×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

कलंकी-नौबिसे सुरुङ यात्राः समय २० मिनेट, शुल्क २५ रुपैयाँ

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुरुङमा मोटरसाइकल चलाउन नपाइने, बोकाएर लैजान सकिने

    सुदिल पोखरेल
    १६ मंसिर, काठमाडौं । अहिले काठमाडौं भित्रिँदा र बाहिरिँदा नागढुंगाको जाम छिचोल्न कम्तिमा ३ घण्टा लाग्छ । सरकारी योजनाअनुसार काम भए अब काठमाडौंबाट नौबिसे पुग्न २० मिनेटभन्दा बढी लाग्ने छैन । तर, मोटरसाइकल चालकले भने अलिकति सास्ती ब्यहोर्नुपर्ने छ ।

    राजधानीबाट बाहिरिने मुख्य नाकामा निर्माण हुने तयारीमा रहेको सीतापाइला- नौबिसे सुरुङमार्गबाट जनताले घन्टौंको जामबाट मुक्ति पाउनेसँगै बेलाबेलामा हुने दुर्घटनामा समेत कमी आउने देखिएको छ ।

    यस सुरुङमार्गका बारेमा जापानी सहयोग नियोगले गरेको अध्ययनमा २० मिनेटमै नौबिसेबाट काठमाडौ आइपुग्ने निष्कर्ष निकालिएको छ ।

    नागढुङ्गाबाट करिब ८० मिटर तलबाट जाने यो सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकनका बारेमा पनि अध्ययन भइसकेको छ ।

    सडक विभागको वैदेशिक महाशाखाका प्रमुख सञ्जय कुमार श्रेष्ठका अनुसार यो रिपोर्टमा सुरुङमार्ग निर्माण गर्दा कुनै पनि वातावरणीय क्षति नहुने देखिएको छ ।

    उनले भने ‘हालै मात्र सकिएकोेे वातावरणीय अध्यनमा यो सुरुङमार्ग बनाउन उचित देखिएको छ, यसको निर्माणले वातावरणमा कुनै पनि नकारात्मक प्रभाव पार्ने देखिएन । ‘

    अहिले सडक विभागले यो सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने कन्सल्ट्यान्टको छनौट कार्य अघि बढाएको छ । साथै यस्ता कन्सलट्यान्टको सर्ट लिस्टिङसमेत भइसकेको छ । तर, कन्सल्ट्यान्टको टुङ्गो भने लागिसकेको छैन ।

    कन्सल्ट्यान्ट छनोट पश्चात उसले डिजाइन तयार गर्छ । डिजाइन तयार हुनै लाग्दा सरकारले निर्माण कम्पनी पनि छनोट गरिसक्ने श्रेष्ठले बताए । निर्माण सुरु भएको ३ वर्षभित्रै यो सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा ल्याउने सरकारको तयारी छ ।

    जापानले दुई वर्षअघि नै सुरुङमार्ग निर्माणका लागि ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । तर, गत आइतबार मात्रै मन्त्री परिषदले ऋण स्वीकृत गरेपछि यसको निर्माणको प्रक्रिया अघि बढेको हो ।

    सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । जापान सरकारले यो ऋण निकै सस्तो ब्याजदरमा उपलब्ध गराउन लागेको छ ।

    श्रेष्ठले दिएको जानकारी अनुसार जापानले नेपाल सरकारलाई ०.०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्ष भित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

    सवारी कर २५ रुपैयाँ, मोटरसाइकल चलाउन नपाइने

    सरकारी योजनाअनुसार सुरुङमार्ग हुँदै नौबिसे – काठमाडौ गुड्ने प्रत्येक सवारी साधनले सरकारलाई २५ रुपैयाँ तिर्नुपर्ने छ । यसबाट नै सरकारले यसको निर्माण पश्चात आवश्यक पर्ने मर्मत खर्च जुटाउने योजना बनाएको छ ।

    तर, यो सुरुङमार्गमा मोटरसाइकल चलाउन भने प्रतिबन्ध लगाइने छ । सुरङमार्गमा सरकारले नै मोटरसाइकल ओसार-पसार गर्ने सवारी साधन राख्ने भएको छ । यसरी मोटरसाइकल ओसार-पसार गरेबापत सरकारले २५ रुपैयाँ लिने योजना बनाएको छ ।

    श्रेष्ठले भने- ‘सुरुङमार्गमा गलत क्रियाकलाप हुन नपाओस् भनेर मोटरसाइकललाई त्यहाँ चल्न नदिने सोच बनाएका हौं, तर यो सडकबाट सवारी साधनमा चढाएर मोटरसाइकल पास गदिर्ने व्यवस्था गर्छाैं ।’

    यस्तो हुन्छ सुरुङमार्ग

    श्रेष्ठका अनुसार यो सडकखण्ड कुल ६ किलोमिटरको हुनेछ । तर यसको सुरुङ भने २.४५ किलोमिटरको मात्रै हुनेछ । घन्टांै जाममा बस्नुपर्ने बाध्यता मात्रै होइन, सीतापाइलादेखि नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ ।

    यो सडक खण्ड अन्र्तगतको सुरुङ सीतापाइला नजिकैको बस्नेत छापदेखि धादिङको सिस्नेखोलासम्म निर्माण गरिनेछ । सुरुङमार्गमा दु्ईवटा पुल र २ वटा कल्भर्टको पनि निर्माण हुनेछ ।

    21-lane-road१२ मिटर चौडाइको यो सडकमा दुवैतिर १/१ मिटरको पैदलयात्रीले प्रयोग गर्ने पेटी राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान राखिनेछ ।

    सुरुङमार्ग २ लेन प्लस वान लेन मापदण्डको हुन्छ । २ लेन प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ । एकपटि्टको सडक २ लेन हुँदा अर्काेपट्टिको सडक १ लेनमा परिणत हुन्छ । यस्तो कार्य भने फेरबदल भइरहन्छ ।

    अहिले राजधानीको मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौ प्रवेश गर्नलाई नौबिसेदेखि झन्डै २ देखि ३ घन्टा लाग्छ । जामका बेलामा भने यसको समयावधि अझै लम्बिन्छ । तर, यो सुरुङ निर्माण भएपछि ट्राफिक जामको समस्या समाधान हुन्छ । त्यसपछि नौबिसेबाट २० मिनेटमै सुरुङमार्ग हुँदै सुरक्षितरुपमा काठमाडौं आइपुगिन्छ ।

    कलंकी नौबिसे मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा ट्राफिक जामको समस्यासँगै बेलाबेलामा हुने दुर्घटनामा समेत कमी आउने श्रेष्ठको भनाइ छ ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.