×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १२ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

वैदेशिक रोजगार विभाग पुगेका सांसदले भने-पाकेटमारको अड्डा जस्तो देखियो !

  •  
  • बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कात्तिकमै गरे कर्मचारीले मंसिरसम्मको हाजिर

    रविन्द्र घिमिरे
    ८ मंसिर, काठमाडौं । वैदेशिक रोजगार विभागमा बेथितिको हद कतिसम्म छ भन्ने कुरा आम युवाले देखे/भोगेकै कुरा हो । तर, यसपटक सांसदहरुले पनि विभागको कार्यशैली र युवाको सास्तीलाई नजिकैबाट देखे ।

    कात्तिक ३० गते संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका एक टोली श्रम इजाजत जारी गर्ने विभागको कार्यालयमा निरीक्षणमा पुग्गेको थियो । विभागको कार्यालयको गेटभित्र छिर्दै गर्दा सांसदहरु झस्किए, जहाँ घन्टौंदेखि लाइनमा बसेका सेवाग्राही खानेपानीसम्म नपाएर छटपटिइरहेका थिए ।

    देशमा रोजगारी नपाएर विदेश जान हिँडेका युवाले तहाचलस्थित विभागको कार्यालयमा भोग्नुपर्ने कष्टको लेखाजोखा भोग्ने बाहेक अरु कसले गर्न सक्ला ? निरीक्षण टोलीमा सहभागी सांसद चूडामणि जंगली भन्छन्- कार्यालय हातामै मान्छे उभिन नसक्नेखालको फोहोर थुप्रिएको रहेछ । सेवाग्राहीको भीडलाई व्यवस्थापन गर्ने कुनै संयन्त्र र पद्दति देखिएन । त्यो ठाउामा पुग्नासाथ त्यो सरकारी सेवा लिने ठाउँ हैन, पाकेटमारको अड्डा जस्तो देखियो ।’

    यो पनि पढ्नुहोस्

    • भोलिको टिकट छ ! ४० घण्टा लाइन बस्दा पनि श्रम इजाजत पाइएन
    • छुट्टीमा घर आएका साधुरामलाई पाइला-पाइलामा हण्डर

    सांसदको टोलीले सेवाग्राहीले त्यहाँ कस्ता समस्या भोग्छन् भने प्रष्टै देखेर आयो र त्यसलाई सुधार्न भन्दै विभागका नाममा १९ बुँदे निर्देशन जारी गर्‍यो ।

    समितिको टोलीले लाइनमा उभिएकालाई छिटो काम गराइदिने भन्दै बिचौलियाहरु सक्रिय भएको पनि देख्यो, दलालले सेवाग्राहीसँग हजारौं रुपैयााको बार्गेनिङ गरेको सांसदहरुले प्रत्यक्ष सुने ।

    ‘दलाल हटाउन न त्यहाँ खटिएका प्रहरीले कुनै काम गरेको देखियो, विभागले आफ्नै तबरबाट कुनै पहल गरेको भेटियो । बरु उनीहरुको कुरा सुन्दा सेटिङ विभाग भित्रैबाट मिलेको छ भन्ने थाहा हुन्थ्यो ।’

    अस्तव्यस्त र सरकारी व्यवस्थासँग रुष्ट युवाको भीडलाई छाडेर जब सांसदको टोली विभागको कार्यालय भवनभित्र प्रवेश गर्‍यो, तब मात्रै थाहा भयो- विभागमा प्रमुख नै कार्यालयमा उपस्थित छैनन् ।

    सांसदको टोली छड्केमा आएको खबर पाएका कार्यालय प्रमुख कृष्ण दवाडी दुई घण्टापछि बल्ल अत्तालिँदै पुगे ।

    कात्तिकमै मंसिरको हाजिर

    सांसदको अनुगमन टोलीले जब विभागको हाजिरी खाता पल्टायो, तब सांसदहरुले जिब्रो टोके । कार्यालयमा नै नआएका कर्मचारीले हाजिरी रजिष्ट्ररमा मंसिर २ गतेसम्मको हाजिर गरिसकेका रहेछन् । कात्तिक ३० गते गरिएको छड्केमा मंसिर २ गतेसम्मको हाजिर भेटिँदा समिति सभापति प्रभु साह पनि अचम्ममा परे ।

