जपानमा ७ दशमलव ४ म्गाग्निच्युडको भुकम्पपछि सुनामी आउने चेतावनी काठमाडौं तटीय क्षेत्रमा १० फिटसम्म सामुन्द्रिक छाल आउन सक्ने भन्दै उच्च सकर्तता अपनाईएको जपानी अधिकारीहरुले जनाएका छन् ।
मंसिर ७, २०७३ जपानमा आज बिहान ७ दशमलब ४ म्याग्नीच्युडको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार बिहान ६ बजे जापानको उत्तरपूर्वी फकुसिमा नजिक केन्द्रबिन्दु बनाएर गएको सो भुकम्पपछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ । तटीय क्षेत्रमा १० फिटसम्म सामुन्द्रिक छाल आउन सक्ने भन्दै उच्च सकर्तता अपनाईएको जपानी अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी जियोलोजिकल सर्बेले भुकम्पको तिब्रता ७ दशमलब ४ रेक्टर स्केलको बताएपनि जापानी भुगर्भ बिभागले भुकम्पको तिब्रता ६ दशमलब ९ म्याग्नीच्युड भएको जनाएको छ । भुकम्पका कारण त्यहाँ दर्जनौ संरचनामा क्षती पुगेको छ । भुकम्पपछिको क्षतीको बिबरण भने आउन बाँकी छ । सरकारले तटीय क्षेत्रका सर्बसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उद्धारकर्तालाई आग्रह गरेको छ ।
भुकम्पका कारण फुकुसिमा परमाणु केन्द्रमा ठुलो क्षती भएको जपानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघि सन् २०११ मा फुकुसिमा केन्द्र बनाएर गएको शक्तिशाली भुकम्पमा परी १८ हजार भन्दा बढीको मृत्यु भएको थियो ।
ekantipur



