×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

स्पेयर्स पार्ट्स दिने सहमतिपछि चिनियाँ जहाज आउँदै

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर

     राजु बास्कोटा

    काठमाडौः नेपाल वायुसेवा निगमले दुईवटा जहाज सञ्चालन गर्दा घाटा खाइरहे पनि आन्तरिक उडानका लागि थप चारवटा चिनियाँ जहाज भित्र्याउने भएको छ । निगमले पुस १५ भित्रै आउने गरी दुईवटा र त्यसपछि तालिका मिलाएर अर्का दुईवटा चिनियाँ जहाज ल्याउने निर्णय गरेको छ ।

    चीनमा निर्माण भएका तीनवटा १८ सिट क्षमताका वाई १२ ई र ५६ सिट क्षमताको एउटा एमए ६० जहाज ल्याउनेबारे अध्ययन गर्न इन्जिनियर प्रभास कर्माचार्यको संयोजकत्वमा निगमले समिति गठन गरेको थियो ।

    समितिले सञ्चालनमा रहेका जहाजको ९० प्रतिशत समस्या समाधान गरिए थप जहाज ल्याउन उपयुक्त हुने सुझाव दिएपछि निगमले तत्काल एक एमए ६० र एउटा वाई १२ जहाज ल्याउन लागेको हो । बाँकी दुईवटा वाई १२ भने तीनदेखि ६ महिनाभित्रमा ल्याइने निगम स्रोतको भनाइ छ ।

    निगम स्रोतका अनुसार चार लाख डलर मूल्यको स्पेयरपार्ट चिनियाँ पक्षले काठमाडौंमै उपलब्ध गराउनेछ । एउटा वाइडबडी र दुईवटा न्यारोबडी क्षमताको एउटा ह्याङ्गर बनाउन पनि चीन सहमत छ । ह्याङ्गर बनाउन चीन आफैंले चार अर्ब रुपैयाँसम्म खर्च गर्नेछ ।

    प्रशिक्षक पाइलट उपलब्ध गराउने, चिनियाँ भाषाका सबै डकुमेन्ट अंग्रेजीमा उपलब्ध गराउने, वार्षिक बिमा शुल्क घटाउने र स्पेयरपार्ट काठमाडौंमै उपलब्ध गराउने सहमति चिनियाँ पक्षसँग भएको स्रोतले बतायो ।

    निगम अपरेसन विभागका अनुसार पुस १५ भित्र एउटा एमए ६० र एउटा १२ ई ल्याउने गृहकार्य भएको छ । वाई १२ ल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन । चिनियाँ पक्षले प्रशिक्षक पाइलट जहाजसँगै पठाए दुईवटै जहाज एकैसाथ ल्याउने तयारीमा निगम छ ।

    सियानबाट कुनमिङ हुँदै काठमाडौं ल्याइने यो जहाजको कोपाइलट नेपाली वा चिनियाँ रहने विषयमा टुंगो लागिसकेको छैन । चिनियाँ जहाज सियानबाट कुन्मिङसम्म चीनको क्याप्टेनले ल्याउने र त्यसपछि नेपाली क्याप्टेनले काठमाडौं ल्याउने टुंगो लागिसकेको छ ।

    चिनियाँ जहाज वाई १२ बाट दुर्गम क्षेत्रमा उडान भर्ने योजना रहे पनि लुक्ला, जोमसोम, हुम्लासहितका गन्तव्यमा एकपटक परीक्षण उडान चिनियाँ पाइलटबाटै गरिने भएको छ । त्यसपछि उपयुक्त विमानस्थलमा उडान हुनेछ । निगमका अनुसार १८ सिट क्षमतको जहाजमा न्यूनतम १२ जना यात्रु बोक्न सक्ने विमानस्थलमा वाई १२ सञ्चालन गरिनेछ । चीन जहाजसँगै प्रशिक्षक पाइलट पठाउन सहमत भएको छ ।

    चिनियाँ जहाजमा वार्षिक ३२ करोड ९० लाख रुपैयाँ घाटा खाए पनि दुई सरकारबीचको सहमतिका कारण निगम चिनियाँ जहाज स्वीकार गर्नैपर्ने अवस्थामा पुगेको हो ।

    निगमको अपरेसन विभागले भने एकएक गरी जहाज ल्याउन उपयुक्त हुने सुझाएको छ । विभागको उडान तालिकाअनुसार पहिले एमए ६० र त्यसपछि एकदुई महिनाको फरक पारेर वाई १२ ल्याउने उल्लेख छ । निगम उच्च अधिकारीका अनुसार दुर्गम क्षेत्रमा उडान गर्न नसक्ने भए पनि चिनियाँ जहाज ल्याउने निर्णय भएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चिनियाँ जहाज भित्र्याउन कात्तिक पहिलो साता दिएको निर्देशनलाई निगमले १५ दिनभित्रै पालना गरेको छ । चिनियाँ जहाजकै कारण आन्तरिक उडानतर्फ गत आर्थिक वर्षमा ३२ करोड ९० लाख रुपैयाँ घाटा खाए पनि दुई सरकारबीचको सहमतिका कारण निगम चिनियाँ जहाज स्वीकार गर्नैपर्ने अवस्थामा पुगेको हो ।

    नेपाल र चीनबीच २०७० मंसिर १३ मा ६ वटा चिनियाँ जहाज ल्याउने सम्झौता भएको थियो । सम्झौताअनुसार चीनले एक्जिम बैंकमार्फत ६ अर्ब ६७ करोड रुपैयाँबराबरको रकम ऋण तथा अनुदान दिने र सोही रकमबाट जहाज किन्ने उल्लेख थियो । त्यसमध्ये दुई अर्ब ९४ करोड रुपैयाँ अनुदान तथा तीन अर्ब ७२ करोड रुपैयाँ ऋण सहयोग हो । नेपालले पाउने ऋण वार्षिक एक दशमलव ५ प्रतिशतको ब्याजदरको हो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.