×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

नियन्त्रण बाहिर ठमेलको यौन धन्दा

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    देवबहादुर कुँवर

    काठमाडौँ, मङ्सिर ४ गते । काठमाडौँको ठमेल क्षेत्रस्थित नरसिंह चोकमा एउटा साँघुरो गल्ली छ ।  गल्लीको मुखैमा रुट्स बार छ भने गल्लीको कुनामा गोर्खाली खाजाघर छ ।  रुट्स बार र गोर्खाली खाजाघरको बीचैमा अर्काे रेस्टुरेन्ट छ – रक्स बार एन्ड क्याफे ।
    दायाँ–बायाँका यी दुई रेस्टुरेन्ट राति १०/११ बजे बन्द हुन्छन् तर रक्स बार रात–दिन खुला रहन्छ ।  ग्राहकको आवतजावत भइरहन्छ ।  पहिलोपल्ट त्यस गल्लीभित्र पस्ने कसैले पनि रक्स बारमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् ।  केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र कुतूहल मेट्न त्यहाँ छिर्छन् ।
    अन्य रेस्टुरेन्टको तुलनामा त्यहाँ खाजा, नास्ता ताजा र मीठो नपाइए पनि सस्तो मूल्यका केही मदिरा र ‘लोकल’ रक्सी भने सहजै उपलब्ध हुन्छ ।  मदिरा ‘सर्भ’ गर्नका लागि प्लास्टिकका कप प्रयोग गर्ने गरिए पनि ग्राहकको भीडभाड हुनेगर्छ ।  रक्स बारनजिकै उभिएका ठमेलका होटल व्यवसायी राजन श्रेष्ठ एक अपरिचित व्यक्तिसँग कुरा गर्दै भन्र्दै हुनुहुन्थ्यो, “पैसा कमाउन यस्तो घीनलाग्दो काम पनि गर्नुपर्ने रहेछ !”
    ठमेल क्षेत्रमा राति १२ बजेसम्म मात्र रेस्टुरेन्ट, क्याफे, पसल तथा बार सञ्चालन गर्न पाइन्छ तर यो रेस्टुरेन्टका लागि भने समयको बन्देज रहेको देखिँदैन ।  साँघुरो र अँध्यारो गल्लीभित्र उकुसमुकुसलाग्दो घरको भुइँतलामा रहेको यो रेस्टुरेन्टको दुई तलामाथि आराम गर्न मिल्ने ‘बेड’ छन् । रक्स बार रेस्टुरेन्ट हो कि होटल ? कसैले पनि सजिलै दिने जवाफ हो– यौन अखडा ! १८ वर्ष उमेर नकटेकी जस्ता लाग्ने चार युवती पालैपालो तलमाथि ओहोरदोहोर गर्छन् ।  ती घरि तल झर्छन्, घरमाथि चढ्छन्, अनि केही समय फुत्त हराउँछन् ।  लहरै उभिएका ग्राहक उनीहरूकै प्रतीक्षामा पालो पर्खेर बसेका हुन्छन् ।
    काउन्टर अगाडि ग्राहकसँग रकम लेनदेन हुन्छ ।  उनीहरू पालैपालो माथि चढ्छन् ।  युवती अलिपछि कागजको पोको बोकेर जान्छन् ।  उनीहरूलाई काउन्टरबाट कागजले पोको पारेको गोप्य वस्तु सर्वसाधारणले नदेख्नेगरी दिइन्छ ।  त्यो वस्तु हो– कन्डम ।
    देहव्यापारका कारण त्यस रेस्टुरेन्टमा ग्राहकको भीड लाग्ने गरेको सर्वसाधारणको भनाइ छ ।  त्यो गल्लीमा रक्स बारलगायत दुईवटा रेस्टुरेन्ट र चार वटा मसाज पार्लर पनि यौन अखडाका रूपमा रहेका छन् ।  ती अखडाबाट युवती आलोपालो सट्टापट्टा हुनेगर्छन् ।  त्यहाँको राजधानी नामक मसाज पार्लरमा देहव्यापार हुनेगरेको थाह पाएपछि घरधनीले नै बन्द गरिदिएका छन् ।  स्टाफ (युवती) र व्यापार नपाएको भन्दै सञ्चालकले नै एभरेस्ट नामक रेस्टुरेन्ट बन्द गरिसकेका छन् ।
