×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सांसद्को तलब, सुविधा बढाउने विधेयक पारित

  •  
  • सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    व्यवस्थापिका संसद्ले सांसद्हरुको तलब, सुविधामा वृद्धि गर्नेसम्बन्धी विधेयक आइतबार बहुमतले पारित गरेको छ।

    राष्ट्रपतिबाट अब उक्त विधेयक प्रमाणीकर भएसँगै सांसद्हरुको तलब, सुविधामा भारी वृद्धि हुनेछ।

    प्रमुख दलहरुको तर्फबाट विधेयकमा संशोधन प्रस्ताव हालेका सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संसद्का बहुमत सदस्यहरुको भावनालाई दृष्टिगत गरी तलब, सुविधामा वृद्धि गर्नेबारे आफूहरु टुंगोमा पुगेको दाबी गरे।

    महत्वपूर्ण ठानिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई केही समय थाँती राखेर सांसद्हरुको तलब, सुविधामा वृद्धि गर्नेसम्बन्धी विधेयक पारित गरिएको थियो।

    निर्णयार्थ

    हुन्छ भन्ने पक्षका माननीय सदस्यहरुको संख्या बहुमत भएकोले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु

    ओनसरी घर्ती, सभामुख

    सभामुख ओनसरी घर्तीले ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३’ लाई पारित गर्नका निम्ति प्रस्ताव पेश गर्न कानुन तथा संसदीय मामिलामन्त्रीलाई अजय शंकर नायकलाई समय दिएकी थिइन्।

    मन्त्री नायकले प्रस्ताव पेश गरेपछि सभामुख घर्तीले उक्त प्रस्तावलाई सदनमा निर्णयार्थ प्रस्तुत गरिन्, “यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुस्, यसको विपक्षमा हुने माननीय सदस्यहरुले हुन्न भन्नुस्।”

    आफूहरुको तलब, सुविधा बढाउनुपर्ने पक्षमा बहुमत सांसद्हरु उभिएपछि सभामुख घर्तीले उक्त प्रस्ताव स्वीकृत भएको घोषणा गरिन्।

    उनले भनिन्, “हुन्छ भन्ने पक्षका माननीय सदस्यहरुको संख्या बहुमत भएकोले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।”

    राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकर गरेपछि अब सांसद्हरुको पारिश्रमिक मासिक ४४ हजार रुपैयाँबाट बढेर ५५ हजार पुग्नेछ।

    त्यस्तै सांसद्हरुको आवास सुविधा साढे ६ हजारबाट झण्डै तेब्बरले बढेर अब मासिक १८ हजार रुपैयाँ पुग्नेछ भने सञ्चार सुविधा खर्च मासिक ३ सय रुपैयाँबाट १० गुणाले बढेर ३ हजार रुपैयाँ प्रति सांसद्ले प्राप्त गर्नेछन्।

    बचाउ

    त्यसैगरी सांसद्हरुको दैनिक बैठक भत्ता ५ सय रुपैयाँबाट बढाएर १ हजार पुर्याइएको छ।

    सांसद्हरुको तलब, सुविधामा गरिएको वृद्धिको बचाउ गर्दै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्रेष्ठले भने, “सुविधा आवश्यक नहुने सदस्यले फिर्ता गर्न पनि सक्नुहुन्छ। नलिन पनि सक्नुहुन्छ तर ९८ प्रतिशत माननीय सदस्यज्यूहरुको आवाजलाई ध्यानमा राखेर, धेरै छलफल गरेर एउटा निष्कर्षमा हामी पुगेका छौँ।”

    सुविधा आवश्यक नहुने सदस्यले फिर्ता गर्न पनि सक्नुहुन्छ। नलिन पनि सक्नुहुन्छ तर ९८ प्रतिशत माननीय सदस्यज्यूहरुको आवाजलाई ध्यानमा राखेर, धेरै छलफल गरेर एउटा निष्कर्षमा हामी पुगेका छौँ

    चीनकाजी श्रेष्ठ, प्रमुख सचेतक, नेपाली कांग्रेस

    पछिल्लो वृद्धिपछि सांसद्हरुको तलब सरकारका सचिवकोभन्दा केही बढी हुन पुगेको बताइएको छ।

    महंगी र मुद्रास्फितिसँग सामञ्जस्य मिलाउन तलब वृद्धि स्वाभाविक ठानिएपनि सदनमा सांसद्हरुको काम नगर्ने प्रवृत्तिमाथि आलोचना हुने गरेको छ।

    हाजिर नहुने या हाजिरी जनाएर कुलेलम ठोक्ने, सार्वजनिक महत्वका विषयमा गम्भीर नहुने, गम्भीरतासाथ बहस गरेर टुंग्याउनुपर्ने अख्तियार प्रमुखमाथिको महाभियोग प्रस्तावमाथि झारा टार्ने किसिमको छलफल गरेर लम्ब्याइरहने, विद्यालय, कलेज, अस्पताल, वित्तीय संस्थाका सञ्चालक बन्ने र आफैलाई पायक पर्ने किसिमको र बिचौलियाको जस्तो काम गर्ने लगायतका आरोपहरु झेल्दै आएका सांसद्हरुको तलब बढेकोमा काम नगर्ने तर तलब बढाउने भनेर सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।

    सांसद्हरुको जम्बो संख्याका कारण पनि तलब वृद्धि हुँदा जनताको कर उत्पादनमुलक काममा भन्दा तलब भत्तामा जाने भयो भनेर चिन्ता गर्नेहरु पनि प्रशस्त छन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, मङि्सर ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.