×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

बेलायती सेनामा गोर्खा सैनिककाे संख्या थपिंदै

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २५ प्रतिशतले भर्ना संख्या बढाउने तयारी

    नविन पोखरेल, लन्डन

    मंसिर ९, २०७३- बेलायती सेनामा गोर्खाहरुको संख्या केही वर्षभित्र २५ प्रतिशतले बढाइने भएको छ । बेलायती सेनाका उच्च अधिकृत लेफ्टिनेन्ट जनरल जेम्स बसलले केही अघि ब्रिगेड अफ गोर्खाज् युनिट बढाइने जानकारी दिएका हुन् ।

    हाल वर्षेनी २४० जना गोर्खा नेपालबाट छनोट गरेर ल्याउने गरिएकामा यो संख्या अब २५ प्रतिशतले बढ्ने भएको हो । बेलायती सेनामा हाल करिब २५ सय गोर्खा सेवारत छन् ।

    इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याट्रिकमा ९ महिने कडा प्रशिक्षण समापनका बेला आयोजित समारोहमा बसलले बेलायती रक्षा मन्त्रालय (एमओडी) ले गोर्खा संख्या बढाउन लागेको घोषणा गरेका हुन् । नेपालमा हजारौं प्रतिस्पर्धीमध्येबाट छनोट भएर तालिम लिई उत्तिर्ण २३२ गोर्खा, तिनका परिवार र बेलायती सैन्य अधिकृतहरु कार्यक्रममा सहभागी थिए । ८ जना गोर्खा भने घाइते भएका कारण उनीहरुले आउने वर्षको शुरुतिर पास आउट गर्ने जनाइएको छ ।

    ब्रिटिश आर्मीमा गोर्खा भर्ती संख्या बढाइने योजनाबीच इन्फेन्ट्री ट्रेनिङ सेन्टर, क्याट्रिकमा नयाँ भान्सा घर (मेस हट) पनि बनाउन शुरु भएको छ । गोर्खा कम्पनी स्टाफहरुले निर्माण गरिरहेको उक्त घरले नयाँ भर्ती भएकाहरुलाई खाना पकाउन खान, कक्षा लिन र समकक्षी एवं प्रशिक्षकहरुबीच बाह्य वातावरणमा घुलमिल (सोसलाइज) हुन अवसर दिने आशा गरिएको छ ।

    मेसिङ हट प्रोजेक्ट म्यानेजर क्याप्टेन मिनजंग गुरुङले फोर्सेस टिभीसँग कुरा गर्दै दाउरा बालेर मेसमा पकाएको खानाको स्वाद नै बेग्लै हुने बताए । नेपाली परिवेश अनुसार यस्तो भान्सा घर गोर्खाहरुलाई उपयुक्त हुने उनको विश्वास छ ।

    विश्वका विभिन्न युद्धमा सहभागी गोर्खा ब्रिटिस सेनाको अभिन्न अंग रहँदै आएका छन् । गत वर्ष ब्रिटिस सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गाँठ मनाइएको थियो । बेलायती राजपरिवारमा समेत गोर्खाहरुको साहस र वीरताको प्रशंसा हुँदै आएको छ ।

    बेलायती राजकुमार हयारीले आफू गोर्खाहरुमाझ सधैं सुरक्षित महशुस गर्ने बताउँदै आएका छन् । ह्यारी कुनै बेला गोर्खाहरुकै साथ अफगानिस्तान युद्धमा सामेल थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.