×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कसरी भैरहेकाे छ काठमाडाैं लोडसेडिङ मुक्त?

  •  
  • शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, मंसिर १८ गते । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा हाल एक हजार २८६ मेगावाट विद्युत् माग छ ।

    भारतबाट समेत आयात गरिएको विद्युत् समेत जोड्दा कुल ८८६ मेगावाट मात्रै विद्युत् आपूर्ति भइरहेको छ तर काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती भएको छैन । उपत्यका बाहिर पनि औसतमा दुईदेखि चार घन्टा मात्रै विद्युत् कटौती गरिएको छ । सुन्दा अचम्म लाग्न सक्छ, कसरी सम्भव भयो ?

    कुशल व्यवस्थापन गरिएकै कारण प्रणालीमा कुल ४०० मेगावाट विद्युत् अपुग भए पनि राजधानी काठमाडौँ, काभ्रेपलाञ्चोक, धादिङ, रसुवा र नुवाकोटलाई विद्युत्भार कटौती मुक्त गर्न सकिएको हो ।

    माथिल्लो मस्र्याङ्दी, हेवा खोलालगायत केही आयोजनाबाट हाल ४५ मेगावाट मात्रै विद्युत् उत्पादन थप भएको छ । केही आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् । ती आयोजनाले केन्द्रीय प्रणालीमा विद्युत् पनि जोडेका छैनन् । तर विद्युत्भार कटौती भने नगन्य मात्रामा रहेको छ ।

    प्राधिकरणका अनुसार हाल भारतबाट करिब २८० मेगावाट विद्युत् आयात भइरहेको छ । निकट भविष्यमा नै थप २५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ । गत दसँैदेखि उपत्यकामा विद्युत् कटौती भएको छैन ।

    कसरी सम्भव भयो त ? भन्ने प्रश्नमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्नुहुन्छ, “हामीले व्यवस्थापन मात्रै गरेका छौँ जसका कारण सहजरुपमा विद्युत् उपलब्ध गराउन सकिएको छ । यसमा जनताको थप साथको आवश्यकता छ ।”

    गत वर्ष प्राधिकरणले विद्युत् आपूर्ति कम भएको भन्दै मङ्सिर महिनादेखि नै दैनिक छ घन्टा विद्युत् कटौती गर्दै आएको थियो । प्राधिकरणले गत असार, साउन र भदौमा समेत विद्युत् आपूर्ति कम भएको भन्दै दैनिक सात घन्टासम्म विद्युत् कटौती गर्दै आएको थियो ।

    सातापिच्छे नै विद्युत् कटौतीको सूचना सार्वजनिक गर्ने प्राधिकरणले यस वर्ष भने कुनै सूचना सार्वजनिक नगर्ने र सकेसम्म मुलुकभर नै विद्युत् कटौतीमुक्त गर्ने योजनामा लागेको छ ।

    ऊर्जा मन्त्री जनार्दन शर्माका अनुसार आगामी हिउँदमा सकेसम्म विद्युत् कटौती गर्नु नपर्ने गरी काम सुरु भएको बताउनुहुन्छ । “हामीले सबै उपाय अवलम्बन गरेरै भएपनि मुलुकलाई उज्यालो पार्ने अभियानमा लागेका छाँै ।” बढी विद्युत् माग हुने समयमा अत्यधिक विद्युत् प्रयोग गर्ने उपकरण नचलाउन उपभोक्तालाई आग्रह गरेका छौँ । यसबाट पनि केही राहत मिल्ने विश्वास लिएका छौँ”– मन्त्री शर्माले भन्नुभयो ।

    प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार निरन्तर विद्युत् उपलब्ध हुन थालेपछि काठमाडौँ उपत्यकामा रहेका करिब दुई लाख इन्भर्टरले खपत गर्ने विद्युत्समेत प्रणालीमा नै रहेका कारण विद्युत् आपूर्ति सहज भएको हो । ती इन्भर्टरले करिब १०० मेगावाट विद्युत् खपत गर्ने गरेका थिए । “निरन्तर विद्युत् आपूर्तिका कारण ब्याट्री चार्ज गरेर राख्नुपर्ने अवस्थाको अन्त्य भएको छ, जसका कारण पनि सहज भएको हो”– प्रवक्ता अधिकारीले बताउनुभयो ।

    नदीमा जलस्तर घट्दै जाँदा कसरी सन्तुलन मिलाउने भन्ने चिन्तामा भने प्राधिकरण यतिबेला परेको छ । तर इच्छा शक्ति भए कुनै समस्या नपर्ने धारणा सार्वजनिक गर्दै अगाडि बढेको प्राधिकरणले ढल्केबर सवस्टेशनबाट आगामी पुस १५ देखि थप ८० मेगावाट विद्युत् जोड्ने तयारी गरेको छ । यस्तै, कुशाहा–कटैया प्रसारण लाइनबाट ५० मेगावाट, रक्सौल –परवानीपुरबाट ५० मेगावाट र टनकपुरबाट थप ३० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर १८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.