×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ९ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

महाभियोग समितिको कार्यविधि पारित

  •  
  • शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, मङ्सिर ३ गते ।  महाभियोग सिफारिस समितिले समितिको आन्तरिक कार्यविधि अनुमोदन गरेको छ ।  संसद्बाट समिति गठन भएको एक महिनापछि काम कारबाही सञ्चालनको कार्यविधि समितिले अनुमोदन गरेको हो ।  साक्षी बयान लिने, प्रमाण बुझ्नेलगायत अदालतको कार्यविधिको शैलीमा नै समितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।
    समितिको बिहीबार बसेको बैठकले उपसमितिले पेस गरेको कार्यविधिमा सामान्य हेरफेर गरी पारित गरेको हो ।  उपसमितिले तयार पारेको प्रतिवेदनमा तीन साताको अध्ययनपछि समितिले कार्यविधि पारित गरेको हो ।  कार्यविधि पाए पनि समितिले संसद्बाट बिजनेस भने पाउन सकेको छैन ।  अख्तियारका निलम्बित प्रमुखविरुद्ध महाभियोग प्रस्ताव छलफलका क्रममै छ ।  संसद् सचिवालयमा तीन सदस्यको सूचनाले सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईविरुद्ध प्रस्ताव भने विचाराधीन छ ।
    पारित कार्यविधिअनुसार सिफारिस समितिलाई आरोपित व्यक्तिको कार्यालय र सरोकार रहने स्थानमा खानतलासी गर्ने अधिकार समेत हुने भएको छ ।  समितिलाई महाभियोग प्रस्तावमा अनुसन्धान र अभियोजनको प्रतिवेदन तयार पार्ने समेत अधिकार कार्यविधिले दिएको छ ।
    कार्यविधि अनुसार समितिले अनुसन्धानका क्रममा आरोपितको कार्यालय र अभियुक्तसँग सम्बन्धित स्थानको आवश्यकता अनुसार खानतलासी गर्न पाउनेछ ।  यस्तै, समितिले आरोपितसँग सम्बन्धित स्थानको अवलोकन र निरीक्षण समेत गर्न पाउनेछ ।  समितिले आरोपित व्यक्तिको काम कारबाहीका सम्बन्धमा भएका कुनै पनि प्रमाणबारे अन्य कुनै निकाय वा कार्यालयलाई समेत पेस गर्न लगाउनेछ ।  समितिले आरोपितलाई समितिमा बयान समेत गराउन पाउनेछ ।
    समितिले छानबिनपछि अभियोगपत्रको शैलीमा प्रतिवेदन तयार पार्नेगरी कार्यविधि तयार भएको छ ।  समितिले आरोपको सङ्क्षिप्त व्यहोरा प्रतिवेदनमा सामेल गर्नेछ ।  यस्तै, छानबिनका क्रममा अवलम्बन गरेको प्रक्रिया पनि प्रतिवेदनमा हुनेछ ।  अनुसन्धानका क्रममा अदालतले ठहर गरेको वा निकालेको निष्कर्ष पनि प्रतिवेदनमा हुनेछ ।  कुनै पनि सदस्यले फरक मत राखेमा प्रतिवेदनमा समावेश गरिनेछ ।
    समितिको प्रतिवेदन संसद्मा पेस भएपछि आवश्यक पुनः छानबिन गर्न संसद्ले निर्देशन दिन सक्नेछ ।  पुनः छानबिनका लागि परेको संशोधन सदनले पारित गरी समितिमा पठाएमा आरोपितबारे फेरि छानबिन हुनेछ ।  समितिले छानबिनका लागि आफू मातहत रहने गरी उपसमिति गठन गर्न सक्नेछ ।  उपसमितिले समितिमा प्रतिवेदन पेस गरेपछि समितिले आवश्यक छलफल गरी निर्णय गर्नेछ ।
    समितिले सूचना वा उजुरी दिन अन्य व्यक्तिसँग पनि आवश्यक देखेमा समितिमा बोलाई उजुरीको आधिकारिकता र प्रमाणबारे थप छलफल गर्न सक्नेछ ।  उजुरी गर्ने र प्रमाण पेस गर्ने सांसदहरूलाई पनि समितिले विषयवस्तु र प्रमाणबारे थप छलफल गर्नेछ ।  बाह्य व्यक्तिको उजुरी समितिले लिने भए पनि कम्तीमा तीन जना सांसदले उजुरी दर्तायोग्य भएको प्रमाणित गर्नुपर्नेछ ।  समिति सभापति समक्ष सनाखत नभएको उजुरी समितिले तामेलीमा राख्न पाउने कार्यविधिमा उल्लेख छ ।
    समितिले बयानका लागि आरोपित व्यक्तिलाई लिखित सूचना नै दिनेछ ।  लिखित सूचना पठाउँदा आरोपितले नबुझे वा बुझ्न नचाहेको ठहर भएमा अभिलेख रहने राष्ट्रिय स्तरको सञ्चारमाध्यममा सूचना प्रकाशित हुनेछ ।
    समितिले सफाई पेस गरेका व्यक्तिसँग आरोप सम्बन्धमा थप स्पष्ट हुन आवश्यक ठानेमा पुनः जानकारी माग गर्न सक्नेछ ।  यसरी सूचना दिँदा पनि सफाइ पेस नगरे वा सफाइ सन्तोषजनक नभएमा समितिले सोही आधारमा प्रतिवेदन तयार पार्नेछ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.