×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

सुदूरको सडक सपना

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    महाकाली करिडोर निर्माण भइरहेको दार्चुला–तिंकर सडक ।सौजन्यः इन्जिनियर सुप्रिम चुडाल

    शिवराज भट्ट

    धनगढीः महाकाली राजमार्ग पक्की भएसँगै त्यसवरिपरि सिमेन्टेड घरहरू धमाधम बनेका छन् । पहिलापहिला एकदुईवटा मात्रै पसल भएका ठाउँमा अहिले सानो बजार नै बसिसकेको छ । कार र मोटरसाइकल धेरैले जोडेका छन् । सडक सञ्जाल बन्दा विकासको ढोका खुल्ने एउटा उदाहरण बनेको छ मार्ग । तीन दशक लगाएर ट्र्याक खुलेको महाकाली राजमार्ग अहिले पक्की भइसकेको छ ।

    सुदूरपश्चिमका ९ जिल्ला सदरमुकामसम्म सडक त पुग्यो तर अझै गाउँको लगभग ७० प्रतिशत भूभागका जनता सडक सपना बुनिरहेका छन् । ‘कतै १० वर्ष त कतै २० वर्ष भइसक्यो, सडक खोल्न थालिएका छन् । न्यून बजेट हुन्छ । वर्षमा सय दुई सय मिटरको ट्र्याक मात्रै खुल्छ । कहिले त्यो सडकमा गाडी गुड्ला, कसैलाई थाहा छैन’, बैतडीको पाटन नगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकरदत्त भट्टले भने ।

    अहिले सुदूरपश्चिमको मुहार फेर्ने सपनासहित एक दर्जन सडक आयोजना सञ्चालनमा छन् । महाकाली अञ्चलको कञ्चनपुरदेखि बैतडी हँदै दार्चुलाको तिंकर भन्ज्याङ भएर चीनको ताक्लाकोट जोड्ने सडक आयोजनालाई अहिलेको सरकारले महाकाली करिडोर भनेको छ । त्यसको निर्माण कछुवा गतिमा भइरहेको छ ।

    २०६६ सालदेखि महाकाली लोकमार्ग सडक आयोजना भनेर त्यो सडक निर्माण सुरु भएको हो । कञ्चनपुरको ब्रह्मदेवलाई जिरो प्वाइन्ट मानेर महाकालीको किनारैकिनार दार्चुलाको उकु गाविससम्म नयाँ ट्र्याक खोल्ने, त्यसपछि खलंगासम्म अहिलेकै महाकाली राजमार्ग र दार्चुला सदरमुकामबाट तिंकर भन्ज्याङ हुँदै चीनको ताक्लाकोट जोड्ने १३० किलोमिटरको सडक बनाउने योजना सरकारको छ ।

    तर अहिले काम भने दार्चुलादेखि तिंकरतिर मात्रै भइरहेको छ । आयोजनाका इन्जिनियर सुप्रिम चुडालका अनुसार अहिले खलंगादेखि ४० किलोमिटर ट्र्याक खुलेको छ । केही भीर भएका स्थानबाहेक ४० किलोमिटरमा ट्र्याक खोल्ने काम सकिन लागेको इन्जिनियर चुडालले बताए ।

    ‘दार्चुलाको तिंकर भन्ज्याङसम्मका लागि अझै ९० किलोमिटर सडक बन्न बाँकी छ । त्यसको डीपीआर नै बनेको छैन । गत वर्ष उक्त सडक आयोजनाको १५ करोड रकम फ्रिज भएको थियो । यसपटक सरकारले ३० करोड रकम महाकाली करिडोरका लागि छुट्ट्याएको छ । ‘तर यो रकम यसै वर्ष खर्च होला भन्न सकिन्न’, इन्जिनियर चुडालले भने ।

