×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

मौसमबारे अब चिन्ता नलिनुहोस्

  •  
  • बिहिबार, मङि्सर ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लक्ष्मीप्रसाद उपाध्याय

    काठमाडौँ, मङ्सिर २ गते ।  टाढाको यात्राको तयारी गर्दै हुनुहुन्छ र मौसमबारे चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस्, तपाईं जाने जिल्ला, नगरपालिका वा गाउँको मौसमको तीन दिनसम्मको अवस्थाबारे जानकारी इन्टरनेटबाट थाहा पाउन सकिन्छ ।
    तीन दिनअघि नै  कुनै ठाउँको तापक्रम, पानी पर्ने वा नपर्ने, हावा हुरी चल्ने वा नचल्ने ? जाडो वा गर्मीलगायतका मौसमको पूर्ण जानकारी इन्टरनेटका माध्यमबाट दिने तयारी भइरहेको छ ।  त्यहीअनुसार आफ्नो यात्रा तय गर्न सक्नुहुनेछ ।
    जल तथा मौसम विज्ञान विभागले तीन दिन पछिसम्मको मौसमी अवस्थाबारे आंशिक रूपमा जानकारी वेब साइटमार्फत दिन थालेको छ भने पूर्ण रूपमा दिनलाई प्रविधिमा केही सुधार गर्ने तयारी भइरहेको विभागका महानिर्देशक डा. ऋषिराम शर्माले जानकारी दिनुभयो ।
    सरकारले आमनागरिकलाई तीन दिन पछिसम्मको देशभरका मौसमी अवस्थाबारे जानकारी दिने विशेष कार्यक्रम सञ्चालन गरेपछि यात्रामा हिँड्ने व्यक्ति, हवाई सेवा सञ्चालन गर्ने कम्पनी तथा यातायात व्यवसायीलाई सहज हुने भएको छ ।
    महानिर्देशक शर्माले भन्नुभयो, “हामीले तीन दिनअघि नै तीन दिन पछिसम्मको देशभरको पानी पर्नसक्ने, पानी पनि कति मात्रामा पर्नसक्ने, घाम, बादलको अवस्था, तापक्रमको अवस्था लगायतका महŒवपूर्ण मौसमी जानकारी दिन थालेका छौँ ।  यसलाई इन्टरनेटको माध्यामबाट विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेब साइटमा गएर हेर्न सकिनेछ । ”
    विभागले यसअघि २४ घण्टा पछिसम्मको मात्र मौसमको पूर्वानुमान गर्ने गरेको थियो ।  अब तीन दिन पछिसम्मको पानी पर्ने मात्रा (प्रतिशत), वास्तविक (ठ्याक्कै) तापक्रमको अवस्था पनि भन्नसक्ने भएको छ । महानिर्देशक डा. शर्माले भन्नुभयो, “हामीसँग जिल्लाभित्रका गाउँ, नगरको सीमा र ती सीमाभित्र कुन दिनको कति बेला कति पानी पर्नसक्छ भन्ने कुरा ठ्याक्कै (किटेरै) भन्न सक्छौँ ।  तर, त्यो विस्तृत खालको सूचना प्रवाह गर्ने खालको सुपर कम्प्युटर जडान गर्ने क्रममा विभाग लागिरहेकाले केही समयपछि त्यो पनि हेर्न सकिनेछ । ” अबको केही महिनापछि देशभरका सबै स्थानका मौसमी विवरण सहजै रूपमा हेर्न सकिनेछ ।
    यसले गर्दा तीन दिन पछिसम्मको मौसमको वास्तविक अवस्था हेरेर हवाई उडान निर्धारण गरिने, पानी, हिउँ पर्ने बेला माउन्टेन उडानको समय फेरबदल गर्न सकिने र कतिपय अवस्थामा व्यक्तिले समेत कामको प्रकृति अनुसार आफ्नो यात्रा फेरबदल गर्न सहज हुने भएको छ ।
    विश्वका अन्य विकसित मुलुकले पाँचदेखि सात दिनसम्मको यथार्थ मौसमी अवस्था दिने गरेको छ ।  विभागका महानिर्देशक डा. शर्माका अनुसार विभागले पनि आउँदा दिनमा पाँचदेखि सात दिनसम्मको मौसमी यथार्थ अवस्था आमनागरिकलाई प्रवाह गर्ने योजना बनाएको छ ।  त्यसका लागि विभागले काम गरिरहेको छ ।
    हाल विभागले प्रत्येक घण्टा वायुको तापक्रम, वायुको गति, पानीको अवस्थाको जानकारी तीन दिनअघि नै दिने गरेको छ ।  हाल विभागले पूर्वानुमान गर्ने कुरा पनि त्यति मिलिरहेका छैनन् नि भन्ने जिज्ञासामा डा. शर्माले भन्नुभयो, “संसारमै मौसम पूर्वानुमान गर्ने विषय हो, पानी पर्नसक्ने हामीले अनुमान गर्दा मौसम बदली भएकै हुन्छ, पानी नपर्न पनि सक्छ ।  तर, अहिले विकसित गरेको नयाँ प्रविधिले आउँदो तीन दिनसम्मका लागि किटेरै पानी पर्ने वा नपर्ने, हावा हुरीको अवस्था र तापक्रमको अवस्था भन्न सक्छौँ । ”

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.