×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

तातोपानीका सुविधा अब रसुवागढीबाट

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चीनले बन्दरगाह र पारवहन सुविधाको प्रोटोकललाई भने थाती राखेको छ

    चन्द्रशेखर अधिकारी

    मंसिर ३, २०७३- चीन सरकारले तातोपानी–खासा नाकाबाट उपलब्ध गराउँदै आएका सबै सुविधा रसुवागढी–केरुङ नाकाबाट पनि उपलब्ध गराउने भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा चलिरहेका नेपाल–चीनबीचका दुई बैठकमा केरुङ नाका सञ्चालनमा चीन उदार देखिएको हो ।

    तातोपानी नाका चिनियाँ सामान नेपाल ल्याउन मात्रै होइन, नेपालकै अन्य हिमाली जिल्लामा सामान पुर्‍याउन पनि प्रयोग हुँदै आएको थियो । चीनले यो सुविधासमेत रसुवागढीबाट दिने बताएको छ । अर्को बैठकमा यसमा हस्ताक्षर भएपछि सुविधा नेपालले पाउनेछ ।

    २०७२ वैशाखको भूकम्पपछि तातोपानी बन्द भएकामा त्यसलाई पुन: सञ्चालन गर्न नेपालले प्रस्ताव राख्दै आएको थियो । नेपालले केरुङबाट संखुवासभा, दार्चुला, गोरखा, धादिङलगायतका हिमाली जिल्लामा पुग्न चिनियाँ सडक प्रयोग गर्न पाउँ भन्दै पटकपटक चीनलाई आग्रह गर्दै आएको थियो ।

    चीनले नेपालले प्रयोग गर्ने बन्दरगाह र पारवहन सुविधाको प्रोटोकल र मोडालिटीलाई भने अहिले थाती राखेको छ । त्यसमा नेपाल आफैं स्पष्ट भएर आउन उनीहरूले सुझाएको बैठकका एक सहभागीले कान्तिपुरलाई जानकारी दिए । प्रोटोकलका कतिपय विषय राजनीतिक तहमा छलफल गरेर मात्र तयारी अघि बढाउने भन्दै पन्छाइएको उनले बताए । ल्हासाका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीका अनुसार बैठकमा अघिल्ला प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति र सम्झौताको कार्यान्वयनका लागि आधार (प्रोटोकल) तय गर्ने, तातोपानी नाका व्यवस्थापन गर्ने र विकल्प खोज्ने लगायत विषयमा छलफल भएको छ ।

    बैठक शुक्रबार पनि हुनेछ । तीन दिनसम्म चल्ने सहसचिवस्तरीय बैठकमा दुई तहमा छलफल हुनेछ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुको नेतृत्व र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव विष्णुओम बाधेको नेतृत्वमा दुई टोलीले छलफल अघि बढाएका हुन् । चिनियाँ यातायात विभागका महानिर्देशक या वाङ नेतृत्व टोली बेइजिङबाट ल्हासा आएको छ । बैठकमा वाणिज्य, परराष्ट्र, कानुन, अर्थ, भौतिक योजनाका प्रतिनिधिका साथै ल्हासास्थित वाणिज्य दूतावासका पनि प्रतिनिधि थिए । चीन हँुदै तेस्रो देशसँग व्यापार गर्दा कुन बन्दरगाह वा मार्ग प्रयोग गर्ने, यातायात र कार्गो सञ्चालनको मोडालिटी कस्तो हुने, भन्सारसँग सम्बन्धित विषयमा पारवहनको मोडल तथा प्रोटोकल कस्तो हुने भन्नेमा आधार बैठकमा छलफल भए पनि टुंगो लागेको छैन ।

    नेपालको सीमाबाट ३५ सय किलोमिटर टाढा रहेको तियान्जिन समुद्री बन्दरगाहलाई नेपाल सरकारले नजिकको बन्दरगाहका रूपमा मानेको र त्यसका लागि प्रस्तावसमेत पठाए पनि बैठकमा यसबारे छलफल हुन सकेन । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग ल्याउँदै नेपालको सीमामा उच्चस्तरको व्यवस्थापनसमेत गर्न लागेकाले पनि यो बैठकमा यस्ता विषयले महत्त्व पाउने भएको हो । पूर्वप्रधानमन्त्री केपी ओलीको समयमा चीनसँग भएका १० सम्झौतामध्ये निकै चर्चामा रहेका पारवहन र यातायात सम्झौता कार्यान्वयनमा अधिकांशले जोड दिँदै आएका छन । दुईपक्षीय प्रोटोकल पहिलो चरणमा आदानप्रदान भए पनि छलफल भने भएको थिएन । यो स्तरको बैठक पुन: काठमाडौंमा बसेपछि अर्थ र परराष्ट्र सचिवस्तरीय संयन्त्रको फरक–फरक बैठकले सबै विषयलाई अन्तिम रूप दिनेछ ।

    ‘ताक्लाकोट नाका खोल्न वार्ता गर्छु’
    प्रधानमन्त्री पुष्पकमल दाहालले चैनपुर–ताक्लाकोट उत्तर–दक्षिण नाका खोल्न चीन सरकारसँग कुराकानी गर्ने बताएका छन् । प्रधानमन्त्रीले बझाङको सर्वदलीय टोलीको ज्ञापनपत्र बिहीबार बुझ्दै नेपाल–चीनबीचको महत्त्वपूर्ण नाकाका रूपमा रहेको ताक्लाकोट नाका खोल्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    प्रधानमन्त्रीको सचिवालयद्वारा बिहीबार जारी ‘प्रेसनोट’मा सर्वदलीय टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादनमा ह्रास आएको तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कामका लागि खाद्यान्न कार्यक्रम बझाङमा सञ्चालन गर्न सरकारसित माग गरेको उल्लेख छ । टोलीले जिल्ला दैवी प्रकोप उद्धार कोषमा केन्द्रबाट थप बजेटको व्यवस्था गर्नसमेत प्रधानमन्त्रीसित माग गरेका थिए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.