मकवानपुरः मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा शनिबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
दुर्घटनामा एक महिला र एक पुरुषको ज्यान गएको बताइए पनि उनीहरुको परिचय खुल्न सकेको छैन् ।
गाडि सडकभन्दा पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । साँघुरो बाटोमा नयाँ चालकले सवारी गुडाउँदा जीप अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ओरालोमा धेरै घुम्ति भएकाले गाडि अनियन्त्रित भएको बताइएको छ ।
काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा ३ च ९२८९ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो ।
annapurnapost




















