×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

कुलमानविरुद्ध अख्तियार जाने तीन सञ्चालक लोडसेडिङका रक्षक, उर्जा मन्त्रालयले माग्यो स्पष्टीकरण

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    १७ मंसिर, काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटाएकोमा चिन्तित देखिएका विद्युत प्राधिकरणका सञ्चालकले कमिसनको ‘अफर’ गरेको भन्दै मन्त्री जनार्दन शर्मा ‘आगो’ भएका छन् । शुक्रबारै उर्जा मन्त्रालयले तीन सञ्चालकबिरुद्ध स्पष्टीकरण मागेको छ ।

    कुलमानसँग विवाद परेपछि प्राधिकरणका सञ्चालकत्रय मनोजकुमार मिश्र, लक्ष्मणलाल अग्रवाल र सुरज लामिछानेले तीन दिनअघि अख्तियार गुहारेका थिए । त्यसलगत्तै उर्जामन्त्री जनार्दन शर्माले उनीहरुको असन्तुष्टि के विषयमा हो भनेर बुझ्नका लागि मानिस खटाएका थिए ।

    उर्जा मन्त्रालय स्रोतले भन्यो- ‘मन्त्रीज्यूले उनीहरुको गुनासो के कुरामा हो भनेर बुझ्नका लागि पठाउनुभएको थियो, तर उनीहरुले हामीलाई पनि यसो केही त हुनुपर्‍यो नि भनेर अप्रत्यक्षरुपमा ‘कमिसन’को माग गरेपछि मन्त्रीज्यु आक्रोशित हुनुभएको छ ।’

    kulman-ghising

    सोझै घुसको अफर गरेको भन्दै प्राधिकरणका तीनैजना सञ्चालकलाई उर्जामन्त्रीले स्पष्टीकरणका लागि पत्र काट्ने निर्देशन दिएको स्रोतले अनलाइनखबरलाई बतायो । सम्भवतः आज शुक्रबारै उनीहरुलाई स्पष्टीकरणका लागि पत्र लेखिएको मन्त्रालय स्रोतले बतायो ।

    ‘स्रोतले भन्यो- ‘हिजो १८ घण्टा लोडसेडिङ हुँदा पनि चिन्तित नदेखिएका तर, लोडसेडिङ हटेपछि कमिसन खान नपाएर छटपटाएका तीनैजनालाई मन्त्रीज्यूले स्पष्टीकरण सोध्नुभएको हो।’

    स्पष्टीकरणमा के छ ?

    स्पष्टीकरणमा उनीहरूलार्इ अवैधानिक तवरले बैठक बस्नुको कारण सोधिएको छ । चित्तबुझ्दो जवाफ नआए सञ्चालक समितिबाटै हटाउने मन्त्रालयको तयारी छ

    नेपाल विद्युत प्राधिकरणको लोडसेडिङ हटाउने अभियान नै प्रभावित गर्ने गरी गुटबन्दी र झटो प्रचारचारबाजी थालेको आरोप लगाउँदै ३ सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

    प्राधिकरणका सञ्चालक समितिको अध्यक्षलाई जानकारी नै नदिई आफुखसी तवरले फर्जी मिटिङ माइन्युट तयार गरेको आरोप पनि उनीहरुमाथि लगाइएको छ ।

    उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विरुद्ध हुनेगरी अवैधानिक माइन्युट तयार गरेर अख्तियारमा पेश गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

    उनीहरुलाई स्पष्टीकरणमा अवैधानिक तवरले बैठक बस्नुको कारण सोधिएको छ । चित्तबुझ्दो जवाफ नआए उनीहरुलाई कारवाहीस्वरुप सञ्चालक समितिबाटै हटाउने मन्त्रालयको तयारी छ ।

    तर, सञ्चालक समितिबाट हटाएपछि पनि उनीहरुमाथि विगतको लोडसेडिङ अपराधमा अनुसन्धान गरी कारवाही गरिने स्रोतले बतायो ।

    यी हुन् लोडसेडिङ गराउने सञ्चालकहरु

    कु्लमान घिसिङले लोडसेडिङ हटाएकोमा अत्तालिएका विद्याुत प्राधिकरणका सञ्चालकमध्ये मनोजकुमार मिश्र र लक्षमण लाल अग्रवाल खिलराज रेग्मीका पालामा नियुक्त भएका हुन् । उनीहरुलाई तत्कालीन उर्जामन्त्री उमाकान्त झाले नियुक्त गरेका थिए । कुलमान घिसिङ कार्यकारी प्रमुख हुनुअघिसम्म जनतामा लोडसेडिङ गराएर कमिसन खान पाउञ्जेल यिनीहरु चैनले बसिरहेका थिए ।

