×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १६ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

उच्च शिक्षामा लगानीः तलबमै अर्बौं

  •  
  • मङ्गलबार, मङि्सर १४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     सूर्यप्रसाद पाण्डे

    काठमाडौंः राज्यले उच्च शिक्षामा गरेको लगानीमध्ये अधिकांश शिक्षक–कर्मचारीको तलब र भत्तामा सकिने गरेको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत हुने अर्बौं लगानीको ७० प्रतिशत रकम तलब, भत्तालगायत शीर्षकमा सकिँदा विद्यार्थीको नतिजा भने खस्कँदै गएको छ ।

    विश्वविद्यालयलाई दिइएको रकममध्ये गुणस्तर उकास्ने काममा लगानी गर्न कठिन रहेको आयोगकै पदाधिकारी बताउँछन् । ‘सबै पैसा नियमित तलब र भत्तामा खर्च गर्नुपरेपछि शिक्षाको गुणस्तर उकास्ने विषयमा लगानी गर्न सकिएन । यसको परिणाम विद्यार्थीको नतिजामा देखियो’, आयोगका सदस्यसचिव देवराज अधिकारीले भने ।

    आयोगका लागि राज्यले गत आर्थिक वर्षमा सात अर्ब १७ करोड ६८ लाख रुपैयाँ बजेट छुट्ट्याएको थियो भने चालू आर्थिक वर्षमा आठ अर्ब ९७ करोड ५२ लाख ९४ हजार विनियोजन गरेको छ । यो रकम कुल राष्ट्रिय बजेटको शून्य दशमलव नौ प्रतिशत तथा शिक्षा बजेटको आठ प्रतिशत हो ।

    आयोगले यो रकमलाई विभिन्न विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानमा वितरण गर्छ । त्यसबाहेक गत आर्थिक वर्षका लागि विश्व बैंकले उच्च शिक्षा सुधार परियोजनाका लागि सहुलियत ऋणमा २७ करोड ५६ लाख रुपैयाँ आयोगलाई उपलब्ध गराएको थियो ।

    उच्च शिक्षा प्रदायक संस्थालाई नियन्त्रण, लगानी तथा सुधारका लागि आवश्यक नीति निर्माण गर्ने निकाय विश्वविद्यालय अनुदान आयोगले गरेको अध्ययनले उच्च शिक्षामा राज्य र अभिभावकबाट गरिएको लगानीमध्ये ३० प्रतिशतमात्र सदुपयोग भएको देखाएको हो ।

    मुलुकभर सञ्चालित नौ विश्वविद्यालय तथा चारवटा शैक्षिक प्रतिष्ठानका विद्यार्थी भर्ना, उनीहरूको उत्तीर्णदर र ती संस्थालाई राज्यले वार्षिक रूपमा गरेको लगानीलाई आधार मानेर यस्तो तथ्यांक निकालिएको हो ।

    उक्त लगानीको सुरक्षा र उच्च शिक्षालाई सुधार गरेर रोजगारमूलक बनाउनु निकै चुनौतीपूर्ण रहेको सदस्यसचिव अधिकारीले बताए । उनका अनुसार स्नातक र स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीको उत्तीर्णदर २६ प्रतिशतमात्र छ ।

    त्यसमध्ये पनि साधारण धारका विद्यार्थीको औसत उत्तीर्णदर २० प्रतिशत तथा प्राविधिक विषय र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीको उत्तीर्णदर ३० प्रतिशतको सेरोफेरोमा छ ।

    उच्च शिक्षामा लगानी नपुगेको गुनासो आइरहेका बेला भएकै लगानीलाई समेत सदुपयोग गर्न नसक्नुले लगानी थप्ने विषयमा प्रश्नचिह्न खडा भएको छ । ‘सबै विश्वविद्यालय डरलाग्दो अवस्थामा छन् ।

    अब पनि केही नयाँ तरिकाले सोचेनौं भने उच्च शिक्षा सुधारमा लगानी गर्नुको अर्थ छैन’, अधिकारीले भने, ‘यसका लागि सबैभन्दा पहिला विश्वविद्यालयले नै अभियान सञ्चालन गर्नुपर्छ । आयोगले मात्र केही गर्न सक्दैन ।’

    विश्वविद्यालयको शिक्षक छनोट प्रक्रियामा सुधार गर्नेदेखि शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत साथमा लिई सबै विश्वविद्यालयले स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने अधिकारीको भनाइ छ ।

    विश्वविद्यालयहरूको गुणस्तर विकास हुन नसक्नुमा शैक्षिक कार्यतालिकाअनुसार विद्यार्थी भर्ना गर्न नसक्नु, परीक्षा सञ्चालन गर्न नसक्नु तथा समयमै नतिजा प्रकाशन गर्न नसक्नुले पनि लगानी खेर गएको आयोगको निष्कर्ष छ ।

