×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

लोकमानसिंह कार्की र राजनारायण पाठकको योजनामा अख्तियारका अन्य चार आयुक्तविरुद्ध योग्यतासम्बन्धी रिट दायर

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कृष्ण ज्ञवाली

    मंसिर २, २०७३- महाभियोगका कारण प्रमुख आयुक्तबाट निलम्बित लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकको योजनामा अन्य ४ आयुक्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नागार्जुन नगरपालिकामा बस्ने दक्षबहादुर क्षत्रीलाई अघि सारेर आयुक्तहरुको योग्यतामा प्रश्न उठाई सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

    कार्की र आयुक्त पाठकसहित लोकमानको सचिवालयमा कार्यरत नारायणहरि अधिकारी, वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरे र बालकृष्ण नेउपानेको योजनामा रिट दायर गरिएको स्रोतले बतायो । ‘म फँसेपछि अरु आयुक्तलाई किन त्यत्तिकै छाड्ने भन्ने मनसायले रिट हालेको देखिन्छ,’ स्रोतले भन्यो, ‘रिटमा प्रयोग भएका शब्दावली र आशयले त्यस्तै संकेत गर्छन् ।’

    नेउपानेको फर्ममा कार्यरत दक्षबहादुरले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा अख्तियारका कायममुकायम प्रमुख आयुक्त दिप बस्न्यातसहित आयुक्तहरु नविनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङलाई विपक्षी बनाइएको छ । लोकमान पक्षधरका एक मात्र आयुक्त राजनारायण पाठकबाहेक सबै आयुक्तलाई रिटमा विपक्षी बनाइएको छ ।

    आयोगमा पदाधिकारी नियुक्त भएको करिब डेढ वर्षपछि उनीहरुको योग्यतामा प्रश्न उठाई रिट दायर भएको हो । २०७१ चैत्रमा अख्तियारमा २ आयुक्तबाहेक थप ५ पदाधिकारी नियुक्त भएका थिए । यसअघि कार्कीको भने नियुक्त हुनुअघि उच्चस्तरिय राजनीतिक संयन्त्रले निर्णय गर्दा नै रोक्न माग राखी कानून व्यवसायी अदालत पुगेका थिए । ‘लोकमानले यसअघि पनि आयुक्त सावित्री गुरुङमाथि आक्रोश पोख्न यसैगरी मुद्दा हाल्न लगाएका थिए,’ अख्तियार स्रोतले भन्यो, ‘अहिले पनि त्यही रणनीतिअनुसार काम भएको हो ।’

    रिटमा संविधानमा व्यवस्था भएअनुसार चारैजना आयुक्तको योग्यता नपुगेको दावी गरिएको छ । संविधानमा अख्तियारको प्रमुख आयुक्त वा आयुक्त हुनलाई २० वर्ष लेखा, राजस्व, इञ्जिनियरिङ, कानून, विकास वा अनुसन्धानको क्षेत्रमा काम गरेको हुनुपर्ने व्यवस्था छ ।

    रिटमा संवैधानिक परिषदबाट आयुक्तहरुको फाइल झिकाएर हेर्न माग गरिएको छ । कार्कीको प्रतिरक्षा गर्ने कानून व्यवसायीकै समूहबाट तयार गरिएको रिटमा कार्कीविरुद्ध अदालतमा विचाराधीन मुद्दामै यो समावेश गर्न माग गरिएको छ । सार्वजनिक पदमा बसेका व्यक्तिको योग्यतामा प्रश्न उठेको र त्यस्तै मुद्दा पूर्ण इजलाशमा विचाराधीन भन्दै निवेदकले अग्राधिकारसमेत माग गरेका छन् । कार्कीविरुद्धको मूल मुद्दामा समावेश गरेर त्यसलाई अल्मल्याउन र ढिलाई गर्न पनि रिट निवेदकले रणनीतिक रुपमा आफ्नो मुद्दा त्यसैमा समावेश गर्न माग गरेका छन् ।

