×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

एकान्तकुनामा यातायातमन्त्रीको ‘छड्के’, छिनमै कुरा फेरेर फर्के

  •  
  • मङ्गलबार, मङि्सर १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रविन्द्र/कविन

    १४ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रमेश लेखक मंगलबार करिब ११ बजे एकान्तकुना यातायात व्यवस्था कार्यालयमा ‘छड्के’ हान्न पुगे । तर, यातायात कार्यालयका हाकिम र कर्मचारी पहिल्यै ‘अर्लट’मा थिए ।

    छड्के भनिए पनि मन्त्री लेखक सँगसँगै यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ पनि देखिए । यसले मन्त्रीको छड्के प्रभावहिन देखियो । ‘मन्त्री आउने कुरा पहिल्यै कतैबाट चुहिएको थियो,’ विभागका एक अधिकारी भन्छन्-‘साँच्चिकै छड्केमा आएका भए हाम्रै हाकिम पछि लगाएर किन आउँथे होला र ?’

    सेवाग्राहीको नाराबाजी

    मन्त्री एकान्तकुना पुग्दा विभागको लाइसेन्स कार्यालयमा झण्डै १ हजारभन्दा बढी सेवाग्राही लाइनमा थिए । मन्त्रीको आगमन भएको थाहा पाउनासाथ सेवाग्राहीबीच हल्ला मच्चियो । आक्रोशित सेवाग्राहीले सिठ्ठी फुक्दै हो-हल्ला गरे । केहीले नारा लगाइहाले-‘भ्रष्ट कर्मचारी चाहिँदैन ।’

    केही सेवाग्राही भन्दै थिए-‘मुर्दावाद भनौं न, मुर्दावाद ।’

    yatayat-karyalaya-ekantakuna-3
    मन्त्री लेखक आक्रोशित सेवाग्राहीको भीडलाई छिचोलेर लाइसेन्स बाँड्ने कार्यालयमा छिर्ने आँट गरेनन् । हो-हल्ला र नाराबाजीलाई बेवास्ता गर्दै उनी साना तथा ठूला सवारी कार्यालयपट्टि लागे । सो कार्यालयमा भने सेवाग्राहीको भीड खासै थिएन । उनी सरासर साना तथा ठूला सवारी कार्यालयका प्रमुख बसन्त अधिकारीको कार्यकक्षमा पुगे । अधिकारीले आफू कार्यालयमा हाजिर भएपछि गरिएका कामबारे बेलिबिस्तार लगाए ।

    yatayat-karyalaya-ekantakuna-5
    उनले भूकम्पपीडितका लागि ट्याक्सी वितरण गर्न लिइएका आवेदन कम्प्युटरमा हाल्न लागेको सुनाए । मन्त्री लेखकलाई विभागका १६ वटा कोठा पुराना ढड्डाले भरिएको जानकारी पनि दिइयो । अधिकारीको ब्रिफिङ नसकिँदै मन्त्री लेखकले ‘लाइसेन्स’मा बढी समस्या देखिएको भन्दै त्यहाँका कार्यालय प्रमुखलाई बोल्न लगाए ।

    कर्मचारीकै गुनासो

    लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले सुरुमै आफू कार्यालय आएको एक हप्ता पनि नभएको बताए । काम गर्न पर्याप्त कर्मचारी नभएको उनले सुनाए ।

    ‘लाइसेन्स लिन बिहान ५ हजार जना लाइनमा आउने गरेका छन्,’ उनले सबिस्तार भने, ‘दिनमा ८ सय भन्दा बढीको आवेदन लिन सकिँदैन । ६ वटा कम्प्युटर छन्, दिनभरमा एउटा कम्प्युटरमा १ सय ३० भन्दा बढी आवदेनको इन्ट्री गर्न भ्याइँदैन ।’

    yatayat-karyalaya-ekantakuna-7
    यादवले कर्मचारी अभाव भएकाले ठूलो भीडलाई व्यवस्थापन गर्न नसकिएको पनि बताए । त्यसपछि मन्त्री लेखकले सोधे, ‘बैंकमा जस्तै टोकन मेसिन राख्न सकिँदैन ?’ निरीह देखिदै यादवले जवाफ दिए ‘यहाँका दलालले एकैपटक सबै थुतेर लगिहाल्छन् नि !’

