×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सय महिलाको सूचीमा पूर्वकुमारी

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नितु घले

    ललितपुरः १० वर्ष कुमारी बसेर सन् २०१० मा निस्किएपछि शिक्षाको महत्वका बारेमा बोल्दै आएकी छन्, पाटनकी पूर्वकुमारी चनिया वज्राचार्यले । बीबीसीले गरेको सन् २०१६ को सय महिलाको सूचीमा उनको पनि नाम परेको छ । वज्राचार्यका अनुसार उनले केही समयपहिला बीबीसीलाई कुमारीको जीवनका बारेमा अन्तर्वार्ता दिएकी थिइन्; जुन अन्तर्वार्तामा उनले कुमारीहरूको चाहना, रुचि र शिक्षाका बारेमा बोलेकी थिइन् ।

    २१ वर्षीया वज्राचार्य सन् २००० देखि २०१० सम्म कुमारीघरमा बसेकी थिइन् । कुमारी जीवनमा भोगेका समस्या केकस्ता हुन्छन् भन्ने कुरा उनले त्यहाँबाट निस्केपछि बताउने गरेकी छन् । कुमारी बस्दाको समयमा उनीहरूलाई आइपर्ने शैक्षिक समस्याका बारेमा उनले अन्तर्वार्तामा प्रस्ट बताएको बताइन् ।

    पूर्वकुमारीको एउटा समूह बनाएर उनीहरूलाई शिक्षा र परामर्श दिने परम्परालाई कसरी जोगाउन सकिन्छ भनेर सरसल्लाह गर्दै आएको उनको भनाइ छ । ‘कुमारीलाई सामान्य जीवनमा फर्काउन केकस्ता काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित छु’, उनी भन्छिन्, ‘सरकारले सहयोग नगर्दा उनीहरू शिक्षाबाट वञ्चित हुन नपरोस् ।’

    वज्राचार्यका अनुसार कुमारी बन्दा शिक्षक खोज्ने, उनीहरूलाई तलब खुवाउने कुरामा पनि समस्या छ । ‘यस्ता समस्याले कुमारी परम्परालाई ओझेलमा पार्नसक्छ । कुमारीका अभिभावकलाई तनाव उत्पन्न हुनसक्छ’, वज्राचार्यले भनिन् ।

    कुमारी परम्परा जोगाएर राख्नुपर्छ तर विभिन्न समस्याका कारण कुमारी बन्न आउनेको संख्यामा कमी भएको उनको भनाइ छ । आफू पढेको ‘भास्वारा स्कुल’ पाटनमा पढाउँदै आएकी उनी एक सातापछि हुने दीक्षान्त समारोहको पर्खाइमा छिन् । उनले छात्रवृत्तिमा काठमाडौं विश्वविद्यालयबाट बीबीए पूरा गरेकी छन् ।

    आमाको कारणबाट कुमारी बस्दा आफूले अध्ययन गर्न पाएको उनको ठहर छ । शिक्षा ग्रहण गर्न पाउने आफू पहिलो कुमारी भएको उनको भनाइ छ । प्रचलनअनुसार कुमारीलाई अरूसँग बोल्न प्रतिबन्ध लगाइएको हुन्छ । तर, सामान्य जीवनमा फर्केपछि कुमारीका लागि समस्या हुने भन्दै उनले आमाले पढ्न पाउनुपर्ने माग राखेको उनले बताइन् ।

    कुमारीलाई सामान्य जीवनमा फर्काउन केकस्ता काम गर्नुपर्छ भन्ने कुरामा केन्द्रित छु । सरकारको सहयोग नहुँदा उनीहरु शिक्षाबाट वञ्चित हुन नपरोस् ।

    उनको पालामा दुईजना शिक्षकको व्यवस्था गरिएको थियो । कुमारी प्रथाअनुसार उनी कुमारीका रूपमा रहँदा मासिक पन्ध्र सय रुपैयाँ दिइन्थ्यो । तर, कुमारीको पालनपोषण र शिक्षाका लागि त्यो रकम पर्याप्त नहुने चनियाको भनाई छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.