×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

हाजिरी सार्वजनिक गर्न थालेपछि प्रमुखहरु कार्यालयमा बस्न थाले

  •  
  • मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    जिल्ला प्रशासन कार्यालयले पर्वत जिल्लामा कार्यरत कार्यालय प्रमुखहरुको मासिक हाजिरी विवरण सार्वजनिक गर्न थालेपछि प्रमुखहरुले कार्यालयमा बढी समय दिन थालेका छन् ।

    कार्यालयले कात्तिक महिनाको हाजिरी विवरण सार्वजनिक गर्दा प्रमुखहरुले कार्यालयमा बस्ने क्रममा सुधार आएको पाइएको हो ।सरकारी कार्यालयका प्रमुखहरु कार्यालयमा भन्दा अन्यत्र बढी जाने गरेको र कार्यालयमा नबस्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले असोज महिनादेखि सर्वसाधारणको जानकारीका लागि कार्यालय प्रमुखको मासिकरुपमा भएको हाजिरी विवरण सार्वजनिक गर्न थालेको थियो ।

    कार्यालयले सार्वजनिक गरेको कात्तिक महिनाको हाजिरी विवरणमा यसपटक सार्वजनिक बिदाबाहेक कार्यालय प्रमुखहरु बढी समय कार्यालयमा बस्न थालेको पाइएको छ । असोज महिनामा तीन दिनमात्रै कार्यालयमा बसेका प्रमुखसमेत १५ दिनभन्दा बढी बस्न थालेका छन् ।

    कार्यालय प्रमुखलाई कामप्रति बढी जवाफदेही बनाउन मासिकरुपमा हाजिरी विवरण सार्वजनिक गर्दा प्रभावकारी देखिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले बताउनुभयो । “कार्यालय प्रमुखहरु जिल्लामा बस्ने क्रममा सुधार देखिएको छ”, उहाँले भन्नुभयो – “कार्यालय प्रमुखहरुलाई काज, बिदाजस्ता काममा भन्दा सेवाग्राहीको सेवामा केन्द्रित गर्न हाजिरी सार्वजनिक गर्ने कार्य प्रभावकारी देखिएको छ ।”

    पर्वतमा कार्यालय प्रमुखहरु धेरै समय ‘फिल्ड’ लेखेर निजी काममा जाने गरेको गुनासो आउने गरेको छ । बिना काम जिल्ला छाड्ने र परिवार भेटघाटका लागिसमेत सरकारी सवारी साधनको दुरुपयोग हुने गरेको गुनासो पनि गरिँदै आएको छ ।

    गाविस सचिवको हातहातमा फरार अभियुक्तको सूची

    पर्वत जिल्ला अदालतले फैसला गरेर सजाय सुनाइएका फरार अभियुक्तलाई नियन्त्रणमा लिन अभियान थालेको छ । अभियानका क्रममा अदालतले जिल्लाका प्रत्येक गाविस र नगरपालिकाका कार्यालय तथा सचिवहरुलाई फरार अभियुक्तको सूची वितरण गरेको छ ।

    विसं २०३६ देखि अदालतले सजाय तोकेका व्यक्तिहरु अहिले फरारकै सूचीमा रहेपछि अदालतले ताकेता गरेको हो । अदालतमा गठित फैसला कार्यान्वयन संयन्त्रले यस्तो अभियान सञ्चालन गरेको हो । अभियानबाट पर्वतमा चालु वर्षमा ७३ जना फरार व्यक्ति नियन्त्रणमा आइसकेका छन् । जसबाट अदालतले तोकेको सजायमध्ये रु पाँच लाखभन्दा बढी जरिवाना असुलउपर भइसकेको छ भने ८६ वर्ष आठ महिना कैद सजाय भुक्तान भइसकेको छ ।

    अदालतमा ३३८ फरार व्यक्तिबाट ७०८ वर्ष दुई महिना १८ दिन कैद सजाय र रु छ करोड ५४ लाख ३४ हजार ४८५ दण्ड जरिवाना असुलउपर हुन बाँकी रहेको थियो ।

    द्वन्द्वकालीन समयमा अदालत, प्रहरी र प्रशासनले कानुन बमोजिम कारबाही गर्ने अवस्था नभएकाले पुराना फैसलाहरु कार्यान्वयनमा समस्या परेको अदालतले जनाएको छ । “अहिले हाम्रो अभियान सक्रियपूर्वक अघि बढेको छ” जिल्ला न्यायाधीश मोहनराज भट्टराईले भन्नुभयो– “प्रहरी, जिल्लाका सरोकारवाला सरकारी कार्यालय र गाविस सचिवसँग समेत सहकार्य गरेर फरार अभियुक्तबाट दण्ड जरिवाना असुल गराउने अभियानमा छौँ” – अदालतले आफ्नो चौमासिक प्रगति सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी दिएको हो ।

    गाउँ गाउँमा सञ्चालन हुने न्यायिक सचेतना कार्यक्रमले समेत फैसला कार्यान्वयनको कार्यमा महत्वपूर्ण सहयोग पुगेको जिल्ला न्यायाधीश भट्टराईले बताउनुभयो । “प्रत्येक चौमासिकमा नागरिकसँग अदालतको जानकारी दिने र गाउँका समस्या बुझ्ने कार्यक्रम सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो – “त्यो कार्यक्रमले पनि धेरै नागरिक सचेत बनेर अहिले फरार अभियुक्तका बारेमा सूचना दिने क्रम बढेको छ ।”

    अदालतमा चालु आवमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । यस वर्ष ४५ थान मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये सम्बन्धविच्छेद मात्र १२ वटा र अंशसहितको सम्बन्धविच्छेद गराउनेको सङ्ख्या ३३ रहेको पनि अदालतका स्रेस्तेदार दयाराम शर्माले जानकारी दिनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, मङि्सर ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.