    उनको जवाफले यातायातका बिचौलियाहरु कति सक्रिय र बलिया रहेछन् भन्ने प्रष्टै भयो ।

    कार्यालय प्रमुखको यस्तो जवाफमा मन्त्रीले कुनै निर्देशन गरेनन् । बरु उनले १० दिनभित्र काठमाडौंका तीन स्थानमा थप कार्यालय खोलिसक्न विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई निर्देश गरे ।

    ‘अब म ११ औं दिन पुनः आउँछु, त्यतिखेर थप कार्यालय खोलिसकिएको हुनुपर्छ’ मन्त्री लेखकले भने, ‘अनलाइनबाट फारम भर्ने व्यवस्था पनि छिटो मिलाउनुहोस् ।’
    ramesh-lekhak-2

    कार्यालय खोल्न गाडी छैन !

    तर, महानिर्देशक श्रेष्ठले सर्भर कमजोर भएका कारण समस्या भएको बताए । त्यो जवाफमा मन्त्री लेखकले चित्त बुझाएनन् । उनले कड्किँदै भने, ‘त्यो तपाईंको समस्या हो, जसरी भएपनि समाधान गर्नुहोस् ।’

    नयाँ कार्यालयका लागि गाडी किन्न पर्याप्त बजेट नपाएको गुनासो पनि श्रेष्ठले गरे । ‘१८ वटा गाडी किन्नका लागि भनेका छौं, तर बजेट नै पाएको छैन । सबै तिर भनिसकेँ,’ श्रेष्ठले भने ।

    yatayat-karyalaya-ekantakuna-2
    यातायात व्यवस्था विभागले काठमाडौंको कलंकी, चाबहिल र सल्लाघारीमा यातायात व्यवस्था कार्यालय खोल्ने योजना बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिना अगाडि थप कार्यालय खोल्न निर्देशन दिएका थिए । तर हालसम्म ठोस प्रगति भएको छैन ।

    मन्त्रीले नै कुरा फेरे

    मन्त्री लेखक पुगेर पनि त्यही निर्देशन १० दिनको अल्टिमेटम सहित दोहोर्‍याए । अनुगमन सकाएपछि भने मन्त्रीले आफ्नो अल्टिमेटमलाई आफैंले पर धकेलिदिए । सञ्चारकर्मीसँगको कुराकानीमा उनले १० दिनभित्र कार्यालय खोजेर व्यवस्थापन गर्न भनेको जानकारी दिए ।

    ‘१० दिनभित्र कार्यालय व्यवस्थापन हुन्छ र दुईहप्तापछि काठमाडौंमा थप ३ वटा कार्यालय खुल्नेछन्,’ मन्त्रीले भने ।

    yatayat-karyalaya-ekantakuna-6
    मन्त्री अनुगमनमा जाँदा विभागका कुनै पनि अधिकारीले लाइसेन्सको बास्तविक समस्या किन आएको भनेर भनेनन् । मन्त्रीले भने कार्यालय नै कम भएको भनेर आफ्नै धारणा बनाए र सुनाए ।

    बाहिर लाइसेन्स बन्द, काठमाडौंमा जात्रा !

    तर, विभागले झण्डै ३ महिनादेखि उपत्यकाबाहिरको कुनै पनि कार्यालयबाट लाइसेन्स वितरण गरेको छैन । उपत्यकाबाहिरका यातायात व्यवस्था कार्यालयलाई कम्तिमा हप्तामा एकपटक लाइसेन्स जारी गर्न लगाइयो भने काठमाडौंको यो भीड आधा कम हुने विभागकै अधिकारी बताउँछन् ।

    yatayat-karyalaya-ekantakuna-4
    ‘अहिले भीडमा आएका आधाभन्दा बढी व्यक्ति उपत्यका बाहिरकै हुन्,’ ति अधिकारी भन्छन्, ‘उपत्यकाबाहिर लाइसेन्स वितरण बन्द गरेर काठमाडौंमा यो जात्रा किन देखाएको भन्ने हामीले पनि बुझ्न सकेका छैनौं ।’

    उपत्यकाबाहिर १४ वटा यातायात व्यवस्था कार्यालय छन् । बाग्लुङबाहेक अन्य सबैसँग ट्रायल सेन्टर पनि छन् । इटहरी, वीरगञ्ज, बुटवल र पोखरामा लाइसेन्स वितरण गर्ने छुट्टै कार्यालय छन् । तर, त्यहाँ लाइसेन्स वितरण गरिएको छैन ।

    मन्त्रीलाई विभागका अधिकारीले यो जानकारी नदिएका हुन् या मन्त्रीले थाहा पाएर पनि नपाएको जस्तो गरेका हुन्, खुल्न सकेन ।

    yatayat-karyalaya-ekantakuna-1

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.