×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सडक व्यवस्थित गर्न गुरुयोजना

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सूर्यप्रकाश कँडेल

    भरतपुरः चितवनको भरतपुर उपमहानगरपालिकाले सडक व्यवस्थित गर्न नगर यातायात गुरुयोजना बनाउने तयारी गरेको छ । सडक सञ्जाललाई व्यवस्थित गर्ने गरी गुरुयोजना बनाउन लागिएको भरतपुर उपमहानगरपालिकाले जनाएको छ ।

    नगर क्षेत्रभित्र सडक तथा यातायातको पहुँचको अवस्था, निर्माण, मर्मत, सुधार, स्तरोन्ति र पुनर्निर्माण गर्नुपर्ने सडकको माग संकलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाको सान्दर्भिक योजना तयार र भविष्यमा सडकको व्यवस्थित विकास गर्न गुरुयोजना नै बनाएर अगाडि बढेको भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराल बताए ।

    ‘सरकारले भरतपुर उपमहानगरपालिकालाई यातायात गुरुयोजना बनाएर नगरलाई यातायात सञ्जालसँग जोड्न प्राथमिकतामा राखेको छ’, उनले भने, ‘सरकारले नै प्राथमिकतामा राखेको गुरुयोजना भएकोले यसैको आधारमा हामी अगाडि बढेका छौँ ।

    अबको पाँच वर्षभित्र गुरुयोजना अनुसार सडक निमार्ण हुनेछन् ।’ नगरका मुख्य सडक साँघुरो हुँदा यात्रा जोखिमपूर्ण बनेको उनको भनाइ छ । जनसंख्या र बस्ती बढ्दै जाँदा भविष्यमा चुनौती थपिने भन्दै उनले यातायात गुरुयोजना बनाउन थालिएको बताए । ‘गुरुयोजना बनाउन चाँडै नगरस्तरीय छलफल थालिने छ’, उनले भने, ‘यसले व्यवस्थित सडक सञ्जाल बनाउन सहयोग पुग्छ ।’

    भरतपुर उपमहानगरपालिकाभित्र आठ सय ९० किलोमिटर सडक छ त्यसमध्ये २४ मिटर चौडा सडक ७२ किलोमिटर, १६ मिटर चौडा सडक एक सय ४३ किलोमिटर, नौ मिटर चौडा सडक एक सय ९८ किलोमिटर, ६ मिटर चौडा सडक दुई सय ६९ किलोमिटर र ५३ किलोमिटर राजमार्ग छन् ।

    गुरुयोजना अनुसार जाने हो भने सन् २०२२ सम्ममा उपमहानगरपालिकाभित्र २४ मिटर फराकिला ११ वटा सडक निर्माण हुने उनले बताए । भरतपुर उपमहानगरपालिकाले ६ मिटरभन्दा कम सडकमा नक्सापास दिँदैन । भरतपुरमा तीन मिटरभन्दा साना सडक निकै कम रहेको उनले बताए ।

    गुरुयोजना अनुसार काम सम्पन्न गर्न एक अर्ब २२ करोड ४३ लाख ३२ हजार रुपैयाँ खर्चिने योजना बनाइएको छ । कार्यकारी अधिकृत बरालले वर्गीकृत सडकहरूलाई मापदण्डअनुसार बनाउन सडक बिस्तार गरिने बताए । उनले सडक अतिक्रमण भएका ठाउँमा संरचना भत्काइने बताए ।

    उपमहानगरपालिकाले २४ मिटर चौडा सडकलाई क, १६ मिटर चौडा सडकलाई ख, नौ मिटर चौडा सडकलाई ग र ६ मिटर चौडा सडकलाई घ मा वर्गीकरण गरेर अगाडि बढेको छ । ‘क वर्गका सडकले नगर क्षेत्रको यातायात सेवा दिन्छन् । ती सडकहरू राजमार्ग वा सहायक राजमार्गबाट छुट्टिने सडक हुन्’, उनले भने, ‘बाईपासरोडदेखि टिकौली चेकपोस्ट्सम्मका सडक क वर्गमा पर्छन् ।’ गुरुयोजनाअन्तर्गत भरतपुर सहरको रिङरोडको अवधारणा ल्याइएको छ ।

    पुल्चोक, बाईपास सडक, आँपटारी चोक, ब्रह्मटोल, छिम्केश्वरी, टिकौली चेकपोस्ट्, वनदेवी चोक, गणेश चोक, टाँडी चोक, पाण्डे चोक, पदमपोखरी चोक, लाहुरे चोक, शिवनगर चोक, मंगलपुर चोक, फुर्तीचोक, शिवघाट, रामघाट हुँदै पुलचोकसम्म रिङरोड बनाउने गुरुयोजना अघि सारिएको छ ।

    यातायात व्यवस्था विभागका प्राविधिक सल्लाहकार पदमबहादुर शाहीले सडक सञ्जाल बिस्तार तथा सुधार गर्न नगर यातायात गुरुयोजना महत्वपूर्ण हुने दाबी गरे । ‘विकासका पूर्वाधारमध्ये सबैभन्दा महत्वपूर्ण पूर्वाधार भनेको सडक हो’, उनले भने, ‘सबै नगरमा यातायात गुरुयोजना सबैभन्दा पहिलो र महत्वपूर्ण विकासको काम हो ।’

    भरतपुर उपमहानगरपालिकाका धेरै ठाउँ सडक सञ्जालले जोडिएको कारण केही सडकलाई बिस्तार गरी अगाडि बढ्ने हो भने उपमहानगरपालिकाको विकास गर्न सहज हुने उनले बताए । प्रस्तावित रिङरोड, रामपुर सडक र हुलाकी राजमार्गमा ठूला बस सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    बजार क्षेत्र तथा सेवा केन्द्र जोड्ने, खेतीयोग्य जमिन तथा पर्यटकीय क्षेत्र जोड्ने, लाभान्वित जनसंख्याको आधारमा फोहोर व्यवस्थापन क्षेत्र जोड्ने, सम्भावित विकासका पूर्वाधार जोड्ने, दलित तथा पिछडिएको बस्ती र माथिल्लो तहको सडकलाई जोड्ने सडकका आधारमा गुरुयोजना निर्माण गरिएको उनले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.