×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

पूर्वप्रधानमन्त्री थापा परिवारको मुद्दा तामेलीमा राख्न निमित्त अख्तियार प्रमुख बस्न्यातको कसरत

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शोभा शर्मा

    पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा राप्रपाका सांसद सुनिल थापाको परिवारको नाममा रहेको कम्पनीविरुद्ध परेको उजुरी अख्तियारका निमित्त प्रमुख दीप बस्न्यातले तामेलीमा राख्न दबाब दिएका छन्।

    उनको परिवारको नाममा रहेको धनकुटाको उत्तरपानी चियाबगान प्रा.लि.ले अनधिकृतरुपमा जग्गा बेचेको भन्दै पाँच वर्ष अघि उजुरी परेको थियो।

    कृषिका लागि भनेर हदबन्दी छुट पाएको करिब १५० रोपनी जग्गा सरकारको अनुमति नलिईकन अनधिकृत रूपमा बेचेको उजुरीमाथि अख्तियारले विस्तृत अनुसन्धान गरिसकेको छ।

    आजसम्म तोकिएका सबै अनुसन्धान अधिकृतहरुले  उक्त जग्गा कानुन मिचेर बेचिएको राय दिएका छन्, साथै बेच्ने सञ्चालक र बेच्न अनुमति दिने मालपोतका कर्मचारीलाई कारबाही गर्नुपर्ने राय पनि उनीहरुको छ। अख्तियार श्रोतका अनुसार बस्नेतले धेरै अघिदेखि अनुसन्धान अधिकृतहरुलाई तामेलीमा राख्ने गरि प्रतिवेदन बनाउन दबाब दिँदै आएका छन्।

    पछिल्लो पटक अख्तियारमा राजनीतिक भागभण्डाका आधारमा आयुक्तहरु नियुक्त हुँदा राप्रपाको सिफारिसमा बस्न्यात अख्तियारमा नियुक्त भएका हुन्।

    पाँचवर्ष अघि परेको उजुरीमाथि अख्तियारले धेरैपछि मात्रै अनुसन्धान थालेको थियो। लोकमानकै पालामा पनि यो मुद्दमा निर्णय हुन सकेको थिएन। त्यो बेला अख्तियार आफैले मुद्दा चलाउने वा कारबाहीका लागि भूमिसुधार मन्त्रालयमा लेखि पठाउनेबारे छलफलसम्म भएको थियो। तर निर्णय भएको थिएन।

    बस्न्यात आएपछि भने अख्तियारले मुद्दा पनि नलैजाने र भूमिसुधारलाई कारवाहीका लागि लेखि पनि नपठाउने, बरू मुद्दानै तामेलीमा राख्ने निर्णय गराउने तर्फ अग्रसर भएका छन्। आयुक्तहरू सहमत नभईसकेकोले यो मुद्दा तामेलीमा पठाउने निर्णय भने हुन सकेको छैन।

    सेतोपाटीसँग कुरा गर्दै निमित्त आयुक्त बस्नेतले यो ‘केश’ पुरानो भएकोले अहिले आफूलाई के भइरहेको छ भन्ने सम्झना पनि नभएको बताए।  ‘मलाई त्यसमा के भएको छ भन्ने थाहा छैन, प्रत्येक फाइलका बारेमा सम्झना पनि हुन्न, तपाईँले प्रवक्तालाई नै सोध्नुहोस्,’ उनले भने। अख्तियार प्रवक्ता गणेश कार्कीले पनि आफूलाई त्यसबारे केही थाहा नभएको बताए।

    अहिले उक्त मुद्दामा अनुसन्धान अधिकृत राजेन्द्र न्यौपाने छन्। त्यसअघि तत्कालिन उपन्यायाधीवक्ता बद्रि गौतम, हुपेन्द्रमणि केसी र अधिकृत भिमसेन काफ्लेले यो फाइलमा अनुसन्धान गरि प्रतिवेदन बनाएका थिए। ती सबै प्रतिवेदनमा यो केशमा भ्रष्टाचार भएको भन्दै मुद्दा लैजानुपर्ने राय पेश भएको थियो।

    अहिलेका अनुसन्धान अधिकृत न्यौपानले भदौमा पेश गरेको प्रतिवेदनमा हदबन्दी छुट पाएको जग्गा बेच्ने कम्पनी सञ्चालक, पास गरिदिने मालपोतका कर्मचारीलाई विभागीय कारबाही गर्ने र बेचिएको जग्गा सरकारले जफत गर्ने राय दिएका छन्।

    यसअघिका एक अनुसन्धान अधिकृतले यो उत्तरपानी चियाबगानले हदबन्दी छुट पाएको जग्गा अर्कै व्यक्तिको नाममा पास गरिदिने मालपोत अधिकृत लाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ३ र कम्पनीका अधिकारीलाई उपदफा ४ बमोजिम कारबाही गर्नुपर्ने राय पेश गरेको बताए।

