काठमाडौँ, मङ्सिर १७ गते । सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणी पदको रिक्त दरबन्दी सङ्कलन गरेको छ ।
लोकसेवा आयोगमार्फत रिक्त दरबन्दी परिपूर्तिका लागि सबै मन्त्रालय, निकाय र विभागबाट उक्त श्रेणीको रिक्त दरबन्दी पदको सङ्कलन गरेको मन्त्रालयका उपसचिव नवराज घिमिरेले जानकारी गराउनुभयो ।
उहाँका अनुसार प्रशासन, राजस्व र लेखा गरी गत आर्थिक वर्ष २०७२÷७३ मा करिब चारसय रिक्त दरबन्दी सङ्कलन गरिएको छ ।
तृतीय श्रेणीका लागि यसवर्ष ४७ नयाँ दरबन्दी सिर्जना गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले रिक्त दरबन्दीको सङ्ख्या आगामी सोमबारसम्म आयोगलाई बुझाउने पनि बताउनुभयो ।
रासस



