×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

बाघ संरक्षणमा नेपाल विश्वकै उत्कृष्ट

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ, मङ्सिर ४ गते ।  सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महŒवाकाङ्क्षी अभियान सुरु गरेको नेपालले शनिबारदेखि बाघ पाइने क्षेत्रमा विशेष अनुगमन सुरु गरेको छ ।
    सन् २००९ मा रुसमा भएको विश्वका राष्ट्रप्रमुखहरूको महासम्मेलनमा सहभागी राष्ट्रहरूले सन् २०२२ सम्ममा आफ्ना देशमा भएको सङ्ख्याको दोब्बर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  हालसम्मका बाघको सङ्ख्या हेर्दा तोकिएको अवधिसम्ममा बाघको सङ्ख्या दोब्बर पु¥याउनसक्ने विश्वकै एकमात्र राष्ट्र नेपाल हुने सङ्केत देखा परेका छन् ।
    विश्वका १३ वटा देशमा मात्र बाघ संरक्षण भइरहेका छन् ।  दक्षिण एसियाका नेपाल, भारत, भुटान, बङ्गलादेश, चीनमा बाघको सङ्ख्या तुलनात्मक रूपमा बढी पाइने गरेका छन् ।  इन्डोनेसिया, लाओस, रुस, भियतनाम, मलेसिया, थाइल्यान्ड, म्यानमार र कम्बोडियामा न्यून सङ्ख्यामा बाघ बाँचेको भेटिन्छन् ।
    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार बाघ पाइने क्षेत्रमा गरिन थालिएको विशेष अनुगमन कार्यको सुरुआत बर्दिया राष्ट्रिय निकुञ्जबाट भएको छ ।  यसको पूर्वसन्ध्यामा बर्दिया राष्ट्रिय निकुञ्जमा विशेष अनुगमनमा खट्ने प्राविधिकलाई विशेष प्रशिक्षणको आयोजना पनि सम्पन्न गरिएको छ ।
    बाघ जस्ता खतरनाक र दुर्लभ वन्यजन्तुका गणना र अनुगमनमा क्यामरा ट्र्यापिङको प्रविधि प्रयोग गरिन्छ ।  यो अनुगमनमा पनि क्यामरा ट्र्यापिङ प्रविधि प्रयोग गरिने इकोलोजिस्ट पौडेलले जानकारी दिनुभयो ।  पछिल्ला केही वर्षमा बाघको प्रभावकारी संरक्षण अभियान, बासस्थानको सुधार, आहारको व्यवस्थापन लगायतका कुरामा देखिएको सुधारका कारणले नेपालमा हरेक वर्ष बाघको सङ्ख्या वृद्धि हुँदै गएको छ भने शून्य सिकार वर्ष विभागले सफल रूपमा सञ्चालन गर्दै आइरहेको छ ।
    सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२५ थियो ।  यसको आधारमा सन् २०२२ सम्ममा नेपालले बाघको सङ्ख्या दोब्बर बनाउन २५० पु¥याउनुपर्ने हुन्छ ।  सन् २०१३ को बाघको गणनामा बाघको सङ्ख्या १९८ पुगेको थियो ।  आगामी वर्ष सन् २०१७ मा बाघको गणना गर्ने कार्यक्रम रहेको विभागका सहायक इकोलोजिस्ट ऋषि रानाभाटले जानकारी दिनुभयो ।
    क्यामरा ट्र्यापिङ प्रविधिबाट पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जबाट सुरु गरिने भए पनि चरणबद्ध रूपमा पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बन, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि गणना गरिने विभागले जनाएको छ ।  यो वर्ष संरक्षित क्षेत्रभित्र मात्र गरिए पनि आगामी वर्षदेखि पर्सादेखि शुक्लाफाँटासम्मका बाघ पाइने राष्ट्रिय वनमा समेत यो कार्यलाई निरन्तरता दिइने पौडलले जानकारी दिनुभयो ।  विभागका अनुसार बाघ संरक्षणका लागि सरकारले पाँचवर्षे बाघ संरक्षण विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।  चोरी तस्करी नियन्त्रणका लागि सुराकी परिचालन, स्थानीय बासिन्दामा सचेतना अभियान, सुरक्षा संयन्त्रको बाक्लो गस्ती र उपस्थिति लगायतका कार्यहरू पछिल्ला दिनमा प्रभावकारी रूपमा सञ्चालन भइरहेको विभागका उपमहानिर्देशक शेरसिंह ठगुन्नाले बताउनुभयो ।  स्थानीय समुदायको प्रत्यक्ष सहभागितामा बाघको संरक्षण र संरक्षणपश्चात् समुदायलाई पनि प्रतिफल दिनसक्ने गरी पाँच वर्षीय बाघ संरक्षण कार्ययोजना (२०१६–२०२०) विभागले निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी गरिएको उपमहानिर्देशक ठगुन्नाले बताउनुभयो ।
    बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरिनु, पर्सा वन्यजन्तु आरक्षको क्षेत्र विस्तार गरिनु, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लफाँटा वन्यजन्तु आरक्षमा पनि बाघको बासस्थानका सुधार तथा आहारको व्यवस्थापन हुनुले नेपालमा बाघको सङ्ख्या बढ्दै गएको हो ।
    बाघविज्ञ डा. झमक कार्कीका भनाइमा पनि पछिल्ला वर्षमा नेपालले शून्य सिकार वर्ष सम्पन्न गरेकाले बाघ लगायतका अन्य महŒवपूर्ण वन्यजन्तुको सङ्ख्या तुलनात्मक रूपमा वृद्धि भइरहेको छ ।  हाल नेपालमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२१ वटा रहेको रेकर्ड गरिएको छ ।  त्यसपछि बर्दिया र शुक्लाफाँटा बाघको बासस्थान मानिन्छ ।  नेपालमा पाइने बाघ पाटे बाघ (रोयल बङ्गाल टाइगर ) प्रजातिका हो ।  बाघले आफ्नो आहारका रूपमा बँदेल, बाह्रसिँगा, मृग, अर्नालगायतका जङ्गली जनावरलाई प्रमुख रूपमा लिने गर्छ ।  बाघको आहार प्रजातिका वन्यजन्तुको सङ्ख्यामा पनि वृद्धि भइरहेको विभागले जनाएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.