×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भारतीय अपराधी अत्याधुनिक हतियारसहित वीरगञ्जबाट पक्राउ

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतीय नागरिक महम्मद समीम अख्तरलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर: क्रान्ति शाह

    क्रान्ति शाह

    वीरगन्जः राष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्ज आएकै समयमा बिहीबार बिहान पर्सा प्रहरीले एक कुख्यात अपराधीलाई अत्याधुनिक हतियारसहित पक्राउ गरेको छ ।

    योग विज्ञान शिविर र पतञ्जली आर्युवेद उद्योगको उद्घाटन गर्न राष्ट्रपति भण्डारी वीरगन्ज अाएकै दिन प्रहरीले अत्याधुनिक हतियारसहित भारतीय अपराधी पक्राउ गरेको हो ।

    हत्या, बलत्कार र चोरीको गाडी खरिद बिक्री जस्ता अपराधिक क्रियाकलापमा संलग्न भारतीय अपराधी पक्राउ परेका हुन् । भारत बिहार पूर्वी चम्पारण जिल्लाको ढाका सिकन्दरापुरको फेनाहरा घर भएका ३७ बर्षीय महम्मद समीम अख्तरलाई प्रहरीले वीरगन्जको पानीटंकी टोबलाट पक्राउ गरेको हो ।

    मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले अख्तरलाइ वीरगन्जको पानीटंकी टोलबाट हतियारसहित पक्राउ गरेको हो ।

    उनको साथबाट स्वचालित पेस्तोल एक थान, गोली १८ राउण्ड, म्याग्जीन दुई थान, कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउण्ड, खैरो हेरोइन १९ ग्राम, लागु औषध स्पास्मो पोक्ससीभोन क्याप्सुल १६ थान बरामद भएको छ ।

    यस्तै मोबाइल सेट ६ थान, नेपाली सीम कार्ड पाँच थान, भारती सिम कार्ड नौ थान, छुट्टा-छुट्टै नाम तर फोटो एकै व्याक्तिको भएको भारतीय निर्वाचन आयोगको कार्ड तीन थान, भारतीय चार पाङग्रे गाडीको खाली ब्लु बुक चार थान, एउटै व्याक्तिको फरक फरक नाम राखेर बनाइएको भारतीय सवारी साधन चालक अनुमति पत्र चार थान, भारतीय सवारी साधनको ब्लु बुक पाँच थान, स्मार्ट लाइसेन्स एक थान, ब्लुक बुक चार थान, भारतीय स्टेट बैंकको एटिएम कार्ड एक थान , २४ हजार ४० नेपाली र नौ हजार भारतीय रुपैया लगायतका सामान अख्तरको बरामद भएको पर्साका प्रहरी उपरीक्षक डाक्टर राजुबाबु श्रेष्ठले बताए ।

    बिहीबार बिहान पैदल हिडदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा अख्तरलाई एक थान स्वचालित पेस्तोल र १८ राउण्ड गोली सहित पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

    अख्तरले दिएको बयानका आधारमा तत्कालै वीरगन्ज १५ मुर्ली बगैँचा टोलको उनको डोरामा छापा मार्दा अरु हतियार र सामान बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

    करिब दुई महिनादेखि वीरगन्जको मुर्ली बंगैचास्थित एक घरमा डेरा लिएर बस्दै आएका अख्तरले भारत र नेपालमा चोरीका गाडीको खरिबिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
    पर्सा प्रहरीले पक्राउ गरेका अख्तर भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका अपराधी हुन् । अख्तरले ढाकामा एक युवतीलाई पटक–पटक बलात्कार गरेको र युवतीका बुबा, आमा र भाइको हत्या गरेको हिन्दुस्थानले गत ५ जुलाइमा प्रकाशित गरेको थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.