    ती अखडामा नियमित रूपमा हुने गतिविधिबारे प्रहरी कर्मचारी पूर्ण परिचित रहे पनि केही प्रहरीको संलग्नताका कारण छापा मार्ने र पक्रने काम शून्य नै छ ।  केही मसाज पार्लरमा प्रहरीले पटक पटक छापा मारेर पक्राउ गरे पनि धेरैजसो धरौटी र तारेखमा छुट्ने गरेका छन् ।  त्यस रेस्टुरेन्टमा भने प्रहरीको आँखा पुगे पनि नदेखे जस्तो गरेर हिँड्ने गरेको पाइएको छ ।  नजिकैको एउटा ट्राभल्सका सञ्चालकले आक्रोशित हुँदै प्रश्न गरे, “प्रहरी नै पहरेदार भएपछि कसले छापा मार्ने, अनि कसले पक्रने ?”
    ठमेलको यौन धन्दालाई सोह्रखुट्टेका प्रहरीको ‘पकेट मनी’ ठान्ने ती ट्राभल्स सञ्चालक भन्छन्, “ती बन्द गराएपछि कतिपयको रोजीरोटी नै चल्दैन, त्यसैले पैसा नदिनेलाई मात्र पक्रन्छन् उनीहरू । ”
    हप्ता दिनअघि मात्र सर्वसाधारणले गुनासो गरेपछि रक्स बारका सञ्चालकलाई पक्रेजस्तो गरेर बिहान छाडिदिएको उनले जानकारी दिए ।  रक्स बारका सञ्चालकले भने ५० हजार रुपियाँ बुझाएर छुटेको जानकारी आफ्ना व्यावसायिक साझेदारलाई दिएका थिए ।
    ती सञ्चालकले सोह्रखुट्टेबाट सरुवा भएका एक प्रहरी नायब निरीक्षक (सई) लाई त्यहीँ थमौति गर्न ५० हजार लगानी गरेको र अर्का सईलाई २५ हजार सापटी दिएको जानकारी आफ्नै साथीलाई दिएका छन् ।  सर्वसाधारणको बाक्लो ओहोरदोहोर हुने यो गल्लीमा अवैध गतिविधि सञ्चालन हुँदा अन्य रेस्टुरेन्ट तथा होटल व्यवसायी समस्यामा परेका छन् ।  रक्स बारमा लाग्ने ग्राहकको भीडले गल्ली नै दुर्गन्धित बनेको गुनासो पर्यटन व्यवसायीहरूको छ ।  कतिपयले यस गल्लीलाई ‘बम्बे गल्ली’ समेत भन्ने गरेका छन् ।
    स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार देहव्यापारका लागि विदेशीसमेत आउने गरेको बताइएको छ ।  एक पटक रमाइलो गर्न विदेशी ग्राहकसँग आठदेखि १० हजार र नेपालीबाट पाँच हजार रुपियाँसम्म लिने गरेको बताइएको छ ।  यसरी प्राप्त भएको रकमको ५० प्रतिशत युवतीलाई र ५० प्रतिशत सञ्चालकले लिनेगरेको बताइन्छ ।
    “हाम्रो त परिवारले नै यस्तो दुःख गरेर खानुपरेको छ”, एउटा खाजाघरकी सञ्चालिकाले भन्नुभयो, “तर गल्लीमा फोहोरी मान्छे बस्न थालेपछि निकै समस्या भएको छ ।  प्रहरीलाई खबर ग¥यो, उल्टै पैसा खाएर छाड्छन् । ”
    रक्स बारका सञ्चालक पक्राउ परेलगत्तै छुटेको सम्बन्धमा सोह्रखुट्टेस्थित महानगरीय प्रहरीवृत्त प्रमुख प्रहरी नायब उपरीक्षक सोमेन्द्र राठौरले दीपक नामक व्यक्तिबाट सञ्चालित यौन अखडामा छापा मारेर कारबाही गरिएको जानकारी दिनुभयो ।  उहाँले कारबाही गरिएको भनिएका व्यक्ति भने त्यही रेस्टुरेन्टमा ग्राहक फकाइरहेका थिए ।
    ठमेलमा जटिल समस्याका रूपमा रहेको देहव्यापार सञ्चालनमा प्रहरीको नै प्रत्यक्ष संलग्नता हुनथालेपछि यसको नियन्त्रण पनि चुनौतीपूर्ण बन्दै छ ।  सामान्य व्यवसायलाई राति ११ बजेभित्र जबरजस्ती बन्द गर्न लगाउने प्रहरी देहव्यापारका अखडा भने नदेखेजस्तो गरेर हिँड्ने गरेको आरोप छ ।  देहव्यापारलाई कतिपयले आकर्षक आम्दानीको सजिलो माध्यम बनाउँदै आएका छन् ।  कतिपय मसाज, स्पा, रेस्टुरेन्ट एवं खाजाघरमा कामदारका रूपमा युवती राखेर यौन व्यवसाय सञ्चालन गर्नेहरूको ठमेलमा सञ्जाल नै रहेको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.