×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १० घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १२ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १२ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

कार्कीविरुद्वको महाअभियोग प्रक्रिया छोट्याउने सभामुखको चाहना

  •  
  • शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र साउद

    काठमाडौंः सभामुख ओनसरी घर्तीमगरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एक महिनाअघि संसद्मा दर्ता महाभियोग प्रस्तावमाथि जारी छलफल आइतबार सक्ने विश्वास व्यक्त गरे पनि त्यो सम्भावनाभन्दा धेरै टाढा देखिएको छ ।

    महाभियोग प्रस्तावमाथिको छलफलमा ५१ जना सांसदले मात्र बोलेका छन् । संसद् सचिवालय स्रोतका अनुसार झन्डै ३ सय सांसदले बोल्ने तयारी गरेका छन् । कात्तिक ३ मा दर्ता भएको प्रस्तावमाथि एक महिनामा ४ दिन मात्रै छलफल भएको छ ।

    सभामुख घर्तीमगर आइतबार साँझ रुस भ्रमणमा जाने भएकाले सोही दिन संसद्को छलफल सकेर महाभियोग प्रस्तावलाई समितिमा पठाउने तयारीमा रहेको बुझिन्छ । त्यसका लागि आफूले प्रमुख दलका नेतासँग छलफल गरिरहेको जानकारी सभामुख घर्तीमगरले दिएकी छन् । नेताहरूले उनको सुझाव माने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्नेछ ।

    तर दलहरू भने अझै केही दिन छलफल लम्ब्याउने कसरतमा लागेको स्रोतले बतायो । ‘प्रस्तावमाथि बोल्न चाहने सांसदको सूची त लामै छ’, सभामुख घर्तीमगरले शुक्रबार सञ्चारकर्मीसँग भनिन्, ‘तर आइतबार नै छलफल सक्नुपर्‍यो भनेर मैले दलका नेतालाई भनेकी छु । मलाई विश्वास छ, आइतबार नै छलफल समाप्त भएर प्रस्ताव समितिमा जान्छ ।’

    संसद्ले प्रस्ताव पठाएपछि महाभियोग समितिले त्यसमाथि अनुसन्धान गरी एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्छ ।’ समितिले तयार पारेको प्रस्तावलाई दुईतिहाइ मतले समर्थन जनाएपछि मात्र महाभियोग पारित हुन्छ । तर दलहरूको अहिलेको गतिविधिले समितिमा प्रस्ताव कहिले पुग्छ भन्ने अन्योलमै रहेको समितिका सदस्य बताउँछन् । समितिले बिहीबार कार्यविधि पारित गरी प्रस्तावमाथि छलफल अघि बढाउन बाटो खोलेको छ ।

    सत्तासीन माओवादी केन्द्र र एमाले महाभियोग पारित गर्ने पक्षमा देखिए पनि संसद्को ठूलो दल कांग्रेसले निर्णय नगरेका कारण पनि नतिजा अनिर्णीत नै देखिन्छ । कांग्रेसका अधिकांश सांसदले महाभियोग प्रस्ताव पारित गर्नुपर्ने धारणा संसद्मा राखे पनि पार्टीले आधिकारिक निर्णय गरेको छैन ।

    ‘दलहरूबीच राष्ट्रिय विषयमा सहमति भएकै राम्रो हो भन्ने मेरो पनि भनाइ हो’, सभामुख घर्तीमगरले भनिन्, ‘उहाँहरूबीच छलफल भइरहेकाले सहमति जुट्छ भन्ने विश्वास छ ।’ सभामुख घर्तीमगर ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि आइतबार रुस जाँदैछिन् ।

    माओवादी केन्द्र र एमाले महाअभियोग पारित गर्ने पक्षमा देखिए पनि कांग्रेसले निर्णय नगर्दा नतिजा अनिर्णीत नै ।

    उता समानान्तर रूपमा कार्कीविरुद्ध मानहानि र योग्यतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । अदालतबाट कार्कीविरुद्धको मुद्दा टुंगियोस् भन्ने पक्षमा दलहरू रहेको सांसदहरू बताउँछन् । ‘कार्कीलाई संसद्मा बयान लिन नपरोस् भन्ने मानसिकता दलहरूमा देखिन्छ’, एमालेका एक सांसदले भने, ‘कार्कीले बयानका क्रममा नेताहरूको पोल खोलिदिए भने जनतामा नराम्रो सन्देश जान्छ कि भन्ने भय नेताहरूमा हो कि भन्ने पनि देखिन्छ ।’

    संसद्मा महाभियोग प्रस्तावमाथिको छलफल लम्बिएको भन्दै सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएका छन् । ‘महाभियोग प्रस्ताव समितिमा पठाउन किन ढिलो भइरहेको छ ? ‘ माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले संसद्मा भने, ‘सांसदहरूले बोल्ने काम छिटो टुंग्याएर समितिमा पठाउनका लागि सभामुखले पनि अग्रसरता लिनुपर्छ ।’

    कांग्रेसका राधेश्याम अधिकारीले छलफल लम्बिएकोमा आश्चर्य व्यक्त गरे । ‘छलफल यतिका दिनसम्म किन लम्बियो ? ‘ अधिकारीले भने, ‘के कारणले लम्बिएको हो जानकारी दिनुपर्‍यो ।’
    एमालेका रामहरि सुवेदीले महाभियोग प्रस्तावका पक्षमा नउभिने पार्टीको राजनीति नै समाप्त हुने भन्दै लोकतन्त्र र संसद्लाई बलियो बनाउन पनि कार्कीविरुद्धको महाभियोग पारित गर्नुपर्नेमा जोड दिए ।

    सत्तासीन माओवादी केन्द्र र एमाले महाभियोग पारित गर्ने पक्षमा देखिए पनि संसद्को ठूलो दल कांग्रेसले निर्णय नगरेका कारण नतिजा अनिर्णीत नै देखिन्छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.