×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

भारी बोकेर कापी किन्छु

  •  
  • आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    विनीता मरहट्टा

    घान्द्रुक कोड गाउँका सुवास परियार मिस्रम्ब्र सेकेन्डरी स्कुलमा कक्षा ४ मा पढ्छन् । उनी आफ्नो फुर्सदको समयमा अन्नपूर्ण सर्किटमा पैदलयात्री पर्यटकहरूको भारी बोक्ने काम गर्छन् । केही दिनअघि अन्तर्राष्ट्रिय जलरंग महोत्सवका लागि काठमाडौंबाट घान्द्रुक पुगेको सांस्कृतिक संस्थानको टोलीको भारी बोक्न उनी अगाडि सरे । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले ‘यति सानो मान्छेले भारी बोक्नु हुँदैन’ भन्दा पनि सुवासले निकै अनुरोध गरे पछि उनलाई भारी बोक्न दिइयो ।

    सुवासलाई सानो भारी बोकाएर उनीहरूले आफ्नो सामान आफैं बोके । कोड गाउँ पुगेपछि सुवास ‘अहिलेसम्मकै धेरै पारिश्रमिक पाएँ, पाँच सय रुपैयाँ’ भनेर दंग परे । अरू बेलामा भारी बोकेको ज्याला दुई सय रुपैयाँ मात्र पाउने गरेका सुवासले भने, ‘दाउ पर्‌यो भने दिनमा हजार कमाइ हुन्छ, नत्र दुई सय मात्र ।’ भारी बोक्नु उनको रहर होइन । दस वर्षका सुवासकी आमा पैसा कमाउन भनेर कुवेत गएकी छन् । तर पैसा पठाउँछिन् कि पठाउँदिनन् सुवासलाई थाहा छैन ।

    उनका बाबु पनि भारी बोक्छन्, भारी बोकेर पाएको पैसाले कहिलेकाहिँ मात्र घरमा चाहिने सामान ल्याउँछन् । धेरैजसो रक्सी खाएर पैसा सिध्याउँछन् । सुवासले भने, ‘बुवा बेलुका सधैं रक्सी खानुहुन्छ, नखानु भन्छु उल्टै मलाई हिर्काउनु हुन्छ ।’ घरमा नौ वर्षको भाइ र हजुरआमा छन् । त्यो दिन पाएको पाँच सय रुपैयाँले घरको लागि चामल र तेल लिएर जानुपर्ने थियो । उनकी हजुरआमा बूढी भइसकिन् अनि बिरामी पनि छिन् । बाहिरतिरको काम उनै हजुरआमाले गर्छिन् ।

    घरभित्रको काम भने सुवासले गर्नुपर्छ । बिहान उठेर खाना बनाउने, भाइलाई खुवाउने आफू खाने अनि स्कुल जाने । सबै उनैले भ्याउनुपर्छ । त्यसपछि स्कुलबाट फर्केपछि कहिलेकाहीँ भारी बोक्न जाने त कहिले घरकै काममा ब्यस्थ हुने सुवास भन्छन्, ‘घरको आमा त मै भने पनि हुन्छ ।’

    जति दुःख परे पनि सुवासलाई पढ्न मन छ । भारी बोकेर कमाएको पैसाले नै कापी किताब किन्छन् । बुवाले कहिलेकाहीँ मात्र किनिदिन्छन् । उनको मन पर्ने विषय गणित हो । आमाले विदेशबाट कहिलेकाहीँ फोन गरेर यसो भन्ने गर्छिन्, ‘राम्रोसँग पढ्नू, भाइको हेरचाह गर्नू म छिट्टै आउँछु ।’ तर आमा कहिले आउँछिन् भनेर सुवासलाई थाहा छैन । राम्रोसँग पढेर पर्यटक घुमाउने गाइड बन्न चाहन्छन् उनी ।

    सानैदेखि विदेशी पर्यटकहरू देखेका सुवासलाई तिनै पर्यटक घुमाउने गाइड बन्ने रहर जागेको छ । हिमाल नजिकैको गाउँमा बस्ने भएकाले होला चिसो लागेर उनको गाला र ओठ पटपटी फुटेको छ । मैलो जिन्स प्यान्ट, हुड, खुट्टामा थोत्रो चप्पल लगाएका सुवास जतिबेला पनि हाँसेर बोल्छन् । उनलाई गीत गाउन पनि साह्रै मनपर्छ ‘सरले जे गाउनुभन्नुहुन्छ त्यही गीत सुनाउँछु’ भन्दै उनले एउटा गीत सुनाइहाले ।

    सिमली छायाँमा बसी
    भरिया दाइले लामो सास फेरेको

    नेपालमा सुवासजस्ता धेरै बालबालिकाले पढ्नको लागि निकै दुःख गर्नुपर्छ । आज नोभेम्बर २० तारिख अर्थात् विश्वभर अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइरहँदा पढ्नका लागि काम गर्न बाध्य कैयौं सुवासहरू हुन् वा काम गर्नु परेकै कारण पढ्न जान नपाएका थुप्रै बालबालिकाको शिक्षा पाउने मौलिक अधिकारका बारेमा सम्बन्धित सरोकारवाला र राज्यले सोच्नुपर्ने बेला आएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.