    महाकाली करिडोरले दार्चुलाको अपी नगरपालिकाका साथै जिल्लाको पूरै उत्तरी क्षेत्रको जनजीवनलाई जोड्नेछ । दार्चुलाको उत्तरका झन्डै १० गाविस, ब्रह्मदेव (हाल नगरपालिका), धारी, हिकिला, पीपलचौरी, तलकोट, धौलाकोट, हुती, सुनसेरा, व्यास र राप्लाका गाउँहरू महाकाली करिडोरले समेट्नेछ ।

    दार्चुलाको व्यास र राप्ला गाविसका बासिन्दाले सडकका सपना बुन्दै बनाएका बगैंचामा फलेको स्याउ हरेक वर्ष कुहिन्छ । ‘स्याउको कुँडो गाईभैंसीले पनि खान छाडेका छन् त्यहाँ । लटरम्म फलेका स्याउका बगैंचाहरू छन् तर ढुवानी गर्ने कसरी ? बजारमा पु¥याउने कसरी ? ७ दिन लाग्छ डोकोमा बोक्ने हो भने’, व्यासको यात्रा गरेर फर्किएका दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने ।

    अर्को महत्वपूर्ण मानिएको बैतडीको पाटन–पञ्चेश्वर सडकको अवधारणा आएको पनि दुई दशक भयो । पञ्चेश्वर परियोजना बन्छ अनि पाटनबाट पञ्चेश्वरसम्म चौडा डबल लेनको सडक बन्छ भन्ने सुनेकाहरू अहिले वृद्ध भइसकेका छन् । ‘हामी सानो छँदा पञ्चेश्वर परियोजना बन्छ । हाम्रो घरआँगन भएर डबल लेनको चौडा सडक बन्छ भनेर सर्भे पनि भयो तर अब मर्ने बेला हुन थाल्यो । बल्लतल्ल कच्ची सडक बनेको छ’, बैतडीको महारुद्र गाविसका ७० वर्षीय लाली दयालले भने ।

    बैतडीको पाटनमा रहेको सडक डिभिजन कार्यालयले पाटन–पञ्चेश्वर सडक हेरिरहेको छ । पाटन–पञ्चेश्वर सडकको लम्बाइ ६५ किलोमिटर हो । यस वर्षदेखि ५० किलोमिटरसम्म जिप चल्न थालेका छन् । आयोजनाको अवधारणा पुरानो भए पनि २०६१ सालदेखि मात्रै निर्माणले गति लिएको हो । ६५ किलोमिटर सडकमध्ये ५८ किलोमिटर मात्रै ट्र्याक खोल्ने काम भएको छ । ‘यस वर्ष ८ किलोमिटर ट्र्याक खोल्ने काम भइरहेको छ । १३ किलोमिटर पिच पनि गर्ने योजना छ’, पाटन–पञ्चेश्वर सडक आयोजनाबाट हालै सरुवा भएका डिभिजन प्रमुख रामकुमार देवले भने ।

    पाटन–पञ्चेश्वर सडकका लागि यस वर्ष साढे १३ करोड रकम विनियोजन भएको छ । धेरैले केपी ओली सरकारका अर्थराज्यमन्त्री दामोदर भण्डारीको गृहजिल्ला भएकाले यसपालि अलि बढी रकम विनियोजन भएको अनुमान गरेका छन् । सुरुका ५÷६ वर्ष त ८÷१० लाख बजेट आउँदा निर्माणले गति नलिएको सडक डिभिजनका कर्मचारी बताउँछन् ।

    यो सडकले बैतडीको तल्लोस्वराड क्षेत्रका झन्डै ९ गाविसलाई जोड्छ । ‘पाटन–पञ्चेश्वर सडक बनेपछि जनताको स्वास्थ्य उपचार, शिक्षा र जनजीविका निकै माथि उठ्छ । फलफूलले पनि बजार पाउँछ । किसानको तरकारीदेखि मेलौली भगवती मन्दिरले पर्यटकहरू पनि तान्छ’, सरुवा भएका डिभिजन प्रमुख देवले भने ।