    अझ रोचक कुरा, कार्यालयमा उपस्थित कर्मचारीले पनि हाजिरी नगरेको अनुगमनमै भेटियो । त्यसले विभागमा कुनै पद्दति नबसेको र कर्मचारीले मनलाग्दी गरिरहेको निश्कर्ष समितले निकाल्यो ।

    सो कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका कार्यालय प्रमुख कृष्ण दवाडीको अर्कमण्यता र निरिहता झल्कियो । विभागमा सेवाग्राही उभिने चौर मात्रै हैन, कर्मचारी बसेर काम गर्ने कार्यालय पनि उस्तै फोहोर भेटियो ।

    विभागको कार्यालयको अर्को रोचक र गम्भीर पाटो पनि संसदीय समितिले पत्ता लगायोे, त्यो थियो- प्रत्येक तीन महिनामा अधिकांश कर्मचारी एकैपटक फेर्ने अनौठो नियम ।

    ‘कतिसम्म बेथिति भेटियो भने कार्यालय प्रमुखको कोठामा पनि बाहिरको शौचालयको गन्धले बसिनसक्नु थियो । कर्मचारीको काम गराईमा कुनै चुस्तता थिएन’ सांसद जंगलीले भने- ‘घाममा टटि्टएका सेवाग्राहीलाई बस्ने एउटा बेञ्च वा ओत लाग्ने सानो छानोसम्म पनि कार्यालय परिसरमा छैन ।’

    कर्मचारीको जिम्मेवारी तीन महिना !

    विभागको कार्यालयको अर्को रोचक र गम्भीर पाटो पनि संसदीय समितिले पत्ता लगायोे, त्यो थियो- प्रत्येक तीन महिनामा अधिकांश कर्मचारी एकैपटक फेर्ने अनौठो नियम । यसले विभाग कमाउ अड्डाका रुपमा रहेको आशंकालाई प्रष्टै बल दिएको एक सांसदले बताए ।

    एउटा कर्मचारीले तीन महिनामात्रै काम गर्ने हुँदा त्यहाँ कसैमा जिम्मेवारी बोध भएको नभेटिएको संसदीय समितिको निश्कर्ष छ ।

    Baideshik-Rojgar-Bivagसेवाग्राहीसँग विभिन्न बाहनामा अतिरिक्त रकम असल्ने बााडेर खाने स्वार्थ समूहको प्रभावका कारण तीन-तीन महिनामा कर्मचारी फेरिएको आशंका समितिको छ ।

    यसले गर्दा कर्मचारीमा काम गर्नेभन्दा पनि ‘मौकामा चौका हान्ने’ भावना विकास हुने समितिको अर्को निश्कर्ष छ ।

    कार्यालय परिसरमा सीमित बैंकको मात्रै काउन्टर राखेर सेवाग्राहीलाई अनावश्यक दुख दिएको सांसदहरुलाई पनि चित्त बुझेन । समितिले बैंकिङ प्रणालीको भुक्तानीलाई सहज बनाउन पनि विभागलाई निर्देशन दिएको छ ।

    यसैगरी श्रम इजाजत दिने प्रक्रियालाई अनलाइन सिस्टममा तत्काल लैजानुपर्ने, विभागका सिस्टम र सफ्टेवयर निकै पुराना भएकाले अपग्रेड गर्नुपर्ने, दक्ष कर्मचारीलाई मात्रै विभागमा लैजानुपर्ने, विभागको सर्भरलाई पनि व्यवस्थित गर्नुपर्ने लगायतका निर्देशन समितिले सरकारलाई दिएको छ ।

    समितिले सबै क्षेत्रमा विभागका कार्यालय खोलेर श्रम इजाजतका लागि काठमाडौंमा आउनुपर्ने अवस्थाको अन्त्य गर्न पनि निर्देशन दिएको छ ।

    विभागका बेथितिलाई नजिकबाट हेरेका सांसद जंगली भन्छन्-‘विदेश जानेसँग असुलेको शुल्कले वैदेशिक रोजगार कल्यणकारी कोषमा ४ अर्ब जम्मा भइसक्यो, त्यसलाई सदुपयोग गरेर स्तरीय सेवा दिन सकिन्छ ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.