×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

अष्ट्रेलियाको भिषा प्रक्रिया नेपालबाटै मिलाईदिन परराष्ट्रमन्त्रीको आग्रह

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मन्त्री महतद्वारा अष्ट्रेलियाली समकक्षीसँग भेटवार्ता

    नारायण खड्का, अष्ट्रेलिया

    मंसिर ९, २०७३- परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बिहीबार अष्ट्रेलियाका विदेशमन्त्री जुलि बिसपसँग औपचारिक भेटघाट गरेका छन् । उनले आजै अन्तर्राष्ट्रिय व्यापार तथा प्यासिफिक मन्त्री कोन्सेटा फेरिभान्ती वेल्स लगायतका अन्य भूतपूर्व मन्त्री तथा नेताहरुसँग समेत भेटवार्ता गरे ।

    प्रवासी नेपाली संघ एनआरएनले सिड्नीमा आयोजना गरेको नेपाल महोत्सवमा सहभागी हुन आइपुगेका मन्त्री महतले अष्ट्रेलियाली विदेशमन्त्री जुली विसपसँग विदेश मन्त्रालयमा भएको भेटमा नेपालीहरुलाई भिषा प्रक्रिया नेपालबाटै मिलाइदिन आग्रह गरेका थिए ।

    अष्ट्रेलियाको दूतावास नेपालमा भएपनि भिषा प्रक्रियाहरु सबै भारतबाट गर्नुपर्ने भएकाले समस्या आइरहेको तर्फ ध्यानाकर्षण गराउँदै उनले भिषा प्रक्रियालाई सहज बनाउन नेपालबाटै उक्त प्रक्रिया सुरु गर्न आग्रह गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    यसका साथै उनले नेपालमा लगानी अभिवृद्धि गर्न र अष्ट्रेलिया सरकारले पुर्‍याइरहेको सहयोग वृद्धि गर्न समेत आग्रह गरेका थिए । मन्त्री विसपले नेपाल आफुहरुको हितैषी मित्र रहेको र आफूहरुले गर्नसक्ने सबै सहयोग निरन्तर जारी राख्ने बताएकी थिइन् । उनले नेपालको वर्तमान राजनीतिको बारेमा चासो राख्नुका साथै मन्त्री महतले उठाएका विषयहरुलाई सकारात्मक रुपमा लिएको बताएकी थिइन् । भेटघाटको क्रममा मन्त्री महतले विदेशमन्त्री विसपलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।

    यसैगरी आजै क्यानबेरामा रहेको संसद भवनमा मन्त्री महतले विपक्षी दल लेबरका अध्यक्ष मार्क बट्लरसँग समेत औपचारिक भेट गरेका थिए । उनले संसद भवनमै पूर्व विदेश मन्त्री पेनी वङ्ग, पूर्व अध्यागमन मन्त्री क्रिस बाओन लगायतका विभिन्न नेताहरुसँग समेत भेटवार्ता गरेका थिए । अहिलेसम्म राजदूत नियुक्ति नभइसकेकाले उनको भ्रमणको संयोजन कार्यबाहक राजदूत राजेन्द्र पाण्डेले गरेका थिए । भेटघाटका क्रममा दुई देशको हकहित लगानी अभिवृद्धि लगायतका विभिन्न विषयमा छलफल भएको कार्यबाहक राजदूत पाण्डेले जानकारी दिए ।

     ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.