×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १४ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

यसरी भयो बुढीगण्डकीमा झडप, तालाबन्दी गर्न खोज्दा ९ जना पक्राउ, ३ घाइते

  •  
  • शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     विनोद ढकाल  |

    घ्याल्चोक (गोरखा) : बिहीबार बिहान १० बजेदेखि नै गोरखाको घ्याल्चोक गाविस सिउरेनीटारमा बुढीगण्डकी डुबान क्षेत्रका बासिन्दा भेला हुँदै थिए। बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्दा डुबानमा पर्ने १४ गाविसबाट सर्वसाधारणहरु बस, ट्रक चढेर बुढीगण्डकी आयोजना विकास समितिको कार्यालय बाहिर एकत्रित भए। गएको शनिबार जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरेको मुआब्जामा चित्त नबुझाएका डुबान क्षेत्रका बासिन्दाको तर्फबाट बिहीबार बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले विरोध कार्यक्रम राखेको थियो। एकपछि अर्को गर्दै गाउँगाउँबाट आएको गाडीमा सयौंको संख्यामा डुबान क्षेत्रका वासिन्दा विरोध कार्यक्रममा सहभागी भए। उनीहरुले जनतालाई सुकुम्बासी बनाउन पाइँदैन, ५ लाख मुआब्जा चाहिँदैन, राजनीतिक दल सहयोग गर, पुनर्बासको ग्यारेन्टी गर जस्ता नारा लगाएका थिए। नाराबाजी पछि बुढीगण्डकी विकास समितिको कार्यालय बाहिर गरिएको सभामा डुबान क्षेत्रभित्रका गोरखा र धादिङका केही बासिन्दा र जिल्लास्तरीय राजनीतिक दलका नेताले भाषण गरे। सभा सकिएपछि दिउँसो ३ बजे डुबान क्षेत्रका बासिन्दा बुढीगण्डकी विकास समितिको कार्यालयमा तालाबन्दी गर्न कार्यालयभित्रै प्रवेश गरे। तालाबन्दी गर्ने पूर्व निर्धारित कार्यक्रम भएकाले गोरखा सदरमुकामबाट डिएसपी वीरेन्द्र थापाको नेतृत्वमा प्रहरीको ठूलो टोली बुढीगण्डकी कार्यालयभित्र राखिएको थियो। सशस्त्र प्रहरी पनि उत्तिकै थिए। तर आन्दोलनकारीको समूह भित्र पसेपछि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे पर्‍यो। डुबान क्षेत्रका बासिन्दाले तालाबन्दी गर्ने क्रममा करिब २० मिनेट झडप र धकेलाधकेलको स्थिति भएपछि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेर भीड तितरबिततर पारेको थियो। त्यस क्रममा प्रहरीले करिब २० सेल अश्रुग्यास हानेको थियो।

    ९ जना पक्राउ ३ जना घाइते  

    कार्यालयमा तालाबन्दी गर्न गएका डुबान क्षेत्रका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। मुआब्जा वृद्धि, समिय सापेक्ष रुपमा जग्गाको वर्गीकरण र पुनर्बासको ग्यारेन्टीको माग राखेर आन्दोलनरत डुबान क्षेत्र गोरखा र धादिङका वासिन्दाले बिहीबार कार्यालयमा तालाबन्दी गर्न लाग्दा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखा आरुआर्बाङ ९ का विकास दाहाल, बोर्लाङका नवराज ढकाल र राजन कुमाल, नाम्जुङका सुनिल माझी र दीपेन्द्र पोखरेल, आरुचनौटेका ज्ञानबहादुर गुरुङ, दर्बुङका हरि आले, धादिङ खरीका कृष्ण काप्री र दीपेन्द्रप्रसाद पाण्डे रहेका प्रहरीले जानकारी दिएको छ। बुढीगण्डकी विकास समितिको कार्यालय तोडफोड गरेकाले उनीहरुलाई पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले जानकारी दिए। ‘कार्यालय तोडफोड गरेकाले उनीहरुलाई पक्राउ गरेका हौं’ उनले भने ‘अब मुद्दा लगाउछौं।‘ प्रहरीले अश्रुग्यास हानेपछि प्रदर्शनकारीले ढुंगाले हानेर बुढीगण्डकी विकास समितिको कार्यालयका झ्यालको सीसा फुटाइदिएका छन्। प्रहरीसँगको धकेलाधकेलमा कार्यालयको प्रिफ्याब घरको ढोका र गाह्रो पनि भत्किएको छ। कार्यालय तालाबन्दी गर्ने क्रममा प्रहरीसँग भएको झडपमा तीन जना घाइते भएका छन्। गोरखा तान्द्राङ गाविसका बलराम पाण्डे, फुजेलका मेगनाथ न्यौपाने र धादिङ मैदीका महाप्रसाद लामिछाने घाइते भएका हुन्। टाउको र शरीरको विभिन्न ठाउँमा समान्य चोट लागेका उनीहरुको धादिङ बेनिघाटको एक मेडिकलमा उपचार गरिएको थियो। ‘हामी आयोजना विरोधी होइनौं’ बुढीगण्डकी डुबान क्षेत्रका वासिन्दाले मुआब्जा चलनचल्तीको मूल्य अनुसार पनि नभएको भन्दै पुनरावलोकनको माग गरेका छन्। उनीहरुले यसअघि बुढीगण्डकी विकास समितिले कार्यालय प्रयोजनका लागि खरिद गरेको जग्गाको मुआब्जा प्रति रोपनी ७ लाख ९५ हजार दिएकाले डुबान क्षेत्रका सबै जग्गाको न्युनतम दर त्यसैलाई बनाउनुपर्ने माग गरेका छन्। ‘जनताले जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले दमन गरेर उल्टै हामीलाई आयोजना विरोधी बनाउन खोजिरहेको छ’ बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले भने ‘जनतालाई उचित मुआब्जा नदिएर आन्दोलनमा उत्रन बाध्य पार्नेहरु नै आयोजनाका खास विरोधी हुन्।‘
    thahakhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.