    यस्तै अहिले सबैभन्दा बढी प्रतीक्षाको विषय बनेको सेती लोकमार्गको पनि अपेक्षाकृत प्रगति हुनसकेको छैन । कैलालीको टीकापुर ‘जिरो प्वाइन्ट’ राखेर निर्माण सुरु भएको सेती लोकमार्ग अछामको साँफेबगर र बझाङ जिल्ला सदरमुकाम चैनपुर हँदै तिब्बतको ताक्लाकोटसम्म पु¥याउने लक्ष्य छ ।

    सेती लोकमार्गको दुई ठाउँ, जिरो प्वाइन्ट रहेको टीकापुर र बझाङ सदरमुकाम चैनपुरबाट निर्माण सुरु गरिने भनिएकोमा टीकापुरतर्फको कामले खासै गति लिएको छैन । चैनपुरदेखि ताक्लाकोट ९० किलोमिटरमध्ये अहिलेसम्म ३० किलोमिटर मात्रै ट्र्याक खुलेको छ ।

    सुदुरपश्चिमका ९ जिल्ला सदरमुकामसम्म सडक पुगे पनि अभ ७० प्रतिशत ग्रमीण भूभागका जनता सडक सपना बुनिरहेका छन् ।

    यसपटक सरकारले टीकापुर–बझाङ सडकलाई सेती लोकमार्ग दक्षिण खण्ड र चैनपुर–ताक्लाकोट सडकलाई सेती लोकमार्ग उत्तरी खण्ड भनेर दुई आयोजनामा बाँडेको छ । उत्तरी खण्डको निर्माणका लागि बझाङको चैनपुरमा आयोजना कार्यालय राखिएको छ भने दक्षिणी खण्डका लागि अछामको साँफेबगरमा आयोजना कार्यालय राखिएको छ ।

    सेती लोकमार्गको उत्तरी खण्ड हेरिरहेका डिभिजनल इन्जिनियर ललीजन खनालले चैनपुर–ताक्लाकोट सडकको लम्बाइ नेपाली सीमामा पर्ने उरै भन्ज्याङसमम ९० किलोमिटर रहेको बताए ।

    चालू आर्थिक वर्षमा उक्त सडक खण्डका लागि ८ करोड रकम विनियोजन भएको छ । यो सडकले बझाङको उत्तरी क्षेत्रका आधा दर्जन गाविस जोड्नेछ । ३० किलोमिटरमा ट्र्याक खुलेको भए पनि तिब्बतको ताक्लाकोट जोड्न उच्च हिमाली क्षेत्रमा सर्भे नै नगरिएको खनालले बताए ।

    ‘उरै भन्ज्याङसम्म सडक पुर्‍याए त्यसले खासै जनजीवनमा प्रभाव पार्दैन । जबसम्म उरैबाट पनि तिब्बतको ताक्लाकोट जोडिन्छ चीनसँगको नाका खुल्छ, तिब्बत र सुदूरपश्चिमको व्यापार हुन्छ र कैलाश मानसरोवरका लागि दर्शनार्थी बझाङको बाटो प्रयोग गर्छन् अनि मात्रै विकासले कोल्टे फेर्छ’, नेपाल पर्वतारोहण संघ साइपाल हिमाल शाखाका सचिव किशोर खड्काले भने ।

    सेती लोकमार्गको दक्षिणी खण्डमा चालू आर्थिक वर्षमा ३२ करोड रकम विनियोजन भएको छ । चुरे पर्वतमाला छिचोलेर सडक सञ्जालले नछोएका डोटी, अछामको वैद्यनाथधाम हुँदै चैनपुर पुग्ने यो सडकको एक दशकपछि बल्ल यसपटक वातावरण प्रभाव मूल्यांकनको रिपोर्ट तयार भएको छ । ‘कहिले टेन्डर हुन्छ ? कहिले ट्र्याक खुल्छ ? अनि कहिले त्यो मार्गमा गाडी गुड्छन् ? सपना मात्रै त हो नि’ सेती लोकमार्ग निर्माण दबाब समितिका संयोजक वीरबहादुर हमालले भने ।

