×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सडक निर्माण कछुवा गतिमा, स्थानीयवासी आक्रोशित

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    इटहरी, मङ्सीर ७ गते । सम्भवत दुई वर्षअघि नै निर्माण भइसक्नु पर्ने धरान— चतरा सडक निर्माणले कछुवा गति लिँदा धुलो उडेर मानिसको स्वास्थ्यमा ज्यादै प्रतिकूल असर पार्न थालेपछि बराहक्षेत्र गाविसको बयरवनवासी आक्रोशित बनिरहेका छन् ।

    सरकारले विसं २०७१ मा बराहक्षेत्रमा लाग्ने दोस्रो महाकुम्भमा आउने भक्तजनका लागि सहज होस् भनेर तत्कालै बजेट निकासा गरेर सडक निर्माणको ठेक्का त्यतिखेरै दिएको थियो । तर समयमा बजेट निकासा नहुनु, सडक विभागका कर्मचारी समयमा सरुवा भएर नआउनु, मधेस आन्दोलन एवम् नाकाबन्दी आदिको कारणले सडक निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका मानिसले बताउँदै आएका छन् ।

    चतरादेखि धरानसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि रु छ करोड ४२ लाख निर्माणको ठेक्का पाएका हजबुल अन्सारीले ठेक्का लिएपछि भएको असहज परिस्थितिकै कारणले सडक निर्माणमा ढिलाइ भएको बताउँदै आउनुभएको छ । धरान—चतराको सडकमा पर्ने पटनाली, बगुवा, सर्दु खोलालगायतले ओगटेको सडक भने कालोपत्रे गर्ने योजनामा नरहेको पनि ठेकेदार अन्सारीले बताउनुभएको छ ।

    धरानदेखि चतरासम्मको १७ किलोमिटर सडक पञ्चायतकालीन समयमा नै कालोपत्रे बनिसकेको भनेर राष्ट्रिय योजना आयोगमा उल्लेख भएको तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले धरान—विष्णुपादुका सडक निर्माणको शिलान्यासका क्रममा नै बाहिर आएको थियो ।

    त्यसको पनि ठीक १९ वर्षपछि बराहक्षेत्रमा महाकुम्भ धार्मिक मेला लाग्न थालेपछि औपचारिक रुपमा सडक कालोपत्रे योजना बालसन्त मोहनशरण देवाचार्यको दबाबमा सुरु भएपनि अझै त्यो कहिले पूरा होला भन्ने पर्खाइमा चतरावासी रहेका छन् ।

    सडक कालोपत्रे होला र सहजरुपमा धरान—चतराको यात्रा होला भन्ने पर्खाइ धुँवा र धुलो सहेर बसेका चतरावासीले पक्की सडक पाउनै मुस्किल भइसकेको गुनासो गर्दै आएका छन् ।

    सडक निर्माणको ठेक्का लिएका ठेकेदार अन्सारीले भने ६० प्रतिशत काम भइसकेको र आगामी फागुन मसान्तसम्ममा निर्माण कार्य पूराहुने भन्दै आउनुभएको छ । तर उहाँले सडक कालोपत्रेका लागि बिच्छ्याएको बिटुमिन अहिले नै सडकबाट उप्किएर सडक धुलाम्मे बनिसकेकाले यो सडकको टिकाउपन झनै शङ्कास्पद बनिरहेको स्थानीयवासीले गुनासो गरिरहेको पाइएको छ ।

    धरान—चतरा सडक कालोपत्रे बनेपनि बर्खाको समयमा भने चतरावासीले सर्दु, पटनाली, बगुवा खोलामा बाढी आउँदा धरानसम्मको यात्रा सहजरुपमा गर्न भने नपाउने भएका छन् । खोलाक्षेत्रमा सडक नबनेपछि खहरेमा बाढी आउँदा त्यो सडक सञ्चालनमा आउन सक्दैन । बर्खाको समयमा चतरावासीले इटहरी भएर नै घुमेर धरान जानुपर्ने बाध्यात्मक अवस्था रहने देखिएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.