    त्यसो त एमाले नेतृ राधा ज्ञवाली उर्जामन्त्री बनेका बेलामा उनले मिश्र र झालाई हटाएकी थिइन् । तर, उनीहरु अदालतबाट पुनर्वदहाली भएर फेरि प्राधिकरणमा आए । उनीहरु प्राधिकरणमा आएकामात्रै होइनन्, फर्केर आएपछि लोकमानसिंह कार्कीको आडमा मन्त्री राधा ज्ञवालीलाई नै अख्तियार लगाएर पदबाट राजीनामा दिन बाध्य बनाए ।

    अख्तियारको आडमा उर्जामन्त्रीलाई नै हटाउने सक्ने वापर बोेकेका मिश्र र अग्रवालले फेरि अहिले कुलमान घिसिङलाई हटाउनका लागि अख्तियार गुहारेका छन् ।

    कोरम नपुगी अवैधानिक बैठक

    ७ जना सदस्य रहने बोर्डमा मंसिर ११ गते कोरमै नपुगी तीनजनाको बैठक बसेर अग्रवाल, कर्ण र लामिछानेले कुलमानविरुद्ध अख्तियार गुहारेका थिए 

    विद्युत प्राधिकरणमा ७ सदस्यीय बोर्ड रहने व्यवस्था छ । बोर्डको अध्यक्षमा उर्जासचिव रहन्छ । हाल बोर्डको अध्यक्षमा सचिव अनुपकुमार उपाध्याय छन् ।

    बोर्डको सदस्यमा अर्थमन्त्रालयका सचिव पनि पदेन सदस्य रहने प्रावधान छ । त्यसबाहेक बोर्डमा सरकारले नियुक्त गरेका ४ सदस्य छन् । स्पष्टीकरण सोधिएका तीन सदस्यका अतिरिक्त चन्द्र टण्डन पनि प्राधिकरणका सदस्य छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बोर्डका सदस्य सचिव हुन् ।

    कुल ७ जना सदस्य रहेको बोर्डमा मंसिर ११ गते कोरमै नपुगी तीनजनाको बैठक बसेर अग्रवाल, कर्ण र लामिछानेले कुलमानविरुद्ध अख्तियार गुहारेका थिए ।

    यसका पछाडि कुलमानले दूधकोशी लगायतका परियोजनाहरु कम्पनी मोडेलबाट बनाउनका लागि प्रस्ताव गरेको र सञ्चालकत्रयले त्यसको विरोध गर्दै माइन्युट गरेको भन्दै मन्त्रालयले उनीहरुलाई गुटबन्दी गरेको आरोप लगाएको छ ।

    हेर्नुहोस् अख्तियार गुहारिएको निर्णय

    nea-letter

    यसैवीच राधा ज्ञवालीका पालामा प्राधिकरणको सञ्चालक सदस्यमा नियुक्त भएका सुरज लामिछानेलाई पनि वामदेव गौतमले कार्यबाहक उर्जामन्त्री भएका बेला हटाइदिएका थिए । उनी पनि अदालतबाट हालै पुनर्वहाली लिएर अग्रवाल र मिश्रको ग्याङमा लागेका छन् ।

    मुकेशसँग मिलेर लोडसेडिङ

    प्राधिकरण स्रोतका अनुसार जतिबेला टोपबहादुर रायमाझी उर्जामन्त्री थिए, त्यसबेलासम्म मिश्र र अग्रवाल मौन थिए । किनकि त्यसबेला मन्त्री टोपबहादुर, तत्कालीन कार्यकारी मुकेश र यी सञ्चालकहरुको स्वार्थ मिलेको थियो ।

    लोडसेडिङ गराएर उद्योगपतिलाई विजुली बेचेवापत आउने कमिसन सबैले मिलेर खाने गरेको र त्यो रकम मन्त्री रायमाझीसम्म पुग्ने गरेको स्रोत बताउँछ ।

    लोडसेडिङका नाममा भइरहेको उक्त कमिसनको अनुसन्धान अहिले कुलमान र जनार्दन शर्माले गरिरहेको स्रोतको दाबी छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.