×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

केबुलकार निर्माणमा वन अतिक्रमणको आरोप

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दोलखा, मङ्सिर ३ गते । कालिन्चोकमा केबुलकार निर्माणमा संरक्षित वन अतिक्रमण भएको भन्दै जिल्ला वन कार्यालय, दोलखाले पत्र काटेको छ । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा केबुलकार निर्माणको काम सुरु हुनैलाग्दा स्थानीयवासी र गु्ठीलाई कुनै जानकारी नदिएको भन्दै स्थानीयवासीले पनि विरोध गर्न थालेपछि केबुलकार निर्माणमा कठीनाइ उत्पन्न भएको छ ।

    जिल्ला वन कार्यालय, दोलखाका जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले स्थानीयवासीले केबुलकार निर्माणमा वन अतिक्रमण भएको निवेदन गरेपछि आफूले वन अतिक्रमण नगर्न र वन अतिक्रमण गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र लेखेको बताउनुभयो ।

    कालिन्चोकको कुरीबजारदेखि केबुलकार स्टेसनसम्म पुग्ने सडक निर्माणका लागि डोजरले काम सुरु गरेलगत्तै स्थानीय तहमा विवाद सुरु भएको हो । कालिन्चोक दर्शन प्रालिले केही दिनयता डोजर लगाएर सडक निर्माणको काम गरिरहेका बेला स्थानीयवासीले पाउने सेयर लगायतका सेवासुविधा प्रस्ट भएर मात्रै काम अघि बढाउनुपर्ने माग अघि सारेका छन् ।

    स्थानीयवासीको विरोधलगत्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको गुठी समितिले पनि आयोजनाको विस्तृत विवरण र जानकारीसमेत नदिई काम अघि बढाएकोमा असन्तुष्टि जनाउँदै कालिन्चोक दर्शन प्रालिलाई सम्पूर्ण विवरण माग गरेको छ ।

    गुठी समितिको बिहीबार बसेको बैठकमा कालिन्चोकमा केबुलकार निर्माणको सन्दर्भमा आवश्यक सबै कागजात मगाउने विषयमा छलफल भएको थियो । सोही अनुसार गुठी समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले कालिन्चोक केबुलकार निर्माणका लागि गरिएको विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, स्थानीयवासीलाई सेयर लगायतका सेवासुविधासम्बन्धी व्यवस्थालगायत कागजात माग गरिएको बताउनुभएको छ ।

    स्थानीयवासीको विरोध र गुठी समितिले विवरण माग गरेसँगै केबुलकार निर्माणका लागि सुरु गरिएको सडक निर्माण कार्य केही दिनदेखि रोकिएको छ । यद्यपि, कालिन्चोक दर्शन प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण सिवाकोटीले केबुलकार निर्माणमा कुनै अवरोध नभएको दाबी गर्नुभयो । उहाँले सरकार, स्थानीय निकाय र गुठी संस्थानसँग अनुमति लिइसकेको भन्दै कहाँ–कहाँ कस्तो समिति छ, आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो ।

    दोलखाको धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी केबुलकार निर्माणको काम सुरु गर्न लागिएको हो । त्यसका लागि सडक मर्मतसम्हार र नयाँ ट्र्याक खोल्ने काम केही दिनअघि मात्रै सुरु भएको थियो । रु २६ करोडको लागतमा निर्माण हुने केबुलकारमा १२ जना मानिस अट्न सक्ने क्षमताको दुई डिब्बा हुनेछन् । दैनिक आठ घन्टा केबुलकार सञ्चालन हुँदा एक हजार आठ सयजनाले सेवा पाउने बताइएको छ ।

    केबुलकारमा चाहिने पाटपुर्जा स्विट्जरल्यान्डमा निर्माण भइसकेको बताइएको छ । सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको कच्ची सडक यात्रापछि कुरीबजार पुग्न सकिन्छ । कालिन्चोकको बेसक्याम्प कुरीबजारबाट ३,८४२ मिटर उचाइमा रहेको भगवतीको मन्दिरमा पुग्न एक घन्टा ठाडो उकालो चढ्नु पर्दछ ।

    तर केबुलकार निर्माण भएमा कुरीबजारबाट पाँच मिनेटमै मन्दिर रहेको थुम्कोमा पुग्न सकिनेछ । कालिन्चोक दर्शन प्रालिले केबुलकारसँगै कुरीबजारमा सुविधासम्पन्न रिसोर्ट खोल्ने तयारीसमेत गरेको छ । केबुलकार र रिसोर्ट दुवै निर्माण गर्दा लागत रु ५० करोड पुग्ने अनुमान छ ।

    कालिन्चोक दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्य हो । जाडो मौसममा पटक–पटक हिमपात हुने कालिन्चोकमा धार्मिक र प्रकृतिप्रेमी पर्यटक बढी आउने गरेका छन् । पछिल्ला वर्षमा सो क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । केबुलकार निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

    केही दोलखाका स्थानीयवासीले भने केबुलकारको अवधारणालाई पर्यटक दोलखामा बस्न नदिने र मनमोहक दृश्य बिगार्ने नियत भएको बताउँदै आएका छन् । दोलखाका नेपाली काँग्रेस सभापति रुद्र खड्का, प्रबन्ध निर्देशक एमालेका बालकृष्णलगायतका केही पहुँचवालाले व्यवसायको नाममा कालिन्चोकको सुन्दरतालाई मेटाउन खोजेको आरोपसमेत स्थानीयले लगाएका छन् ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.