×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १२ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १४ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

फागुनदेखि २० वर्ष पूराना गाडी हटाइने

  •  
  • बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • उपत्यकामा २ हजारभन्दा बढी २० वर्ष पुराना गाडी
    • उपत्यकाको ४० प्रतिशत प्रदुषण पूराना गाडीका कारण : विभाग
    दीपेन्द्र विष्ट

    मंसिर ७, २०७३- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुन १९ गतेदेखि उपत्यकामा चल्ने २० वर्ष पुराना सार्वजनिक सवारी साधन विस्थापनको तयारी थालेको छ । अत्याधीक वातावरण प्रदुषण, ट्राफिक व्यवस्थापनमा समस्या र सडक दुर्घटनाको मुख्य कारण पुराना गाडी भएकाले विस्थापित गर्न लागिएको हो ।

    मन्त्रालयले ती गाडीको लगत संकलन लगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी यातायात व्यवस्था विभागलाई दिएको छ । सरकारले दुई वर्षअघि नै २० वर्ष पुराना सवारी साधन विस्थापित गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार विभागले उपत्यकामा चल्ने पुराना सवारी साधनको तथ्याङक संकलन गरि विस्थापित गर्ने कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

    विभागका प्रवक्ता टोकराज पाण्डेले उपत्यकामा संचालित पुराना ट्रक तथा बसलाई विस्थापित गरिने जानकारी दिए । त्यसका लागि विभागले गाडीको तथ्याङक संकलनलगायतका प्रक्रिया अघि बढाएको उनले बताए । ‘कार्यविधि बनाउँदैछौं, केही दिनपछि सार्वजनिक सूचना जारी गर्छौं,’ उनले भने, ‘त्यसपछि ट्राफिक प्रहरीको सहायतामा त्यस्ता गाडीको चेकजाँच गर्छौं ।’

    फागुन २० पछि त्यस्ता गाडीको नवीकरण, रुट इजाजत, दर्ता र कर उठाउने प्रक्रिया बन्द गरिने उनले बताए । ‘कानुनी रुपमा अयोग्य घोषित सवारी साधनलाई सडकमा गुड्न दिनेछैनौ,’ उनले भने । विस्थापित गरिने गाडीको पत्रु प्रक्रियामा लाग्ने सम्पूर्ण कर सवारीधनीले नै ब्यहोर्नु पर्ने उनले बताए । ‘पत्रु अघि सवारीधनीले बुझाउन पर्ने सबै शुल्क बुझाउनपर्छ,’ उनले भने, ‘यदि कुनै कर तिर्न बाँकी छ भने, पत्रु गर्न दिन्नौं ।’

    विभागका अनुसार उपत्यकाभित्र करिब २ हजार र उपत्यकाबाहिर २५ हजार भन्दा बढी त्यस्ता गाडी छन्् । प्रवक्ता पाण्डेका अनुसार उपत्यकाको ४० प्रतिशत प्रदुषण पुराना गाडीका कारण हुन्छ । ‘प्रदुषण र दुर्घटना घटाउन पुराना गाडीलाई हटाउनै पर्छ,’ उनले भने । विभागका अनुसार गत वर्ष सवारी दुर्घटनामा परि १७ सय ४४ जनाको मृत्यु भएको छ । प्रतिदिन ५ जनाको मृत्यु सवारी दुर्घटनाका कारण हुने गरेको विभागको तथ्याङकमा छ ।

    ‘सवारी दुर्घटनाहरु अधिकांश पुराना गाडीले भएको देखिन्छ,’ पाण्डेले भने, ‘त्यसकारण पनि यी गाडीलाई विस्थापित गर्नैपर्छ, किनभने यी सवारी साधन गुडा मानिसको ज्यान जोखिममा छ ।’ मानिसको सहज आवतजावत मानिसको मौलिक हक नै भएकाले पनि सुविधा र प्रविधियुक्त गाडी चल्नु पर्ने उनले बताए ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा डिआइजी प्रकाश अर्यालले पुराना सवारी साधनले दुर्घटना बढाएको बताए । ‘थोत्रा र पुराना गाडीलाई हटाउनैपर्छ,’ उनले भने, ‘यी वातावरणीय दृष्टिकोणले पनि ठीक छैनन् ।’ विभागले प्रक्रिया अघि बढाउने बित्तिकै ट्राफिक प्रहरीले त्यस्ता गाडी संचालनमा रोक लगाउने उनले बताए ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले व्यवस्थित र वैज्ञानिक तरीकाले गाडीको मापदण्ड नतोकेर त्यतिकै हटाउन नहुने बताए । ‘हचुवा भरमा निर्णय गरेर समाधान निस्कदैन, व्यवसायीसँग पर्याप्तरुपमा छलफल गर्नुपर्छ,’ उनले भने, ‘यातायात क्षेत्रमा व्यवसायीको ठूलो लगानी छ, त्यसको सुनिश्चिता नभएसम्म कार्यान्वयन कठिन होला ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.