    उक्त राय कार्यान्वयन गर्नु त परको कुरा अनुसन्धान अधिकृत नै फेरिए।

    पञ्चायतकालमै सरकारले उत्तरपानी (फार्म) बहुउद्देश्य कृषि उद्योगलाई ११ सय रोपनी जग्गाको हदबन्दी छुट दिने निर्णय गरेको थियो। ‘उत्तरपानी फार्म धनकुटाको नाममा रहेको रोपनी ११ सय ५१ रोपनी ११ आना जग्गा हदबन्दीमा छुट दिने र छुटपाएको जग्गामा ३ वर्ष भित्र काम पूरा गरी सक्नुपर्ने, सो नगरेमा भूमि सम्बन्धी ऐन बमोजिम कारवाही गर्ने,’ त्यो बेलाको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

    कृषि उद्योग गर्ने भनेर त्यतिखेर लिएको जग्गामा २०६० ताका चिया बगान बनाइएको थियो। उत्तरपानी फार्म चिया बगान प्रा.लि.मा परिणत भइसकेको थियो।

    यो कम्पनीको नाममा रहेको जग्गा उद्योगका लागि फेरि हदबन्दी छुट दिने निर्णय मन्त्रिपरिषदबाट २०६० असार ३ गते भयो। भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट शर्त तोकेर हदबन्दी भन्दा बढी जग्गा राख्न छुट दिने निर्णय गरेको थियो।

    चियाबगान व्यवस्थापन समितिको २०६६ साल साउन २ गतेको निर्णयले यसरी हदबन्दी छुट पाएको ११ सय रोपनी जग्गा मध्ये १५० रोपनी जग्गा अरुलाई नै बेच्न निर्णय गर्‍यो। बेचबिखनको अधिकार उक्त फार्मका निर्देशक अध्यक्ष श्री कुमार बहादुर थापालाई दिइयो।

    २०६६ सालको माघ २२ गते अध्यक्ष थापाले, फाङ्दुवा गाविस ६  र चुङमाङ गाविस १ नम्बर वडाको १५० रोपनी जग्गा राजीनाम पास गरेर उषा थापा र सुनिता रेग्मीलाई बेचे। अख्तियारलाई तत्कालिन सहायक सिडिओ ओमकारप्रसाद न्यौपानेले दिएको प्रतिवेदन अनुसार उक्त जग्गा मालपोत कार्यालयमा २ करोड ३३ लाख ५५ हजारमा बेचिएको देखाइएको छ। त्यस्तै त्यही दिन फार्मले फङदुवा गाविस ५,चुङमाङ गाविस ३ र ४को १४८ रोपनी जग्गा हेमबहादुर थापा, श्यामबहादुर थापा र तेजप्रकाश घिमिरेसँगबाट ११ लाख ६३ हजार मा किनेको थियो।

    सांसद तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापाले सेतोपाटीसँग कुरा गर्दै उत्तरपानी चिया बगान आफ्नो परिवारको भएको स्वीकारे। तर सो चियाबगानले अनधिकृत रुपमा जग्गा बेचेको बारे आफूलाई जानकारी नभएको भन्दै कम्पनीमै बुझ्न भने।

    सरकारले कृषि कार्यका लागि हदबन्दीमा दिएको जग्गा किनबेच गर्न नपाइने कानुन छ। उक्त जग्गा हदबन्दीमा दिने निर्णय गर्दा सरकारले तोकेका शर्तहरु समेत उल्लघंन गरेर किनबेच गरिएको सेतोपाटीलाई प्राप्त प्रतिवेनदमा उल्लेख छ।

    ‘उद्योगले हदबन्दी छुट पाएको जग्गामा कुनै व्यक्ति, संघ संस्था वा कम्पनी लगायत कसैलाई पनि भूमिसुधार तथा व्यवस्था मन्त्रालयको स्वीकृति विना आंशिक वा पूर्ण रुपमा हक हस्तान्तरण गर्न वा उपभोग गर्न वा प्रयोगमा ल्याउन दिन पाइने छैन,’ उत्तरपानी चिया बगानलाई सरकारले राखेको शर्तमा उल्लेख छ। उल्लघंन भए सरकारले जफत गर्न सक्ने भनिएको थियो।

    त्यस्तै अर्को शर्त थियो ‘उद्योगले हदबन्दी भन्दा बढाइ जग्गा राख्न छुट पाएको जग्गा भन्दा बढी अरु थप जग्गा प्राप्त गर्नुपर्दा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको स्वीकृति लिनुपर्ने छ।’

    यी दुवै शर्त कम्पनीले उल्लंघन गर्‍यो। यसरी शर्त उल्लंघन गर्न कम्पनीलाई सरकारी कर्मचारीले नै सहयोग गरेको विस्तृत अनुसन्धानबाट देखिएको छ। यसरी कानुनको उल्लंघन गरि करोडौँको जग्गा अनधिकृतरुपा किनबेचमा संलग्नहरुलाई कारबाही नहुने हो भने यसले देशभरी रहेका यस्ता कृषि उद्योग तथा चिया फारमहरुले यो नजिरको गलत फाइदा लिने अधिकारीहरू बताउँछन्।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.