×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

आफ्नो इन्टरनेट स्पिड कति छ ? थाहा पाउन यसो गर्नुहोस्

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रविन्द्र लम्साल

    मेरा एक मित्रले, एक इन्टरनेट सेवा प्रदायकसँग ‘१६ मेगा बिट पर सेकेन्ड’को फाइबर इन्टरनेट जोडेका रहेछन् । प्राविधिक रूपमा भन्नुपर्दा उनले डाउनलोड स्पिड ‘२ मेगा बाईट पर सेकेन्ड’ पाउनुपर्ने हो । तर स्पिड चेक गर्दा ‘१.२८ मेगा बाइट पर सेकेन्ड’भन्दा माथि गएन । उनले पाउनुपर्ने स्पिडभन्दा ‘०.७२ मेगा बाइट पर सेकेन्ड’ झन्डै ३६ प्रतिशत ब्यान्डविथ कम आइरहेको छ ।

    ‘१.२८ मेगा बाइट पर सेकेन्ड’ भनेको धेरै राम्रो इन्टरनेट कनेक्सन हो । अनलाईन भिडियो हेर्न, गीत सुन्न, सामाजिक सञ्जालमा भुल्न, टेक्स्ट मेसेज र भिडियो च्याट गर्न सजिलै पुग्छ । तर, हामीले जति इन्टरनेट स्पिडका लागि शुल्क तिरेका छौं, त्यति पाउनुपर्ने होइन र ?

    म यसमा इन्टरनेट सेवा प्रदायकभन्दा पनि मेरै मित्रको कमजोरी देख्छु । आफूले कति स्पिड पाउनुपर्ने हो र कति पाइरहेको छु भन्ने जानकारी हामीले राख्नुपर्छ । तर, इन्टरनेट सेवा प्रदायक कम्पनीले हामीलाई तोकेकै जति इन्टरनेट स्पिड दिएको छ/छैन भनेर जान्न खोज्ने हामी साह्रै थोरै छौं । एक एमबीपीएसदेखि ५० एमबीपीएसम्मका लिमिटेड तथा अनलिमिटेड डेटा प्याकहरू बजारमा उपलब्ध छन् । फाइबर इन्टरनेटमा डेटा लस साह्रै थोरै मात्रामा देखिन्छ, त्यसकारण आफूले सस्क्राइब गरेको प्याकेजमा पाइने स्पिड धेरै तल माथि हुँदैन ।

    स्पिड जान्ने कसरी ?

    इन्टरनेट स्पिड जान्न धेरै गाह्रो छैन । लाइन कनेक्सन वा वाइफाईदेखि कुनै पनि नेटवर्कमा कनेक्ट भएपछि त्यस नेटवर्कको स्पिड सजिलै थाहा पाउन सकिन्छ । इन्टरनेट स्पिड जाँच्ने थुप्रै मोबाइल एप्स, वेब एप्स, डेक्स्टपएप्स डेभलप भइसकेका छन् । तीमध्य ‘स्पिडटेस्ट डट नेट’ र भर्खरै केही महिनाअगाडि अनलाइन भिडियो स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्सद्वारा डेभलप गरिएको ‘फास्ट डट कम’ सजिलो र भरपर्दो वेब एपमध्ये मानिन्छन् ।

    ‘स्पिडटेस्ट डट नेट’ एन्ड्रोइड र आईओएस दुवै मोवाइल अपरेटिङ सिस्टमलाई पनि उपलब्ध छ । साथै गुगल क्रोम प्रयोगकर्ताहरूले यस वेब एपको एक्स्टेन्सन क्रोम वेब स्टोरदेखि फ्रीमा डाउनलोड गर्न सक्छन् । आफ्नो इन्टरनेट ब्राउजरदेखि ‘स्पिडटेस्ट डट नेट’ वा ‘फास्ट डट कम’ खोलेर सजिलै आफ्नो इन्टरनेट स्पिड पत्ता लगाउन सकिन्छ । यी दुई एपले दिने स्पिड रिपोर्टमा अंकहरू धेरै थोरै फरक देखिन सक्छन् ।

    ‘फास्ट डट कम’ले आफ्नो नेटफ्लिक्स सर्भरदेखि केही फाइल डाउनलोड गरेर कनेक्सन स्पिड चेक गर्छ भने ‘स्पिडटेस्ट डट नेट’ले नजिकैका इन्टरनेट सेवा प्रदायक कम्पनीले होस्ट गरेका सर्भरको सहायता लिन्छ । नजिकैको सर्भरदेखि फाइल डाउनलोड गर्ने हो भने अवश्य धेरै स्पिड पाइन्छ । त्यस कारण ‘स्पिडटेस्ट डट नेट’मा नजिकको होस्ट चेन्ज गरेर नेपालभन्दा बाहिरका सर्भर छानेर स्पिड चेक गर्ने हो भने आफूले पाइराखेको इन्टरनेट स्पिडको (डाउनलोड र अपलोड) जानकारी लिन सकिन्छ । ‘फास्ट डट कम’ले भने डाउनलोड स्पिडमात्रै चेक गर्छ ।

    आफूले पाइरहेको स्पिड ८० प्रतिशतभन्दा कम छ भने इन्टरनेट सेवा प्रदायक कम्पनीसँग तुरुन्तै गुनासो राख्नु मनासिब हुन्छ । गुगल, म्यासेन्जर, फेसबुक चलेकै छ भनेर चुप लाग्नु आफैंलाई घाटा पुर्‌याउनु हो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.