फाइल तस्बिर
काठमाडौं: नेपालमा हिन्दु राज्य निर्माणका लागि दबाब दिन ‘सनातन हिन्दुराष्ट्रका लागि महाअभियान’ले राजधानीको कमलादीमा विशेष भेलाको आयोजना गरेको छ ।
प्रज्ञावनमा बुधबार आयोजना गरिएको भेलामा सहभागी वक्ताहरुले नेपालमा धर्म निरपेक्षता जबरजस्ती लादिएकोले नेपालमा हिन्दु राज्य स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
कांग्रेस नेता खुमबहादुर खड्काको अगुवाइमा आयोजित समारोहमा कांग्रेस नेताहरु तारानाथ रानाभाट, लक्ष्मर्ण घिमिरे, चिरञ्जीवि वाग्ले तथा अन्य दलका नेताहरु, विभिन्न पेसाकर्मी, पूर्व प्रशासकहरु, पूर्व सेनापति रुक्मांगद कटवाललगायत प्रहरी र नेपाली सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरुको उपस्थिति छ।भेलामा बाबा तथा गुरुहरुको विशेष सहभागिता छ।
संविधान संशोधनको प्रक्रिया अघि बढ्दै गर्दा आयोजना गरिएको यो भेलालाई अर्थपूर्ण रुपमा लिइएको छ। समारोहमा बोल्ने अधिकांश वक्ताहरुले हिन्दु राज्य नभए धार्मिक विद्रोह हुने चेतावनी दिएका छन्। हिन्दु राज्यको अभियानलाई व्यापक बनाउने निर्णय भेलाले गर्दैछ।
annapurnapost



