×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ११ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

‘फास्ट ट्र्याकबाट संविधान कार्यान्वयन गर्नुपर्छ’

  •  
  • आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्की चौधरी

    काठमाडौँ, मङ्सिर ५ गते ।  रूपान्तरित संसद्को समयावधि करिब १४ महिना मात्र बाँकी रहँदा संविधानका विज्ञहरूले ‘फास्ट ट्रयाक’बाट संविधानको कार्यान्वयन नगरिए संविधान असफल हुने चेतावनी दिएका छन् ।  संविधान असफल भएमा मुलुकमा अर्को भयावह अवस्था आउनसक्ने ठहर उनीहरूको छ ।
    सरकारसहित प्रमुख दलका नेताहरू नयाँ संविधान कार्यान्वयनको जटिलताबाट गुज्रिरहँदा विज्ञहरूले त्यस्तो चेतावनी दिएका हुन् ।  “नयाँ संविधानअनुसार व्यवस्थापिका संसद्को कार्यकाल २०७४ माघ ७ गतेपछि समाप्त हुन्छ, संविधान संशोधन गरेर पनि त्यसको म्याद लम्ब्याउन मिल्दैन” भन्दै विज्ञहरूले संविधानको धारा २९६ लाई संशोधन गरी संसद्को म्याद लम्ब्याउन मिल्ने गुन्जायस नरहेको तर्क गरे ।  धारा २९६ मा “रूपान्तरित संसद्को कार्याकाल २०७४ माघ ७ गतेसम्म कायम रहनेछ” व्यवस्था छ ।
    सरकारले भनेजस्तै आगामी चैतमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न अबको १५ दिनमा निर्वाचन कानुन बनिसक्नुपर्ने अन्यथा निर्वाचन सम्भव नरहेको बुझाइ विज्ञहरूको छ ।  निर्वाचन आयोगले पनि आगामी चैतसम्म निर्वाचन गर्न गाह्रो हुँदैगएको बताइरहेको छ ।  एउटा निर्वाचनको समयसीमा अर्को निर्वाचनभन्दा कम्तीमा चार महिनाको फरक हुनुपर्ने तर्क आयोगको छ ।  सो हिसावले पनि १४ महिने समय अपुग हुने राय विज्ञको छ ।
    वरिष्ठ अधिवक्ता शम्भु थापाले नयाँ संविधान अहिलेसम्मका संविधानभन्दा सम्प्रभुत्ताको सवालमा सबैभन्दा कमजोर रहेको तर्क गर्नुभयो ।  “संविधान मान्दिनँ, राजतन्त्र फर्काउँछु भन्नेलाई पनि कारबाही हुँदैन भने त्यस्तो संविधानको आधार के बलियो होला ?” उहाँले जिज्ञासा राख्नुभयो ।  “संविधानले राजनीतिलाई समेत बाँध्न सक्नुपर्छ जसले राजनीति संविधानको ट्रयाकबाहिर नजाओवस्” भन्दै उहाँले नेपालको राजनीति संविधानभन्दा बाहिर रहेको बताउनुभयो ।
    संविधानलाई नेता र राजनीतिक दलले मान्दैनन् भने जनताले किन मान्नुप¥यो ? भन्दै उहाँले २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सम्पन्न नभए संविधान असफल हुने आशङ्का व्यक्त गर्नुभयो ।  अङ्गीकृत नागरिकलाई देशको प्रमुख पदमा पु¥याउने प्रावधान राष्ट्र र राष्ट्रियताको पक्षमा नरहेको उहाँले तर्क गर्नुभयो ।
    नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले रूपान्तरित संसद्को समयावधि आगामी २०७४ माघ ७ गते सकिने हुनाले सोपछि मुलुक पुनः जनप्रतिनिधिविहीन अवस्थामा जाने बताउनुभयो ।  अन्तर्राष्ट्रिय अनुभव र संवैधानिक व्यवस्थाअनुसार पनि रूपान्तरिक संसद्को म्याद संशोधन गरेर लम्ब्याउने प्रावधान कतै नरहेकाले माघ ७ पछि रूपान्तरित संसद् विघटन हुने उहाँले दाबी गर्नुभयो ।  सङ्क्रमणकालीन व्यवस्थाको धारा संशोधन गर्न सकिँदैन, संसारभरको अनुभव त्यही हो भन्दै अधिवक्ता भट्टराईले अबको १५ दिनमा निर्वाचनसम्बन्धी कानुन तयार नभए आगामी चैतमा स्थानीय तहको निर्वाचन सम्भव नहुने तर्क गर्नुभयो ।  उहाँले ‘फास्ट ट्रयाक’बाट काम गर्न सुझाव दिनुभयो ।
    नयाँ संविधान जारी गर्ने बेला एक भएका प्रमुख तीन शक्तिलाई कार्यान्वयन तहमा पनि एक हुनुको विकल्प नरहेको भन्दै उहाँले त्यसो नगरिए संविधान कार्यान्वयन सफल नहुने भट्टराईले दावी गर्नुभयो ।  १४ महिनाभित्र तीनवटै तहको निर्वाचनका लागि प्रदेश र केन्द्रको एकै पटक र स्थानीयतहको अर्कोपटक गरी दुई चरणको निर्वाचन गर्न उहाँले सुझाव दिनुभयो ।
    पूर्वमन्त्री तथा एमाले नेता लालबाबु पण्डितले नेपाल र नेपालीको इच्छा र चाहनाअनुसार अगाडि बढ्ने हो भने संविधान कार्यान्वयनको खासै चुनौती नरहेको दाबी गर्नुभयो ।  बाह्य शक्तिको प्रभाव र दबाबका कारण संविधान कार्यान्वयनमा चुनौती देखिएको तर्क उहाँको छ ।  “बच्चाको घाँटी थिचेर बच्चाको भविष्यको कुरा गरेजस्तै नेताहरू नयाँ संविधानको घाँटी निमोठेर कार्यान्वयनको कुरा गरिरहेका छन्” भन्दै नेता पण्डितले प्रमुख नेताहरूकै अकर्मण्यताले मुलुक समस्यामा पर्दैगएको बताउनुभयो ।
    पूर्व सांसद शारदा पोखरेलले शीर्ष नेताहरू पार्टीको नेताभन्दा पनि गुटको नेतामात्र बनेकाले राष्ट्रिय नेता पनि बन्न नसकेको आरोप लगाउनुभयो ।  जनताको आवाज नसुनेर तीन चारजना नेताले आफुखुसी गर्ने निर्णयले नै मुलुकमा समस्या निम्त्यिाइरहेको दाबी गर्नुभयो ।
    पूर्व जिविस सभापति सानुकुमार श्रेष्ठले नेताहरू स्वयम्ले पारित गरी निर्माण गरेको संविधानको कार्यान्वयनमा उदासीन भएकै कारण समस्या आएको बताउनुभयो ।  अबको १४ महिनाभित्र तीनवटै तहको निर्वाचन नगरिए मुलुक अर्को सङ्कटमा फस्ने दाबी गर्दै उहाँले प्रमुख दलका नेताहरूलाई गम्भीर बन्न आग्रह गर्नुभयो ।  कम्युनिस्ट नेता मोहनचन्द्र अधिकारीले नेताहरूको लम्पसारवादको नीतिले नयाँ संविधान कार्यान्वयनमा चुनौती थपिरहेको आरोप लगाउनुभयो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.