, काठमाडौं
मंसिर १४, २०७३- विगत १७ दिनदेखि दशौंपटक आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालको नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले भोलीदेखि आकस्मिक बाहेकका कुनै सेवामा पनि सहभागी नहुने बताएको छ ।
एसोसियसनका अध्यक्ष डा. लीजन महर्जनका अनुसार आजै बसेको एसोसियसनको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
दशौंपटक अनशनमा बसेका डा. केसीको मागको १७ आैं दिनसम्म पनि कुनै सुनुवाई नभएपछि एसोसियसनले सो निर्णय लिन बाध्य भएको बताएको छ ।
ekantipur