    त्यसबाहेक विश्वविद्यालयबाट क्याम्पसको सम्बन्धन दिनका लागि स्पष्ट मापदण्ड नबन्नु, आवश्यकता पहिचान नगरी योजना र नक्सांकनबिनै क्याम्पस स्थापना गरिनु आदिलाई पनि प्रमुख समस्या मानिएको छ ।

    आयोगका अनुसार अहिले पनि मुलुकभरका पाँच सय क्याम्पसमा सयभन्दा थोरै विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी थोरै भए पनि शिक्षकका लागि राज्यले लगानी गरिरहेको छ । मुलुकभर रहेका नौवटा विश्वविद्यालयअन्तर्गत ९८ वटा आंगिक तथा सम्बन्धन लिएर चार सय ४३ वटा सामुदायिक र एक हजार तीन सय ६९ वटा निजी क्याम्पस सञ्चालनमा छन् ।

    उच्च शिक्षामा राज्य र अभिभावकबाट गरिएको लगानीमध्ये ३० प्रतिशतमात्र सदुपयोग

    ती सबै विश्वविद्यालय तथा क्याम्पसमा गरेर अहिले चार लाख सात हजार नौ सय चारजना विद्यार्थी अध्ययनरत छन् । सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा तीन लाख ३३ हजार नौ सय चारजना तथा सबैभन्दा थोरै लुम्बिनी बौद्ध विश्वविद्यालयमा दुई सय ४१ जना विद्यार्थी अध्ययनरत छन् ।

    आंगिक क्याम्पसमा संलग्न शिक्षकको संख्या वृद्धि भई नौ हजार दुई सय ९९ पुगेको छ । यसमध्ये आठ सय ४० जना प्राध्यापक तहका दुई हजार चार सय २७ सहप्राध्यापक, तीन हजार ६ सय १९ उपप्राध्यापक, एक हजार आठ सय ४१ शिक्षण सहायक र पाँंच सय ७२ प्रशिक्षक छन् । सामुदायिक र निजी क्याम्पससमेत जोड्ने हो भने करिब २० हजार शिक्षक उच्च शिक्षामा आंशिक तथा पूर्णकालीन छन् ।

    विगतका वर्षको तुलनामा शिक्षकको तहगत विवरण विश्लेषण गर्दा प्राध्यापक तथा सहप्राध्यापक तहका शिक्षकको संख्या ह्वात्तै बढेको छ । यसले गर्दा विश्वविद्यालयको संगठनात्मक संरचनामा तहगत शिक्षक आपूर्तिविपरीत पिरामिडतर्पm उन्मुख रहेको आयोगको विश्लेषण छ ।

    भर्नादरमै समस्या

    विकासशील मुलुकमा कुल भर्नादर सरदर २६ प्रतिशत रहेकोमा नेपालको भर्नादर भने १५ दशमलव एक प्रतिशतमात्र छ । यो भर्नादर अघिल्लो वर्षको तुलनामा दुई प्रतिशतले कम हो । यसमध्ये पनि स्नातक तहको कुल भर्नादर करिब २० दशमलव चार प्रतिशत छ भने स्नातकोत्तर तहको पाँच दशमलव चार प्रतिशत छ । भर्नादरमा देखिएको सुस्तताका कारण नेपाललाई सन् २०२२ मा विकासशील राष्ट्रमा पुर्‍याउने लक्ष्य पूरा गर्नसमेत चुनौती रहेको आयोगको विश्लेषण छ ।

    विश्वविद्यालय स्थापनाका लागि प्रस्ट नीति, प्रक्रिया एवं व्यवस्थापनमा एकरूपता ल्याउनुपर्ने, खोलिएका विश्वविद्यालयको क्षेत्र, अधिकार र शैक्षिक कार्यक्रममा विशिष्टीकरण विकास गर्नुपर्ने, आर्थिक दिगोपन विकासका साथै शैक्षिक स्तर बढाउनुपर्नेलगायत विषयमा विशेष अभियान सञ्चालन गर्नसके उच्च शिक्षालाई सही बाटोमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

    खोलिएका अधिकांश क्याम्पसमा पुराना तथा साधारण कार्यक्रम सञ्चालन भइरहेको तथा धेरै विश्वविद्यालयमा एकै खालका पाठ्यक्रमअनुसार अध्ययनअध्यापन भइरहेकोमा सुधार गर्नुपर्ने, राष्ट्रिय महत्वका प्राविधिक विषयमा जोड दिने र उच्च शिक्षालाई शैक्षिक बेरोजगार उत्पादन गर्ने उद्योगका रूपमा लाञ्छित आरोपबाट मुक्त गराउन रोजगारउन्मुख हुनुपर्ने सुझाव आयोगले दिएको छ ।

    त्यसैगरी उच्च शिक्षाको अध्ययन–अध्यापनमा अनुसन्धान संस्कृतिलाई विकास गर्दै शिक्षक एवं विद्यार्थीलाई बढीभन्दा बढी अनुसन्धानमा सहभागिता बढाउनुपर्नेलगायत सुझाव प्रतिवेदनले दिएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.