×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

मानक भाषा निर्माण अभियानको पहिलो विजय

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अशोक सुवेदी

    काठमाडौं: मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले नेपाली भाषाको मौलिकता रक्षाका लागि आरम्भ गरेको आन्दोलनको पहिलो विजय प्राप्त गरेको छ । अभियानले चलाएको आन्दोलनको परिणामस्वरुप नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरेको घोषणा गरेको छ ।

    सञ्जालका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइटेलले नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरेको जानकारी दिँदै प्रेसविज्ञप्ति जारी गरेर यो जानकारी गराएका हुन् । कुलपति गंगाप्रसाद उप्रेतीले मंसिर १ गते सञ्जाललाई लेखेको पत्रमा सञ्जालको अवधारणापत्र, माग र अन्य समुदायबाट प्राप्त सुझावका आधारमा नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरिएको उल्लेख छ ।

    सञ्जालले विद्यमान नेपाली भाषामाथि अव्यवस्था र अराजकता भित्र्याउने सर्वप्रमुख कारक तत्व नेपाली बृहत् शब्दकोश (२०७२) भएको ठहर गर्दै शब्दकोशमा प्रयोग गरिएको वर्णविन्यास आम प्रयोक्ता र सरोकारवालाहरूले स्वीकार गरिआएको मानक वर्णविन्यासअनुरूप नभएको निष्कर्ष निकालेको थियो ।

    नेपाली बृहत् शब्दकोश (२०७२) मा प्रयुक्त विवादित वर्णविन्यास, लिपिचिह्न र प्रविष्टिले नेपाली भाषामा अराजकता फैलाएकाले यसलाई तत्काल खारेज गरी नेपाली बृहत् शब्दकोश (२०५८) को संस्करणलाई निरन्तरता दिनुपर्ने दृष्टिकोण सञ्जालले राखेको थियो । सञ्जालको प्रतिनिधिमण्डलले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति र उपकुलपतिलाई भेटेर दबाबसहित अवधारणा प्रस्तुत गरेको थियो ।

    सञ्जालद्वारा नेपाली बृहत् शब्दकोश (२०७२) खारेजीका सम्बन्धमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति र उपकुलपतिसँग पटकपटक गरिएका छलफलबाट प्राप्त निष्कर्षस्वरूप नेपाल प्रज्ञाप्रतिष्ठानको कात्तिक ३० मा बसेको प्राज्ञपरिषद्को बैठक नं. २६-०७३ ले सञ्जालका अवधारणालाई सम्बोधन गरी नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरेको जानकारी दिएको हो ।

    प्रज्ञाप्रतिष्ठानका कुलपतिले हस्ताक्षर गरेको २०७३—८—१, च.नं. १९:२०७३ को सञ्जाललाई प्राप्त पत्रअनुसार निर्णयको बुँदा नं. क–घ र तिनका उपबुँदामा उल्लिखित निर्णयहरूका आधारमा नेपाली बृहत् शब्दकोश (२०७२) नवौं संस्करण खारेज भएको, नेपाल प्रज्ञाप्रतिष्ठानको वेबसाइटमा रहेको शब्दकोश बन्द गरेको र तत्काल दसौं संस्करण प्रकाशित भएपछि नवौं संस्करणका क्रेताहरूलाई मूल्य समायोजन गरी दसौं संस्करण सट्टामा उपलब्ध गराउनेसमेत निर्णय भएकाले नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरिएको स्वतः स्पष्ट हुने लुइटेलको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गर्ने निर्णयलाई सञ्जालले सजगतापूर्वक कार्यान्वयनका तहसम्म निगरानीसहित सकारात्मक रूपमा लिएको र हार्दिकतापूर्वक स्वागत गरेको लुइटेलले बताए । लुइटेलले प्रतिष्ठानको निर्णयको बुँदा नं. ‘(ङ) मानक वर्णविन्यासका लागि विमर्श चलाउने’ भन्ने कुरा पनि स्वागतयोग्य रहेको भन्दै सञ्जालले त्रिभुवन विश्वविद्यालयमा प्रयुक्त अमानक वर्णविन्यास खारेज गर्ने नेपाली केन्द्रीय विभाग, सञ्जालले अघि सारेका अवधारणाप्रति विज्ञप्तिमार्फत ऐक्यबद्धता जनाउने विभिन्न क्याम्पस, विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्था, सञ्जालका दृष्टिकोणलाई प्रचारप्रसार गरी जनसमक्ष पु्‍याउन सहयोग गर्ने सम्पूर्ण विद्युतीय एवं छापा सञ्चारमाध्यम, त्यससँग सम्बद्ध सञ्चारकर्मी, प्राज्ञपरिषद् र प्राज्ञसभाका सदस्य त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग ‘मानक नेपाली भाषा अभियान २०७३’ का सल्लाहकार र पदाधिकारी, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापक एवं कर्मचारी तथा सबै प्राध्यापक, शिक्षक, विद्यार्थी, साहित्यकार, कानुन व्यवसायी तथा विभिन्न खुलापत्र, अन्तर्वार्ता, परिसंवाद आदिका माध्यमबाट अभियानलाई सहयोग गर्ने हुने सम्पूर्ण क्षेत्र, फेसबुकमा राखिएका सञ्जालका अवधारणालाई सेयर, कमेन्ट र लाइक गरी धन्यवाद ज्ञापन गरेको छ ।

    सञ्जालले विद्यालय तथा उच्चमाध्यमिक तहका पाठ्यपुस्तक, प्रकाशनशैलीमा प्रयुक्त अमान्य र अमानक नेपाली वर्णविन्यास तथा लेख्य रूपलाई यस सञ्जालको अवधारणाअनुरूप मानकीकरण गरी तदनुरूप संशोधनको कार्यान्वयन नभएसम्म आफ्नो अभियान निरन्तर जारी रहने जनाएको छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.