    कार्कीको पुरानै रणनीति 
    आफैंले काज स्विकृत गरी त्रिभुवन विश्वविद्यालयमा पत्राचार गर्न स्विकृत दिएका लोकमानसिंह कार्कीले अख्तियारमा अनुसन्धान भइरहेको एक मुद्दामा मतभेद भएपछि आयुक्त सावित्री गुरुङविरुद्ध यस्तै रणनीति प्रयोग गरेका थिए ।

    कार्कीले विश्वविद्यालयमा विदा लिएर आयुक्त बनेको भन्दै एक कानून व्यवसायीलाई प्रयोग गरेर आयुक्त गुरुङविरुद्ध सर्वोच्च अदालतमा रिट दिन लगाएका थिए । पछि अन्तरिम आदेशका कारण कार्कीले अपनाएको रणनीति तुहियो ।

    अख्तियारको आयुक्तमा नियुक्त भएपछि गुरुङले ‘२०७१ चैत १९ देखि त्रिभुवन विश्वविद्यालयमा काज स्विकृत गरिपाउँ भनी’ निवेदन दिएकी थिइन् ।

    उनको निवेदन कार्कीले स्विकृत गरी त्रिभुवन विश्वविद्यालय पठाइदिएका थिए । गुरुङ प्रदर्शनीमार्गस्थित नेपाल मानविकी क्याम्पसमा सह(प्राध्यापक हुन् । धोविखोला करिडोर निर्माणका क्रममा भएको अनियमिततामा आयुक्त गुरुङ मातहत छानविन चलिरहेकोमा कार्कीले तत्कालीन जिल्ला आयुक्त भाईकाजी तिवारीमाथिको छानविनलाई रहस्यमय ढंगले तामेलीमा राखेका थिए ।

    गुरुङले प्रश्न उठाएपछि कार्कीले उनलाई कमजोर बनाउन अदालतमा रिट दायर गर्न लगाए । रिट दायर भएको भोलीपल्ट नै गुरुङका सबै अधिकार खोसिएको थियो । पछि अदालतले गुरुङकै पक्षमा आदेश दियो । ‘लोकमानले अहिले पनि यही रणनीति अपनाएका हुन्,’ अख्तियार स्रोतले भन्यो ।

    मुद्दा हाल्नासाथ चलखेल 
    अख्तियारका आयुक्तविरुद्ध मुद्दा हाल्नासाथ नै कार्की पक्षधर समूहले नेपाल टेलिकमको रणनीतिक साझेदार बन्ने प्रयासमा रहेको एनालाईसिस म्यासन इण्डियाको नेपाल प्रतिनिधि बन्न चलखेल थालेको छ । कार्कीका जेठा ज्वाई सुभाशिस थपलिया निकटको समूहले उक्त कम्पनीको बेलायतस्थित कार्यालयका अधिकारीहरुसँग सम्पर्क गरेर एजेन्ट बन्ने लविङ थालेको टेलिकम स्रोतले बतायो ।

    ‘लोकमानजी अख्तियारमा फर्केर आउनुहुन्छ, अरु आयुक्तविरुद्ध पनि हामीले अदालतमा मुद्दा हालेकाले उनीहरु अब हट्छन् सन्देश दिन खोजिएको थियो,’ स्रोतले भन्यो, ‘त्यसैले एजेन्ट दिए लविङ गरेर उक्त कम्पनीलाई रणनीतिक साझेदार बनाउछौं भनेर विश्वासमा लिन खोजेका थिए ।’

    एनालाईसिस म्यासन युकेका तर्फबाट एनालाईसिस म्यासन इण्डिया प्राली टेलिकमको रणनीतिक साझेदार बन्न प्रतिस्पर्धामा थियो । रणनीतिक साझेदारसम्बन्धी फाइल कार्कीले डेढ वर्षदेखि अख्तियारमा लुकाएका थिए । उनीविरुद्ध महाभियोग प्रस्तावपछि मात्रै अख्तियारले फाइल फिर्ता गरेको हो । फाइल फिर्तापछि टेलिकमले रणनीतिक साझेदार छनौट शुरु गर्ने भएकाले कार्की पक्षधरले एजेन्टका लागि लविङ गरेको अख्तियारस्रोतले पनि पुष्टि गर्‍यो ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.