी दिएको, प्रतिमाको सुनको सिक्री र सुनको लकेट बिक्री गरेको बयान रमेशले दिएका छन् ।

    प्रतिमाले त्रिशूली बसपार्कमा उनको नाममा रहेको जग्गा ६० लाख रुपैयाँमा बिक्री गरेको रहस्य खुले पनि उक्त रकमका विषयमा भने रमेशले कुनै बयान दिएका छैनन् । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

    प्रतिमाले लगाएको घडीका आधारमा उनको सनाखत भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।

    प्रतिमाको हत्यापछि रमेश विदुरको कोठा छोडेर काठमाडौं भागेको बयान दिएका छन् । काठमाडौँमा ट्याटु पसल सञ्चालन गर्दै आएका उनलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।

    प्रतिमाको शव भेटिए पनि उनको टाउको भने भेटिएको छैन् । प्रहरीले कंकाल पोष्टमार्टमका लागि नुवाकोटको जिल्ला अदालत त्रिशूलीमा पठाएको छ । प्रतिमाको डिएनए परीक्षणका लागि नमुना झिकेर काठमाडौँ पठाइएको छ ।

    प्रतिमाको हत्यामा संलग्न रमेशलाई कर्तव्य ज्यान मुद्धामा नुवाकोट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.