×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

न्यायको खोजीमा हिँडेकी पुलामीको रहस्यमय तरिकाले मृत्यु

  •  
  • शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

    पाल्पा: देशमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा न्यायको खोजीमा हिँडेकी पाल्पा ताहुँ–७ की विनु पुलामीको रहस्यमय तरिकाले मृत्यु भएको खुलेको छ।

    गत कात्तिक–४ गते राम्दीघाट नजिक बेवारिसे अवस्थामा फेला परेको महिलाको शव विनु पुलामीकै भएको माइती पक्षले दाबी गरेपछि उनको मृत्यु भएको खुलेको हो।

    बेवारिसे महिलाको शवको तस्बिर, कपडाका आधारमा माइती पक्षले विनु पुलामी नै भएको बताएका छन् । बेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसक्दा प्रहरीले शव व्यवस्थापनका लागि तानसेन नगरपालिकालाई जिम्मा लगाएको प्रहरीले बताएको छ । आफन्तबाट लासको खोजी हुन नसक्दा तानसेन नगरपालिकाले कात्तिक ८ गते राम्दीघाटमा लगेर शव गाडेको हो ।

    पुलामी दसैपछि एक्कासि बेपत्ता बन्दै आएपनि श्रीमान र घरपरिवारले उनको खोजीमा सक्रियता देखाएको थिएन । जिल्ला शिक्षा कार्यालय, पाल्पामा प्राविधिकका रुपमा कार्यरत पुलामीका श्रीमान दीपेन्द्र बस्याल सोमबारदेखि फरार अवस्थामा रहेका छन् । बस्यालले अर्की प्रेमिका लिएर भारततिर भागेका हुन् । २०६९ सालमा पुलामी र बस्यालबीच अन्तरजातीय प्रेमविवाह भएको आफन्त बताउँछन् ।

    गत चैतदेखि पुलामी र बस्यालबीच सम्बन्ध राम्रो नभएको खुलेको छ । महिला तथा बालबालिका कार्यालयमा भदौ ३१ गते पुलामीले आफू अन्यायमा परेको भन्दै मौखिक निवेदन दिएको निमित्त कार्यालय प्रमुख सुष्मा रेग्मीले जानकारी दिए।

    पुलामीले महिला तथा बालबालिका कार्यालयमा शारीरिक र मानसिक यातना भोग्न बाध्य भएको कार्यालयलाई जानकारी गराएपछि आफूहरुले जिल्ला प्रहरी कार्यालयमा जान अनुरोध गरेको जनाएको हो । बस्यालले पुलामीलार्ई पटकपटक मानसिक तथा शारीरिक यातना दिँदै आएको पुलामीका बुबा नरबहादुरको दाबी छ ।

    माइती पक्षले उनको हत्या गरी फालिएको किटानी जाहेरीमा उल्लेख गरेको छ । जाहेरीमा विनुका श्रीमान ताहुँ–७ का दीपेन्द्र बस्याल, दीपेन्द्रका बुबा र आमालाई विपक्षी बनाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस्यालका बुबाआमा शिक्षक–शिक्षिका हुन् ।

    गाडेको शव निकालेर अनुसन्धान

    जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक रमेशराज भेटवालको नेतृत्वमा गएको प्रहरीले गाडेको लास निकालेर अनुसन्धान थालेको छ । प्रहरीले गाडेको लास पुलामी मगरको हो वा होइन भन्ने बारेमा बुझ्नका लागि लासको दाँत र खुट्टाको हड्डी निकालेर डिएनए परीक्षणका लागि जिल्लामा ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाएको बताएको छ ।

    एक महिनापछि दाहसंस्कार

    माइती पक्षले गाडेको शव विनु पुलामीमगरकै भएकाले दाहसंकार गरेका छन् । बुबा नरबहादुरले छोरी पुलामीको शवलाई दागबत्ती दिएका हुन् । पुलामी दसैपछि माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् । कात्तिक ४ गते राम्दी नदीको किनारामा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो । शवको सनाखत हुन नसक्दा कात्तिक ८ गते राम्दीमा लास गाडिएको थियो ।

    प्रहरीले पुलामीको शव माइती पक्षलाई बुझाएको छ । शव बुझाएर दाहसंस्कार गर्ने बेलासम्म बस्यालका घरपरिवार पुगेनन् । माइती पक्षले मात्र पुलामीको दाहसंकार गरेका हुन् । घरपक्षका कोही पनि नआएपछि यो घटना थप रहस्यमय बन्दै गएको हो ।

    पुलामीका श्रीमान बस्यालले पुलामीको फेसबुकबाट माइती पक्षसँग कुराकानी गर्दै आएका छन् । दसैपछि विनु माइती पक्षसँग सम्पर्क हुन सकेकी थिइनन् तर फेसबुकबाट दीपेन्द्रले पुलामी बनेर कुराकानी गर्दै आएका थिए ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले पुलामीको हत्या नै भएको जाहेरी परेपछि अनुसन्धानलाई सशक्त रुपमा अघि बढाएको छ । पाल्पाका प्रहरी उपरीक्षक हरिराज वाग्लेले माइतीपक्षको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको बताए।।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.