    अझ कैलाली र सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम जोड्ने डोटीको दिपायलका लागि सबैभन्दा छोटो दूरीको खुटिया–दिपायल ८६ किलोमिटरको द्रुत मार्गको काम पनि अलपत्र छ । कैलालीको अत्तरिया नगरपालिकाको खुटियादेखि चुरे हँदै डोटीको निरौली, गड्सेरा र कपल्लेकी गाविससहित आधा दर्जन गाविस जोड्ने द्रुत मार्गका लागि हरेक वर्ष आउने रकम पूरै फ्रिज जाने गरेको छ ।

    यस वर्ष पनि उक्त सडकका लागि १५ करोड रकम विनियोजन गरिएको छ । यसैपालि खुटिया–दिपायल द्रुत मार्ग आयोजना खडा गर्ने दाबी भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले गरे । ‘अबको एक सातामा द्रुत मार्गको आयोजना कार्यालय खुल्छ’, लेखकले भने ।

    ‘तर आयोजना कार्यालय खुले पनि कैलालीबाट तीन घन्टामा दिपायल पुग्ने सपना कहिले पूरा हुने हो थाहा छैन’, हाल कैलालीको अत्तरियामा बसोबास रहेका डोटीको गड्सेरा गाविसका गोकर्ण भट्टले भने ।

    हुनत आयोजना कार्यालय खडा नभएसम्मका लागि खुटिया–दिपायल द्रुत मार्ग हेर्ने जिम्मा सडक डिभिजन कार्यालय कञ्चनपुरलाई दिइएको छ । ‘वातावरण प्रभाव मूल्यांकन सकियो ।

    रूख छपानका लागि बनलाई पत्र लेखिएको छ । ठेक्का व्यवस्थापनको काम भइरहेको छ’, सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजनल इन्जिनियर विनोदकुमार मैवारले भने । तर एक दशकसम्म वातावरण प्रभाव मूल्यांकन नै नगरिएको, अझ सडकले मुख्य राजमार्गबाहेक यस्ता जनताको जीविकासँग जोडिएका सडकलाई कम प्राथमिकतामा राख्ने भएकाले पनि यसमा विश्वासै गरिहाल्ने आधारहरू कम छन् ।

    डोटीका गड्सेरा र निरौली सुन्तलाको राम्रो उत्पादन हुने क्षेत्र हुन् तर त्यहाँ अहिलेसम्म सडक नपुगेकाले डोकोमा बोकेर तराई पु¥याउनेबाहेक कृषि उपजले बजार पाएको छैन ।

    अझ २०७२ सालको दसैंमा ३१ जनाको ज्यानै जाने दुर्घटनाले चर्चा पाएको डोटीको बुडर–जोरायल सडक, बुडर–जोडबुडा हुँदै डँडेल्धुराको आधा जनसंख्या भएको शीर्ष क्षेत्र जाने सडक, बाजुराको उत्तरी क्षेत्रका ११ गाविसको जनजीवनसँग जोडिएको मार्तडी–कोल्टी सडक, अछामको रामारोशन सडकको निर्माण कछुवा गतिमा भइरहेको छ ।

    सुदूरपश्चिमको मुहार फेर्नसक्ने सडकहरू, महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया–दिपायल द्रुत मार्ग, चिसापानी–सोल्टा–साँफेबगर सरकारको प्राथमिकतामा परेकाले ती सडकको काम द्रुत गतिमा अघि बढाउने दाबी भौतिक पूर्वाधारमन्त्री लेखकले गरे । तर सरकारको आयु नै तोकिने मुलुकमा उनको दाबी पत्याउने आधार भने देखिएका छैनन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.