×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै अलपत्र

  •  
  • बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बसिरहेकी बिरामी ।

    कृष्ण सारु मगर

    हेटौँडाः हेटौँडास्थित नापी कार्यालय मकवानपुरमा आगलागी हुँदा घाईते भएकाहरु उपचारखर्च तिर्न नसक्दा अस्पालमा अलपत्र परेका छन् । गत कात्तिक १० गते हेटौँडा ५ स्थित नापी कार्यालयको भाडाको घरमा सहारा ग्याँस सिलिण्डर पड्किएर आगलागी हँदा ३६ जना घाईते भएका थिए । तीमध्ये उपचार खर्च तिर्न नसक्दा पाँच जना घाईते हेटौँडा-११ स्थित चुरेहिल अस्पतालबाट घर फर्कन सकेका छैनन् ।

    चुरे हिल अस्पतालको दोस्रो तल्लाको शैयामा आरती बिसंखे छटपटाईरहेकी छिन् । दुबै खुट्टाको अप्रशनपछि उनलाई तीन दिन अघि डाक्टरले घर गएर आराम गर्न भनेका थिए । आफन्तको सहयोगमा अस्पतालको प्रशासनमा पुग्दा उनलाई घर जना दिइएन । ‘दुबै खुट्टा अप्रेशन गरेको तीन लाख ५० हजार रुपैयाँ तिर्न नसके यही बस्नु भनेपछि म अस्पतालमै अलपत्र परेकी छु’, बिसंखेले रुँदै भनिन्, ‘म एकल महिला,यत्रो पैसा कहाँबाट ल्याएर तिर्नु ।’

    दुई छोरा छोरीकी आमा ३२ वर्षीय बिसंखेको दश वर्ष अघि नै श्रीमान् बितेका थिए । छुट्टीएर बसेकी उनी भूकम्पले घर भत्किएपछि सरकारले दिने अनुदान लिन जग्गा पास गर्ने क्रममा नक्सा बनाउँन ससुरा दिपकसँगै नापी कार्यालय पुगेकी थिईन् । ससुरा दिपकको पनि देब्रे खुट्टा भाँचिएको छ । बुहारीसँगै उनलाई पनि डाक्टरले घरमा गएर आराम गर्न भनेका छन् ।

    ‘दुई लाख रुपैयाँ बढी पैसा तिर्न सकिएन,त्यसैले अस्पतालको बेडमै बसिरहेको छु’, दिपकले भने, ‘कसले उपचार खर्च दिने हो, कहाँबाट आउने हो अहिलेसम्म अत्तोपत्तो छैन ।’

    दिपक र उनका बुहारीसँगै हेटौँडा ६ का जयराम स्याङ्तान,हेटौँडा ९ का अरुणकुमार जोशी,हेटौँडा २५ का रिना तिमल्सिना पनि उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् । ‘पैसा हुनेहरु तिरेर गैसके हामीहरु अस्पतालमा बन्धकजस्तै भएका छौं’, रिना तिमल्सिनाले भनिन्, ‘अस्पतालले घर जान दिँदैन,कस्ले उपचार खर्च तिरिदिन्छ थाहा छैन ।’

    अस्पताल प्रशासनले नापी आगलागीका घाईतेहरुको उपचारमा १५ लाख रुपैयाँ बढी खर्च भएको जनाएको छ । ‘सहारा ग्याँस कम्पनीले उपचार खर्च ब्यहोर्ने कुरा भएको छ’, अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले भने, ‘कम्पनीले पैसा तिर्ने बित्तिकै हामी बिरामीलाई घर पठाउँछौं ।’

    सहारा ग्याँस कम्पनीका म्यानेजर महेश गौतमले प्रक्रिया मिलाउँदा केही ढिलाई भएपनि छिट्टै नै उपचार खर्च तिरिदने बताए ।

    सरकारी कार्यालयमा आगलागी हुँदा जनता घाईते भएपनि स्थानीय प्रशासनले समन्वयकारी भूमिका नखेलेको भन्दै जिल्लास्थित राजनीतिक दलहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

    कर्मचारीको उपचार खर्च कसले बेहोर्ने

    आगलागी बेला नापी कार्यालयमा कार्यरत कर्मचारीहरुले भने आफ्नै खर्चमा विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । केही उपचार गरी घर फर्किसकेका छन् भने केही अझै पनि उपचाररत छन् । नापी कार्यालय हेटौँडाका नापी अधिकृत दिलिप कुमार सिंह काठमाडौंको त्रिपुरेश्वस्थित ब्लुक्रस अस्पतालमा उपचाररत छन् ।

    ढाडको हड्डी भाँचिनुका साथै खुट्टामा पनि चोट लागेका उनी अहिले चिकित्सकको सल्लाह अनुसार आराम गरिरहेका छन् । सिंहले भने-‘अहिले उपचारको क्रममा छु । सुधार हुँदैछ । उपचार खर्च धेरै भएकाले यसको व्यवस्थापन कसरी हुन्छ भन्ने चिन्ता छ ।’

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.