×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सन्दर्भ : महिला हिंसाविरुद्धको अभियान, नेपालमा रोकिएन महिलाविरुद्धको हिंसा

  •  
  • शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सीता शर्मा  

    काठमाडौँ, मङ्सिर १० गते ।  ‘घर शान्ति नै विश्व शान्तिको आधार : दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नारासहित शुक्रबारदेखि देशव्यापी रूपमा अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुँदैछ ।
    महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र राष्ट्रिय महिला आयोगको नेतृत्वमा सञ्चालन गरिने अभियानमा यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सो अवधिमा दैनिक दर्जनौँ महिला हिंसाविरुद्धका चेतनामूलक कार्यक्रम गर्ने तयारी गरेका छन् ।  तर, महिला हिंसाविरुरूद्धका कार्यक्रम सार्वजनिक गरिरहँदा महिलाविरुद्ध हुने हिंसाका घटना रोकिएका छैनन् ।  महिला आफ्नै अभिभावक, श्रीमान् र समाजबाट पीडित हुनु परेका घटना सार्वजनिक भइरहेका छन् ।
    नेपाल प्रहरी महिला बालबालिका निर्देशनालयका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई हजार २८८ वटा घरेलु हिंसाका घटना भएका छन् भने महिला हिंसाका ६६० वटा घटना भएको जनाएको छ ।  यस अवधिमा जबरजस्ती करणीका २९३  घटना भएका छन् भने जबरजस्ती करणी उद्योगका १५२ वटा घटना भएको सो निर्देशनालयले जनाएको छ ।  त्यस्तै सो अवधिमा ११५ वटा बहुविवाह घटना दर्ता भएका छन् भने अन्य बोक्सीको आरोप, गर्भपतन, मानवबेचविखनका घटना भएका छन् ।
    यस्तै आर्थिक वर्ष २०७२÷७३ मा नौ हजार ३९८ वटा घरेलु हिंसाका घटना भएका थिए भने दुई हजार ७५ वटा महिला हिंसाका घटना भएको पाइएको छ ।  जब कि आर्थिक वर्ष २०७१÷७२ मा घरेलु हिंसाका आठ हजार २६८ वटा घटना भएका थिए भने महिला हिंसाका दुई हजार ३३५ घटना भएका थिए; जसमा बलात्कारका एक हजार ९० वटा, जबरजस्ती करणी उद्योगका ३५२, बहुविवाहका ४६३, बेचबिखनका २१२ र अन्य बालविवाह, गर्भपतन, बोक्सीको आरोपका घटना रहेका छन् ।
    राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष २०७२÷७३ मा महिला हिंसासम्बन्धी दर्ता भएका २५६ वटा उजुरीमध्ये २४४ वटा घरेलु हिंसाका उजुरीको कारबाही टुङ्गो लगाइसकेको जनाएको छ ।
    राष्ट्रिय महिला  आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले महिला हिंसाका घटनाको सङ्ख्यामा वृद्धिभन्दा पनि हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको र सञ्चारमाध्यमले पनि महिला हिंसाका घटनालाई प्राथमिकता दिने गरेकाले सङ्ख्या बढेको देखिएको हो भन्नुभयो ।  उहाँले महिला हिंसाका परम्परागत रूपमा हुने घटनाभन्दा पनि फरक शैलीमा महिलामाथि हिंसा हुने गरेकाले यस्ता घटनाका पीडितलाई न्याय दिलाउन कानुन पनि नभएकाले समस्या भएको बताउनुभयो ।
    महिला आयोगले महिला हिंसाविरुद्धको अभियान १६ दिनमात्रै सीमित नगरेर वर्षभरि अभियानका रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिँदै लग्ने पनि उहाँको भनाइ छ ।
    नेपाल प्रहरी, महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक रामकुमार खनाल पनि महिला हिंसाका घटनाको सङ्ख्या बर्सेनि बढ्नुमा महिला हिंसाका घटनाप्रति संवेदनशीलता, आमनागरिकमा आएको जागरुकता, सचेतना हो भन्नुहुन्छ ।
    महिला अधिकारकर्मी डा. रेणु राजभण्डारीले राज्यसत्ता र जिम्मेवार निकायमा बसेका व्यक्ति महिला हिंसाका घटनाप्रति संवेदनशील नभएकाले पीडित महिलाले न्याय पाउन नसकेको र न्याय पाउने वातावरण नहुँदासम्म यस्ता अभियान सफल हुन नसक्ने तर्क गर्नुभयो ।
    संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसको रूपमा यो अभियान मनाउने
    निर्णय गरेको थियो र त्यसै समयदेखि नेपालसहित विश्वका थुप्रै मुलुकमा लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको हो ।
    हरेक वर्ष नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विश्वव्यापी रूपमा विभिन्न क्रियाकलाप र कार्यक्रम आयोजना गरिन्छ ।  ‘सुन्तला रङले संसारलाई रङ्गाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियानमा विश्वभर चेतनायुक्त कार्यक्रम आयोजना हुँदैछन् ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर १०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.