×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सडकमा सकस, जोखिममा ज्यान

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ताम्ती–कुडारी सडक खण्डको तिला नदीमा बाढीले आधा बगाएको काठेपूल तर्दै महिला । ।गोविन्द देवकोटा

    गोविन्द देवकोटा

    जुम्लाः सडक निर्माण भएको लामो समय बित्दा पनि जुम्लाको ताम्ती क्षेत्रका बासिन्दाले गाडी चढ्न पाएका छैनन् । विकट ताम्तीमा सडक निर्माण भएको दुई वर्षभन्दा बढी भइसकेको छ । ताम्ती–कुडारी सडक खण्डअन्तर्गतको तिला नदीमा पुल नबन्दा गाडी चल्न नसकेको हो ।

    ताम्ती–१ सर्मीका हस्तबहादुर कुँवरले गाउँलाई सडकले जोडेको दुई वर्ष भइसक्दा पनि पुल नबन्दा यातायात सुविधा उपभोग गर्न नपाएको बताए । सडक निर्माण भएपछि घरअगाडिबाट गाडी चडेर सदरमुकाम पुग्ने उनको इच्छा अधुरै छ । ‘गाउँमा सडक खनिएपछि यातायात सुविधा पाइएला भन्ने लागेको थियो’, उनले भने, ‘तिला नदीमा पुल नबन्दा गाडी चढ्न ६ घन्टा पैदल हिँड्नुपर्छ ।’

    ताम्ती–कुडारी सडक खण्डको तिला नदीमा पक्की पुल निर्माण नहुँदासम्म यातायात चलाउन काठेपुल बनाउन थालिएको थियो । आर्थिक वर्ष २०७२/०७३ को निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट असारदेखि काठेपुल निर्माण गरिएको थियो । ३० लाख रुपैयाँमा काठेपुल निर्माण भएपछि ताम्तीका स्थानीय निकै खुसी भएका थिए ।

    घरअगाडिबाटै गाडी चढेर सदरमुकाम पुग्ने र व्यापारव्यवसायमा सहयोग पुग्ने आशा राखेका उनीहरूको सपनामाथि पुल निर्माण भएको एक साता नबित्दै तुषारापात भयो । गत असार ३१ को अविरल वर्षापछि आएको बाढीले पुल बगाएपछि उनीहरूको घरबाटै गाडी चढ्ने सपना अधुरै रह्यो । ‘पुल निर्माणपछि घरैबाट गाडी चढ्ने सपना देखेका थियौं’, ताम्ती–७ का हर्कबहादुर शाहीले भने, ‘हचुवाका भरमा पुल निर्माण गर्दा हाम्रो सपना अधुरै रह्यो ।’

    जिल्लाका चारवटै सांसदको सहमतिमा पुल निर्माणका लागि बजेट विनियोजन गरिए पनि गुणस्तरीय काम नहुँदा बाढीले पुल बगाएको शाहीको आरोप छ ।

    पुल निर्माणका लागि भागबन्डामा पार्टी कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर विनियोजित रकम बराबरको काम नभएको गुनासो स्थानीयको छ । निर्वाचन क्षेत्र विकासको ३० लाख र करिब साढे पाँच लाख रुपैयाँ श्रमदानबाट पुल निर्माण गरिए पनि कुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण सार्वजनिक नगरिएको शाहीको आरोप छ ।

    जिल्ला विकास समिति जुम्लाले गत फागुनमा उपभोक्ता समितिसँग श्रमदानसहित ३५ लाख ३७ हजार रुपैयाँमा पुल निर्माण सम्झौता गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष नरबहादुर शाहीले आफूहरूले धेरै काम गरेको दाबी गरेका छन् ।

    ‘आफ्नै क्षेत्रका जनताको सहजताका लागि भनेर हामीले सम्झौतामा उल्लिखित रकमले हुने भन्दा धेरै काम गरेका थियौं’, अध्यक्ष शाहीले भने, ‘गाडी गुडाउन तयार पुल एक्कासि बाढीले बगायो ।’

    माओवादी केन्द्रका सांसद गोमा कुँवरले पुलको एउटा खम्बा बाढीले बगाएकाले समस्या आएको औंल्याउँदै केही दिनमै प्राविधिक पठाएर पुनर्निर्माण सुरु गरिने बताइन् । पुलको आधा काठ बाढीले बगाएपछि अहिले यहाँका स्थानीय जोखिम मोलेरै आवतजावत गरिरहेका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.