×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १३ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १५ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

तरकारीवालीलाई छात्रवृत्ति 

  •  
  • बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रत्ननगर(चितवन)– तरकारीवालीको रुपमा सामािजक सञ्जालमा भाइरल भर्इ हाल विश्वभर चिनिएकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ।

    कुसम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा बुधबार एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरेकाे हाे। त्यस्तै, काठमडौंको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ।

    शिक्षण शूल्क तथा छात्रवृत्ति प्रदान कार्यक्रममा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मिडियाले बनाउँदै गरेको चलचित्र ‘लम्फू’का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एलबी  क्षेत्री, कुसुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मालगायतको उपस्थिती थियो।

    छात्रवृत्ती पाएपछि कुसुम श्रेष्ठले आफ्नो लागि यो सहयोग अतुलनीय रहेको बताएकी छन्।

    ‘यो सहयोग मेरो लागि अतुलनीय छ । उहाँहरुको चाहना जस्तै मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु,’ उनले भनिन्, ‘अहिले मेरो प्रमुख प्राथमिकता भनेको अध्ययन नै हो।’ उनले आफू निम्न आर्थीक अवस्थामा रहेको समयमा यो सहयोग निकै ठूलो महत्वकाे रहेकाे बताइन् ।

    ‘उच्च शिक्षासँगै देशको नाम पनि राखेर मेरो देशको र मेरा बाबा-आमाको सपना साकार पार्नेछु’ कार्यक्रममा बोल्दै उनले भनिन् ।

    आयोजक तथा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनीले उनको पढ्ने चाहनालाई केही सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

    ‘हामी अत्यन्तै खुसी छौँ । पेशा जुनसुकै अँगाले पनि उच्च शिक्षाले नै उनको भबिष्य निर्धारण गर्छ। यसकारण पनि हामीले उनलाई उच्च शिक्षाको छात्रवृत्ती प्रदान गरेका हौं,’ घोरासैनीले भने।

    नेपाल चलचित्र निर्देशक समाजका महा-सचिव तथा चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले कुसुमलाई आफूले ‘लम्फू’ चलचित्रमा उनलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताए।

    ‘कुसुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौं, तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो,’ उनले भने, ‘पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ति दिने बारेका निर्णय गरेका हौं, निर्देशक लामिछानेले भने, ‘उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो।’

    चलचित्र निर्माता पुनम क्षेत्री गौतमले अवसर आयो भन्दैमा हाम फाल्न पनि नहुने र अवसरलाई नबुझी लत्याउन पनि नहुने बताइन् । गौतमले कुशुमले चाहेको खण्डमा मोडलिङ् क्षेत्रमा आफूले सहयोग गर्ने प्रतिवद्दता जनाइन्।

    केही समयअघि कुसुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्वीर संसारभर भाईरल बनेका थिए। उनका फोटोमा ‘तरकारीवाली’ ट्याग लगाउँदै विश्वभरका करोडौँ मानिसले सामाजिक सञ्जालहरुमा शेयर गरेका थिए।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.