×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

विश्वका ४० करोड मानिसका घर शौचालयविहीन

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सीता शर्मा

    काठमाडौँ, मङ्सिर ४ गते ।  विश्वका ४० करोड मानिस दिसापिसाबका लागि शौचालय प्रयोग गर्दैनन् ।  खासगरी नेपाललगायत अल्पविकसित र अफ्रिकी मुलुकका नागरिकलाई अहिले पनि चर्पी प्रयोग गरौँ भनी सचेतना अभियान चलाउनुपर्ने अवस्था छ ।
    शौचालय प्रयोग नगर्नेमध्ये १७ प्रतिशत मानिस कुनै न कुनै प्रकारको फोहरजन्य रोगबाट प्रभावित भएको तथ्याङ्क छ ।  नेपालमा खुला दिसामुक्त क्षेत्र घोषणा अभियानकै रूपमा चले पनि अहिले पनि १३ प्रतिशत घरधुरीका बासिन्दाले आफ्नो निजी शौचालय बनाएका छैनन् ।  राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई समेत अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन ।
    सहस्राब्दी विकास लक्ष्य सन् २०१७ सम्म नेपालका सबै घरधुरीमा शौचालय हुने भनिएको छ तर यो अवस्था हेर्दा लक्ष्यसम्म पुग्न सक्ने अवस्था देखिँदैन ।
    ‘चर्पी र आजीवी’ भन्ने अन्तर्राट्रिय नाराका साथ शनिबार विश्वभरि विश्व शौचालय दिवस मनाइँदैछ ।  हरेक वर्ष नोभेम्बर १९ मा मनाइने यो दिवसमा शौचालय र सरसफाइसँग केन्द्रित भएर विभिन्न चेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।
    खानेपानी तथा ढल निकास विभागका अनुसार देशका ८७ प्रतिशत घरधुरीमा शौचालय बनेका छन् ।  यस्तै खुला दिसामुक्त घोषणा हुनेमा दुई अञ्चल धौवलागिरि र राप्ती, ३८ जिल्ला, १२२ नगरपालिका, दुई हजार २७५ वटा गाविस रहेका छन् ।
    विभागका अनुसार देशभरका साना र ठूला गरी दुई सयको हाराहारीमा सार्वजनिक शौचालय भएकोमा सबैभन्दा बढी व्यस्त महानगरपालिकाभित्र २०÷२२ वटा मात्रै छन् ।  तिनै शौचालय पनि वर्षौंदेखि मर्मत र सरसफाइ नहुँदा प्रयोग गर्न सक्ने खालका छैनन् ।  अहिलेसम्म बनेका सार्वजनिक शौचालयमध्ये एउटै पनि अपाङ्गतामैत्री छैनन् ।
    खानेपानी तथा ढल निकास विभागका महानिर्देशक प्रेम श्रेष्ठले आगामी दिनमा बनाइने सबै सार्वजनिक शौचालय अपाङ्गतामैत्री बनाउने योजनामा भएको बताउनुभयो ।
    सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१७ सम्म नेपालका सबै घरमा शौचालय पु¥याउने गरी काम भइरहेको र अबको एक वर्षसम्म लगभग लक्ष्य नजिक पुग्न सकिने उहाँको भनाइ छ ।
    यस्तै यस क्षेत्रमा काम गरिरहेको गुथी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले मानिसको अति आवश्यक र प्रत्यक्ष जीवनसँग जोडिएको शौचालयलाई एक दिन दिवस गर्दैमा सुधार हुन नसक्ने भन्दै यसलाई सरकार र सरोकारवाला निकायले वर्षभरि नै अभियानका रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
    शौचालय पु¥याउन नसकिएका घरधुरी अधिकांश तराईका भएकाले एक वर्षभित्र लक्ष्यसम्म पुग्न गाह्रो हुने भन्दै अमात्यले भन्नुभयो, “तराईमा कतिपय घरमा बनाउने ठाउँ नभएर र कतिपयले ठाउँ भएर पनि उनीहरूको आनीबानीमा सुधार गर्न सकिएको छैन, त्यसैले एक वर्षमा लक्ष्यसम्म पुग्न सक्ने देखिँदैन । ”
    संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को संयुक्त प्रतिवेदन २०१४ का अनुसार विश्वमा अहिले पनि ४० करोड मानिस शौचालय प्रयोग गर्दैनन् ।  जसमा सबैभन्दा बढी अफ्रिकी मुलुक र नेपालजस्ता विकासोन्मुख मुलुक रहेका छन् ।  त्यसमा पनि शौचालय नहुँदा सबैभन्दा बढी रोगको सङ्क्रमणबाट बालबालिका प्रभावित भएका छन् ।
    यसैबीच विश्व शौचालय दिवसका अवसर पारेर गुथी र विश्वनिकेतन उच्च माध्यमिक सामुदायिक विद्यालयको संयुक्त आयोजनामा शुक्रबार शौचालय र त्यसको प्रयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरियो ।  सो कार्यक्रममा शौचालय प्रयोग र शौचालयको अभाव हुँदा बालबालिकामा पर्ने स्वास्थ्य समस्याबारेमा जानकारी गराइएको थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.